नर्बे पढ्न जान चाहनुहुन्छ?

गर्मी याममा घाम नअस्ताउने र जाडो घाम नदेखिने देश भनेर चिनिएको नर्वे केही वर्षदेखि नेपाली विद्यार्थीको सुरक्षित र आकर्षक गन्तब्य बन्दै आएको छ।नर्वेले आफ्नो शैक्षिक
गुणस्तरलाई विश्वव्यापिकरण गर्ने र नर्वेली शिक्षण संस्थामा सांस्कृतिक विविधता प्रदान गर्ने नीति लिएपछि तेश्रो विश्व मानिने नेपालबाट विद्यार्थी आउने क्रम शुरु भएको हो।
सन् १९९० को दशकको प्रारम्भदेखि नै विभिन्न छात्रवृतिमा उच्च शिक्षा हाँसिल गर्न फाटफुट नेपाली विद्यार्थी आएको देखिए पनि गत पाँच वर्षदेखि यो क्रम ह्वात्तै बढेको छ। नर्वेले नेपाल जस्ता विश्वका अन्य विकासोन्मुख र विकास सहकार्य राष्ट्रका लागि वर्षेनी झन्डै १हजार जनालाई छात्रवृति (कोटा) समेत उपलब्ध गराउँदै आएको छ। नर्वेली अध्यागमन विभाग ९युडीआइ० का अनुसार, सन् २००१
मा २८ जना नेपाली विद्यार्थी रहेको नर्वेमा सन् २००९ मा १ सय ३८ जना नेपाली विद्यार्थी नर्वे आएका थिए। नर्वेली केन्द्रीय तथ्यांक विभाग एसएसबीले हाल नर्वेमा रहेका १
हजार ५ सय ७४ नेपाली नागरिक मध्येझन्डै ८ सय जना विद्यार्थी र १ सय ५० जना विशेषज्ञ तथा दक्ष कामदार रहेको जनाएको छ। यसवर्षको गत ६ महिनाको अवधिमा मात्र
झन्डै ५ दर्जन नेपाली कामदार भिसामा नर्वे आएका छन्। प्राज्ञिक र व्यवसायिक शिक्षा प्रणाली रहेको नर्वेमा ८ वटा विश्वविद्यालय र २५ वटा सरकारी स्वामित्वका युनिभर्सिटी
कलेज छन्। यसैगरी ३० वटा एकाडेमिक, प्राविधिक तथा व्यवसायिक निजी कलेजमध्ये अधिकांश सरकारी अनुदानमा संचालित छन्।
अधिकांश विश्वविद्यालयमा स्नातकोतर तहका नेपाली अध्ययनरत रहेपनि केही शिक्षण संस्थाले भने विदेशी विद्यार्थीका लागि १० वटा स्नातक (ब्याचलर) स्तरको अध्ययन कार्यक्रम संचालन गर्दै आएका छन्। पिएचडी गर्नेका
लागि भने पिएचडी परियाजना अवधिभर जागिरसरह नै तलब र सुबिधा उपलब्ध छ। भाषिक लगायत केही शर्त पुरा गरे परियोजनापछि इच्छुकले नर्वेको पिआरका लागि आवेदन गर्न
सक्ने युडीआइको गाइडलाइनमा उल्लेख छ।
नर्वेको आकर्षण विश्वकै धनी राष्ट्रमध्ये मानिने नर्वेमा सबैका लागि सार्वजनिक शिक्षण संस्थामा नि:शुल्क शिक्षाको व्यवस्था
छ। यहाँ श्रम ज्यालादर उच्च छ। अदक्ष सफाई मजदुरको प्रतिघण्टा न्यूनतम ज्याला १ सय ६९ क्रोनर (२ हजार १ सय रुपैयाँ) रहेको छ। मिजास,नेटवर्क र जाँगर भएमा काम पाउन मुस्किल पनि हुँदैन। विद्यार्थीले पार्टटाइम साताको २० घण्टा
र सार्वजनिक बिदामा पुरा समय ३७।५ घण्टा काम गर्न अनुमति पाउँछन्।
त्यसो त संसारकै महँगो मानिने नर्वेमा खानपान, हाउभाउ र मोजमस्तीमा सजकता अपनाए महंगीको ठुलो भार प्रायस् नपर्ने अध्ययनरत नेपाली विद्यार्थी बताउँछन्। नर्वेको कमाइले
नेपालको करोडपति बनेका विद्यार्थीको चर्चा म पनि प्रशस्तै सुन्न पाइन्छ। तर सबैका लागि योशुभलाभ हुन नसक्ने तर्क राख्ने पनि भेटिन्छन्। उनीहरु भन्छन्- यो लक,लेबर र चान्समा डिपेण्ड हुन्छ। नर्वेको लोककल्याणकारी सामाजिक सुरक्षाको व्यवस्था, राजनीतिक स्थायित्व, सुरक्षित र शान्त समाज
अर्को आकर्षण हो। यसबाहेक नर्वेको प्राकृतिक सौन्दर्यता,विश्वस्तरको अध्ययन विधि, मिजासिला, सहयोगी र नेपालीप्रति निकै सद्भाव राख्ने नर्वेली पनि नेपालीको रोजाइको कारण बन्छन्।
विद्यार्थी भर्ना कसरी हुने ?
खासगरी सबै किसिमका शिक्षण संस्थामा डिसेम्बर १ देखि मार्च १५ भित्र भर्ना आवेदन गर्ने डेडलाइन हुन्छ। सबैका वेबसाइटमा भर्नासम्बन्धी नियम र प्रक्रिया राखिएको हुन्छ।
इच्छुक विद्यार्थी आफैंले सो भर्ना फारम भर्न र मोटिभेसन लेटर लेख्न सक्छन्। पिएचडीका विद्यार्थीले बिश्वबिद्धालयमार्फत् समेत आवेदन गर्न सक्छन्। भरसक नर्वेका ठुला
शहर ओस्लो, बर्गेन, त्रोन्दहेम, ट्रोम्सो र स्तावाङ्गर नजिकका युनिभर्सिटी र कलेजमा भर्ना पाउन सके विद्यार्थीलाइ काम पाउन सहज हुन्छ। कान् द्यु नोस्क
अध्ययन वा काम को सिलसिला नर्वे आउने विदेशी सेवाग्राहीले परिचित हुनै पर्ने पहिलो वाक्यांश हो- कान् द्यु नोस्क। अर्थात
तपाईं नर्वेजियन बोल्नु सक्नुहुन्छ? भाषा सिकाइलाई उतिकै महत्व दिएर ३/४ महिना मात्र सिके पनि त्यसपछि तुलनात्मक रुपमा सन्तोषजनक कामकालागि चिन्ता मान्नु नपर्ने अनुभवीहरू बताउँछन्। कुनै विषयको विशेषज्ञ वा दक्ष नै भए पनि भाषा बिना उसले त्यो काम पाउन सक्दैन। त्यसैले नर्वेमा भाषा
सिकाइलाई सु-अवसरको चाबीको रुपमा लिने गरिन्छ। होटल, रेस्टुरेन्ट, बार, सफाइ एजेन्ट, समाचारपत्र वितरण एजेन्ट,अंग्रेजी माध्यम भएको कार्यालय, टुरिष्ट गाइड, फेक्ट्री
तथा सेवा क्षेत्र सम्बन्धी निकाय विद्यार्थीले काम गर्ने स्थान हुन्। कडा सरकारी नीति
छिमेकी मुलुक स्विडेनको सिको गर्दै नर्वे इतर आप्रवासी मानिने अहिलेको गैर समाजवादी गठबन्धन सरकारले गत वर्ष शुल्क लगाउने प्रस्ताव गरेको थियो। गठबन्धनमा संलग्न केही
साना दल, शिक्षण संस्था, विद्यार्थी र नागरिक समाजको चर्को विरोध भएपछि सो प्रस्तावपारित हुन सकेन। २ वर्ष कार्यकाल रहेको सरकारले उक्त प्रस्ताव पुनस् पेश गर्न सक्ने कुरालाई अस्विकार गर्न सकिँदैन। विभिन्न निजी तथा सरकारी स्वामित्वका विश्वविद्यालय र कलेजमा अध्ययनरत नेपाली विद्यार्थी मध्ये ३ दर्जनभन्दा बढी नेपाली विद्यार्थीलाई गत वर्ष देशनिकाला गरेको तथ्यांक छ। विद्यार्थीको हैसियतमा नर्वे आएर पढाइमा कुनै प्रगति र जिम्मेवारी नदेखिएको तर अध्यागमन कानूनको उल्लङ्घन गर्दै तोकेभन्दा धेरै काम गर्ने त्यति नै संख्यामा नेपाली विद्यार्थीलाई देश निकाला गर्नु
नपर्ने कारण सोधिएको छ। शिक्षण संस्था युडीआई र अध्यागमन प्रहरीले यस्ता विद्यार्थीलाई कडाइका साथ निगरानी शुरु गरेको छ।
सेतोपाटीबाट यो समाचार लिइएको हो।
मेरो फेसबुकटुइटरमा जोडिनुहोस्।

Advertisements

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Tagged with: , ,
Posted in Many More

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow Chakra Jwala on WordPress.com
See all posts
Follow on Twitter
Find answers here

Why public figures need their own website??

Why each and every business nowadays needs their own website??

Why creating a website is not a free of cost?

Do you need your personal/professional website?

How to earn money online?

%d bloggers like this: