Posted in Religion

ब्राह्मण जातिको परिचय, इतिहास र कर्तव्य! !

image

ब्राह्मण हिन्दू समाजको एक जाति हो। ब्राह्मणलाई विद्वान, सभ्य तथा शिष्ट मानिन्छ। ब्राह्मणलाई बाहुन पनि भनिन्छ। ऐतिहासिक रूपले हिन्दू समाजमा, काममा आधारित चार वर्ण छन ।
१. ब्राह्मण(आध्यात्मिकताका लागि उत्तरदायी),
२. क्षत्रिय(धर्म रक्षक),
३. वैश्य(व्यापारी र कॄषक वर्ग) तथा
४. शूद्र(शिल्पकार, श्रमिक समाज)।

contact for perofessional web development

प्राचिन समयमा “व्यक्तिको विशेषता, आचरण एवं स्वभाव” बाट उसको जाति निर्धारित हुन्थ्यो। विद्वान, शिक्षक, पण्डित, बुद्धिजीवी,वैज्ञानिक तथा ज्ञान-अण्वेषक ब्राह्मणहरूका श्रेणीमा आउँथे। नेपालमा मूलत ३ भिन्न आर्य-हिन्दू समाजमा ब्राह्मणको उपस्थिती पाईन्छ – पहाडे/खस, नेवार, मैथिल ।

#ब्राह्मण ( बाहुन)परिचय

आर्यमूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा “बाहुन” भनिन्छ र नेपाल भाषामा जुजु-बाजे (राजा बाजे) वा द्य: ब्राह्मण (देव ब्राह्मण) भनिन्छ।  नेपाली बाहुनहरू खसजाती (भारतको कस्मीर देखि भूटानसम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जातीका हाँगा हुन्। यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश, दार्जीलिङ, कालिम्पोङ, सिक्किमका साथै भूटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन। यस्क मुनिको निरुक्त शास्त्रका अनुसार -ब्रह्म जानाति ब्राह्मण: —ब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य,ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ-“ईश्वर ज्ञाता” । तर हिन्दू समाजमा ऐतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्। किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसंख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कृति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ।

#इतिहास

ब्राह्मण समाजको इतिहास प्राचीन भारतबर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ। “मनु-स्मॄति” का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो। ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन्। पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेदअपौरुषेय(कुनै पनि मानव/देवताले नलेखेको) तथा अनादि हो। वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो)।

धार्मिक तथा सांस्कॄतिक रीतिहरू एवं व्यवहारमा विविधताहरूको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित छ।

नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारतको उत्तराखण्डको पिथुरागढ, कुमाउ, बनारस आदि ठाउँहरुबाट ब्राह्मणहरू(बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ। ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अग्निरस, अपस्तम्भ,अत्रि, बॄहस्पति, बौधायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, पाराशर, समवर्त, शंख, शत्तप, ऊषानस, वशिष्ठ, विष्णु, व्यास, यज्ञवल्क्य तथा यम ऋषि हुन। यी एक्काईस् ऋषिस्मॄतिहरूका रचयिता थिए। स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ, बौधायन, गौतम तथा वशिष्ठ छन्।

#ब्राह्मणका कर्त्तव्यहरू

निम्न श्लोकानुसार ब्राह्मणका ६ कर्तव्य यस प्रकार छन्।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥

श्लोकानुसार शिक्षण, अध्ययन, यज्ञ गर्ने, 
यज्ञ गराउने, दान लिने तथा दान दिने ब्राह्मणका ६ कर्तव्य भनिएको छ।

# जातीय परम्परा र संस्कार

बाहुनहरूको परम्परा हिन्दू धर्म मान्ने आर्य मूलको पूजा आजामा रुची राख्ने, छद्म पुजा, कन्या दान, गौ दान, भुमी दान, जस्ता अन्य दानहरू लिने तथा दिने,

हिन्दू धर्मका अनुसार पुन्सवन, सीमन्तोनयन, जन्मानुष्ठान, नामकरण (न्वारन), निष्क्रमण, अन्नप्रासन, चुडाकर्म, कर्णवेध, उपनयन अर्थात यज्ञोपवित (व्रतवंध), वेदारम्भ, केशान्त अथवा गोदान, तथास्नान, समवर्तनम् वा विवाह, अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ।

#ब्राह्मणका थरहरू

ब्राह्मणहरू मुख्यत: दुई प्रकारका हुन्छन्: उपाध्याय र जैसी। पहाडे/खस, नेवार, मैथिल तिनै प्रकार का ब्राह्मण हरुको थरहरू यस प्रकार भेटिन्छन्।

*.A अ – Acharya (आचार्य), Adhikari (अधिकारी), Arjel (अर्जेल)/Arjyal (अर्ज्याल)/Aryal (अर्याल), Awasthi (अवस्थी)

*.Ā आ – Atreya (आत्रेय),

*.B ब – Badal (बडाल), Banskota (बास्कोटा), Baral (बराल), Bastakoti (बस्ताकोटी), Bastola (बास्तोला), Basyal/Bashyal/Basel (बस्याल/ बश्याल/बसेल)

*.Bh भ – Bhandari (भण्डारी), Bhatta (भट्ट), Bhattarai (भट्टराई), Bhetuwal (भेटुवाल), Bhurtel (भुर्तेल), Bhusal (भुसाल/ भुषाल)

*.Ch च – Chalise (चालिसे), Chapagain (चापगाईँ), Chataut (चटौत), Chaulagain (चौलागाई)/चाम्लागांइ, Chiluwal (चिलुवाल)

*.D द – Dahal (दहाल), Devkota (देवकोटा)

*.D ड – Dallakoti (डल्लाकोटी), Dumre (डुम्रे)

*.Dh ढ – Dhakal (ढकाल), Dhungel (ढुङ्गेल), Dhital (धिताल)

*.G ग – Gajurel (गजुरेल), Gaudel (गौडेल), Gautam (गौतम), Gotame (गोतामे), Guragain/Gurangain (गुरागाईँ), Gyanwali (ज्ञवाली), Gaire (गैरे), Gauli (गौली)

*.Gh घ – Ghimire (घिमिरे)

*.H ह – Humagain (हुमगाईँ)

*.J ज – Jaisi(जैसी), Joshi (जोशी)

*.K क – Kafle (कफ्ले/काफ्ले), Kalakheti (कलाखेती), Kandel (कंडेल)/Kadel (कडेल), Koirala (कोइराला)

*.Kh ख – Khanal (खनाल), Khatiwada (खतिवडा), Kharel (खरेल), Khakurel (खकुरेल)

*.L – Lamsal(लम्साल), Lamichhane(लामिछाने), Lekhak (लेखक), Lohani (लोहनी)

*.M म – Mainali (मैनाली), Maratha (मराठा), Mishra (मिश्र)

*.N – Nepal (नेपाल), Neupane (नेउपाने/न्यौपाने), Niraula (निरौला), Nyaupane (न्यौपाने)

*.O ओ – Ojha (ओझा), Oli (ओली/वली)

*.P प – Prasai(n) (प्रसाईं), Parajuli(पराजुली), Pageni (पंगेनी/पङ्गेनी), Pandey (पाँडे/पाण्डे), Pandit (पण्डित), Pant (पन्त), Pathak (पाठक), Pokhrel (पोख्रेल), /Pokharel (पोखरेल), Paudyal (पौड्याल)/Poudyal/Paudel (पौडेल), Pudasiani (पुडासैनी), Pyakurel (प्याकुरेल), Panthi (पन्थी)

*.Ph फ – Phuyal (फुयाल)

*.R र – Rajopadhyaya (राजोपाध्याय), Regmi (रेग्मी), Rijal (रिजाल), Rimal (रिमाल), Rishal (रिशाल)

*.Sh श – Sharma (शर्मा), Shivakoti (शिवाकोटी), Shukla (शुक्ल)

*.S स – Sangraula (संग्रौला), Sapkota (सापकोटा), Satyal (सत्याल), Sedhain (सेढाई), Sigdel (सिग्देल), Simkhada (सिम्खडा), Subedi (सुवेदी),

*.T त – Timsina(तिम्सिना)/Timilsina (तिमल्सेना/तिमील्सिना), Tiwari (तिवारी), Tripathi (त्रिपाठी)

*.Th थ – Thapaliya (थपलिया)

*.W व – Wagle (वाग्ले)

*.U उ – Upadhyaya (उपाध्याय), Upreti/Uprety (उप्रेती)

आफ्नो व्यक्तिगत जानकारीको लागि विकिपेडियाको लेख जस्ताको त्यस्तै साभार गरिएको हो। –चक्र भण्डारी (सम्पादक)

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s