Posted in Writing/Blogging

संघीय प्रदेश सिमाङ्कनमा देखिएको बिबाद

image

संघीय प्रदेशको सिमाङ्कन विवादले देशभर यतिबेला आगो बलिरहेको छ। कतै जिल्ला टुक्र्याइएकोमा आक्रोश त कतै अन्तै मिसाइएकोमा बिरोध। सबैभन्दा बढी विवाद मध्यपश्चिम र सुदुरपश्चिममा छ। मध्यपश्चिमलाई अखण्ड राख्नुपर्ने माग एकातिर छ भने अर्को तिर तराईका जिल्लामा छुट्टै थरुहट राज्य र कर्णाली अञ्चललाई छुट्टै स्वायत्त राज्यको माग राखेर आन्दोलन चलिरहेको छ। त्यस्तै पुर्बी जिल्लामा लिम्बुवान र खम्बुवानको माग राख्दै केही जातीय संगठनले आन्दोलन गरिरहेका छन्। कुनै बिज्ञको सुझावबिनै, स्थानीय स्तरमा छलफल नै नगरी आएको यो सिमाङ्कन पछिको विवाद स्वभाविक हो। संविधान सयौं बर्ष पछिको अवस्थालाई अनुमान गरेर दुरदर्शी सोचका साथमा लेखिनुपर्छ जो सबैले आफ्नो भनी गर्ब गर्न लायक हुनुपर्छ। तर नेपालमा संविधानलाई केही नेताहरूको लेनेदेनको बिषय बनाएको छ र लेनदेन मै टुङ्गाउन खोजिएको छ। त्यसैले संविधान आए पनि केही नेताको ब्यक्तिगत स्वार्थ त पूरा होला तर यसले देशको स्वार्थ पूरा हुने आशा राख्न सकिने अवस्था छैन।

संविधान लेखन प्रक्रियामा अन्य देशबाट शिक्षा लिए पनि नेपालको आफ्नै भौगोलिक, साँस्कृतिक, सामाजिक, आर्थिक अवस्था बुझेर नेपालको माटो सुहाउँदो सबैलाई मान्य हुने गरि मात्र संविधान आउनुपर्छ

संविधान मेलमिलापको माध्यम बन्नुपर्छ तर यहाँ बिखण्डनको माध्यम बनाउन खोजिदैछ। जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिदैछ।
नेपाल, दुई ठुला शक्तिराष्ट्र भारत र चीनको बीचमा छ। भारत र चीन तीब्र बिकासको क्रममा छन्। यसको सिधा फाइदा छिमेकीको हिसाबले नेपालले लिन सक्नुपर्छ। त्यसैले अहिलेको सिमाङ्कनमा सबभन्दा राम्रो विकल्प भनेको महेन्द्रबादी पाँच बिकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने र सदरमुकामलाई प्रदेशको राजधानी बनाउने। चीन र भारतसंगको सिमाना, राज्यले थेग्न सक्ने थोरै प्रदेश, प्राकृतिक स्रोतको समान वितरण, सबै प्रदेशमा हिमाल, पहाड र तराई तिनवटै क्षेत्र पर्ने, बिकास क्षेत्रको सदरमुकामलाई प्रदेशको राजधानी बनाउन सकिने, त्यसैले यो सबैभन्दा कम बिबादास्पद विकल्प बन्न सक्छ।

अर्को बिबादास्पद बिषय भनेको धर्म निरपेक्षता हो। बहुसंख्यक हिन्दु भएको देशमा आफ्नो पहिचान मेटाउन खोजिदा पहिचान माग्नु स्वभाविक हो। केही राजनीतिक पार्टी र धार्मिक संगठनले देशभर आन्दोलन चर्काइरहेका छन् र कुनै पनि हालतमा पछि नहट्ने पनि देखिन्छन्। अर्को एउटा पक्ष पछिल्लो समयमा अस्तित्वमा आउन खोजेको छ, जसले संविधानमा कुनै हालतमा धर्मनिरपेक्ष शब्द हटाउनु हुन्न भनेर आवाज उठाउदै छन्। अब यस्तो अवस्थामा यी राजनीतिक दलले कसरी मिलाउने हुन् यो बिषय हेर्न बाकी छ। नेपाली नेताको अदुर्दर्शी सोचका कारण अहिलेको यो अवस्था सृजना भएको हो। जनआन्दोलन २ मा कहिँ कतै नउठेको मागलाई ठुलो षड्यन्त्रका साथ सुटुक्क अन्तरिम संविधानमा घुसाउने काम भयो, यो नै सबैभन्दा ठुलो कमजोरी थियो।

अझै अर्को आन्दोलन भनेको जातीय राज्यको माग। यसलाई पनि म स्वभाविक भन्छु किनकी सबै जाति-जनजातिलाई छुट्टै राज्य दिने भन्दै भड्काउने काम भयो, आशा देखाइयो तर काम नहुदा जनस्तरमा आक्रोश व्यक्त हुनु स्वभाविक नै हो। बर्षौ देखि उत्पीडनमा परेका भनिएका तथा सामाजिक र आर्थिक रुपमा पछि परेका बर्ग, जाति र क्षेत्रलाई उत्थान गर्नुपर्छ भन्नेमा कसैको विवाद छैन तर जातीय सद्भाव नै बिथोल्ने गरि केही जातीय राजनीति गर्ने दलबाट आएका तिता अभिव्यक्ति र क्रियाकलापले हाम्रो सद्भाव बिथोलिनेछ। कालान्तरमा यसको फाइदा बिदेशी शक्तिका केही दलालले पाउने छन्। त्यसैले यस तर्फ सबै सचेत हुनु जरुरी छ।

संविधान सहमतिको दस्तावेज हो। सहमतिमा आओस्, सबैलाई चित्तबुझ्दो होस्। सबैका अधिकार सुरक्षित रहुन्। युगौँयुग टिक्ने खालको आओस्। देश शान्त, सुरक्षित र स्थिर बनोस् र बिकासको पथमा अघि बडोस्। नेपाली जनता अब द्वन्द चाहदैनन्, बुद्धको देश, सुन्दर शान्त नेपाल देख्न चाहन्छन्।


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s