Posted in Many More

मधेश जोडिँदै छ कि तोडिदैँछ?

मेरा एक मधेसी मित्रसंग मधेश आन्दोलनबारे कुरा चल्दै गयो । उनले भने –म मधेशमा जन्मनु मेरो अपराध होइन । भारतीय सिमामा जन्मनुसँग काठमाडौंलाई शंका लाग्छ भने मैले केही गर्न सक्दिन ।मधेश काठमाडौंसँग जोडिन चाहन्छ, काठमाडौं मधेशलाई अलग्याउन चाहन्छ ।
०००
शिर्ष नेताहरुको बैठकमै केही समय अघि एमाले नेता केपी ओलीले मधेशी नेता राजेन्द्र महतोलाई भारतीय भुमि बिहारतिर जान सुझाए । देउवाले ‘थारुलाई रौं पनि दिन्न’ भनेको विषय सेलाई सकेको छैन । यि दुइ नेताले गणतन्त्र नेपालका मधेशी र थारुलाई संघीयताको नाममा दिएको बम्पर उपहार यो भन्दा ठुलो सायदै अरु केही होला।
०००
आजकाल मधेशी संघर्षलाई लिएर सामाजिक संजालका केही फेसबुके र ट्विटे पुस्ता मधेशमाथी ओली वाणी बोलिरहेको सुन्न पाइन्छ । तिनलाई के लाग्छ भने मधेशीहरु सब बदमास छन् । तिनको रगतको कणकणमा ‘अराष्ट्रिय तत्व’ छ । तिनका काम काठमाडौंका राजनीतिक मालिकहरुले अराईपराइ गरेको मान्ने हो । तिनले अधिकारका कुरा नगरुन् । तिनले हकका कुरा नगरुन् । ति बसोबास गरेका क्षेत्र नफुटाइयोस् भनेर नबोलुन् । तिनले सत्ताको कुरा नगरुन्।

बस, तिनी सैलुनहरुमा अरुका कपाल सुमसुम्याइहेका र टाउको मालिस गरिरहेका भेटिउन् । ति थोत्रा साइकलमा हाम्रा घरघरमा, हाम्रै भाउमा तरकारी बेचिरहेका होउन् । तिनले हाम्रा बिग्रेका स्टोभ र कुकर मर्मत गरुन् । तिनका  साखा सन्तानहरु यसरी नै युगयुग बाचुन् । ति दास जस्ता देखिउन् । पश्चिम तराईका थारुहरु कमारा जस्ता देखिउन् । तिनले पनि तिनै मधेशी ‘भैया’हरुजस्तै हामी केही उच्च वर्गका मानिसहरुका लयमा आँशु पिएर बाचुन्–किनभने ति अनपढ छन् । अशिक्षित छन् । ति गँवार छन् । पढेका, शिक्षित र मेहेनत गरेकाहरु अरु हुन

्।

काठमाडौंको खाल्डोमा अरु पनि कुरा सुन्न पाईन्छ – मधेशका केही नेताहरु पञ्चायतकालदेखी आजसम्म सत्तामा छन् । तिनले किन मधेशमा काम गरेनन् ? ति किन भारतीय दुतावास पुगे ? तिनै ‘मधेशका सामन्त’ हरुलाई अधिकार किन दिने? मनमा लाग्छ–तिनका बारेमा हिसाब मधेशी जनताले गर्लान् । यो अधिकार दिनेबेलामा गरिने कुटिल कुतर्क हो । राजनीतिक नेताहरु कस्ता छन् ? ति मधेशी होउन् या पहाडिया ? को सामन्त हो या होईन् ? यो छर्लङ छ । आन्दोलन र पविर्तनलाई कसले स्विकार्यो या स्विकारेन । हिसाबको परिणाम उल्टो आउन सक्छ । यो त फेरी पनि मधेशका नेता छान्ने काम काठमाडौंको भयो । हामी यस्तै तर्क गर्दैछ
०००
जब मधेशले अधिकार माग्छ । तिनलाई भारतीय भन्न थालिन्छ । तिनका सम्बन्धका अन्तरकुन्तर खोतलिन्छ र नराम्रा कुराहरुको खोजी गरिन्छ । मधेशमा छिटपुट घट्ने ‘दाइजो प्रकरण’ र ‘बोक्सी काण्ड’ उछालेर मधेशीहरुको बदनाम गरिन्छ । यि घटना हाम्रा समाजीक चेतनाका उपज हुन् ।खासमा राज्य दोषी हो । जसले समाजको उन्नत चेतना निर्माणमा सिन्को भाच्दैन । के मधेश, के पहाड, सबै ठाउँमा कुरितीजन्य घटना घटीरहेका छन् । उसो त काठमाडौंकै उच्चवर्गमा दाइजो नल्याइएको निहूँमा बुहारी मारिएका कहालिलाग्दा घटना छन् । हामी भन्दैछौं–अन्त घटेका अपवाद हुन्, मधेशमा घटेका अमानविय हुन् । दुवै अमानवीय हुन किन भन्दैनौं ? मधेश भारतीय हस्तक्षेपसँग लडिरहेको छ । भारतीय सिमाका मधेशीहरु नै हुन् नेपालका जंगी पिल्लर । कहीं कतै सरकारी मानिसहरुले एउटै पिल्लरको रक्षा गरेको हामीले आजसम्म देख्न सकेका छैनौं । हामी काठमाडौंबाट त्यो देख्दैनौं । मधेशी थिएनन् र तीनले भूमिको रक्षा गरेका थिएनन् भने तराई÷मधेशका धेरै भुगोलहरु आज भारतीय हुने थिए । नेपालीहुनुको गर्व खासमा ति सिमामा बाँचेका मधेशी÷नेपालीहरुमा छ–तर काठमाडौं ति मानिसहरुलाई उल्टो आरोप लगाएर राष्ट्रियताको ढोल पिटिरहेको छ ।
००

देउवा, रावल र भट्टहरुले यहिभने– सुदुरपश्चिम नछुटाउ । काठमाण्डौले सुन्यो । कर्णाली उपेक्षित थियो । उ पनि उफ्रियो– उसको सुन्नैपथ्र्यो, बेठिक भएन । सुर्खेतले राज्य सरकारको राजधानि माग्यो–पायो । बाग्लुङले छुट्टिदैनौं भन्यो– काठमाडौंले हवस भन्यो । ओली, सिटौलाहरुले मोरङ, झापा र सुनसरी दिन्नौंभने– काठमाडौं जंगेसँग भारदारहरु झुकेझैं झुक्यो । मधेशले पनि उहि भन्यो– पाएन । थारुले त्यही कुरा गर्यो– सेना देखाइयो र युवाहरुलाई विदेश धपाइयो । मधेश काठमाडौंसँग जोडिन चाहन्छ । काठमाडौं मधेशलाई जोड्न चाहन्न । काठमाडौंमा मधेशी हेपिन्छन् तर मधेशले काठमाडौंलाई कहिल्यै हेपेन। मधेशले बिखण्डनको कुरा आजसम्म गरेको छैन । सिके राउत उचालिरहेका छन् तर मधेशी जनता सुनिरहेका छैनन् । मनमा अब लाग्न थालेको छ– काठमाडौंले मधेशलाई आफ्ना नठानिरहँदा मधेशले पनि ‘जस्तालाई त्यस्तै’ गर्न चाह्यो भने के हुन्छ? मलाई काठमाण्डौंसँग सोध्नुछ–ओली, देउवा, रावल वा भट्टले मागे जस्तै कुरा माग्दा मधेशी र थारुलाई किन नदिएको ?
०००
कैलालीको थारु सघर्षमा सात प्रहरी सहित एक बालक मारिए । त्यो हिंसात्मक थियो र अक्षम्य पनि । त्यसको समर्थन गर्नै सकिन्न । मधेश आन्दोलनमा अहिलेसम्म दर्जनभन्दा बढी जनताको मृत्यु भइसेकेको छ । यो पनि हिंसात्मक, निरंकुश कर्म र अपराध नै हो । यसको पनि समर्थन गर्न सकिन्छ ।

तर यि दुई मृत्युको भेदमा काठमाडौं रमरम छ । कैलालीको मृत्यु अमानवीय थियो, मधेशको मृत्यु मानवीय । मधेशमा राज्यले मार्नु जायज थियो, कैलालीमा नजायज ।कैलालीको मृत्यु दुख्छ काठमाडौंलाई । मधेशमा मारिएकाहरुको मृत्यु दुख्दैन ।

कैलालीमा मारिएकाहरुका काठमाडौंमा ठुलठुला अक्षरमा फिचर बन्छन् । मधेशमा मारिएकाहरुका अक्षर एउटा सानो कुनामा थचारिन्छ ।मधेशलाई लाग्दो हो –त्यहाँ मारिने उच्च थिए । हामी निच भयौं र काठमाडौलाई दुखेन ।
०००
म पहाडीय खस सँस्कारको मान्छे हुँ । मेरो मधेशसँग राजनीतिक चेतनाजन्य र मानवीय सम्बन्ध बाहेक केही छैन ।हिजो अधिकार माग्दा आंतकारी ठहरिएको एउटा पहाडे हुँ । मानिसहरुले मलाई यो लेखिरँहदा  ‘जातिय’ भन्न सक्छन्। काठमाडौंसँग यिनलाइ लगाउनेआरोपहरु छन्–जंगबहादुरले शिलालेखमा छोडीगएका । तिनले समय हेरेर ति आलेखहरु भट्याउँछन् । तिनले गरिब भनेर हेपे, तिनले दलित भनेर हेपे, तिनले आंतकारी र अराष्ट्रिय तत्व भनेर हेपे । आज ति अधिकारका कुरा गर्दाजातिय भनेर हेप्दैछन् । ‘अधिकार’ लाई ‘विखण्डन’सँग दाज्ने शिक्षितहरुसँग कुनै गुनासो छैन। काठमाडौंसँग एउटा प्रश्न सोध्नुछ –मधेसलाई जोड्न चाहानुहुन्छ कि तोड्न ?
दीपशिखाको लेख खबरडबलीबाट
मेरो फेसबुकटुइटरमा जोडिनुहोस्।
अरु पनि लेखहरु हेर्नुहोस्।

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s