Posted in Current News

मधेश सरकार गठन गरेर अन्तराष्ट्रिय समर्थन खोज्छौं – सीके राउत

image

संघीय सीमाङ्कन तथा नयाँ संविधानमा मधेशीलाई वेवास्ता गरिएको भन्दै मधेश आन्दोलन शुरु भएको ४ महिना पुरा भैसक्यो । मधेशको आन्दोलन अझै पनि यत्तिकै सेलाउने संकेत देखिएको छैन । सरकारले मधेशीका माग पुरा गर्न भन्दै संविधान संसोधन गरिसक्दा पनि समाधान निस्किएको छैन । मधेश मुद्धा बल्झिरहँदा कतिपयले अवमधेशमा पृथकतावादी आन्दोलन चलाइरहेका सीके राउत हावी हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरिरहेका छन् । सीके राउतले आफ्नो अभियान मधेशलाई नेपालबाट छुट्टाएर अलग देश बनाउने रहेको विभिन्न अन्तर्वार्ता र दस्तावेजमा स्पष्ट पारेका छन् । उनकै नेतृत्वमा मधेशमा भित्र भित्रै सशस्त्र युद्धको तयारीभैरहेको चर्चा पनि छ ।यसैबीच आफूलाई मधेशी अभियान्ता भन्न मन पराउने डा सीके राउतले भारतीय पत्रिकाद हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा मधेश छुट्टै देश भएपनि अहिले औपनिवेशिक सासन अन्तर्गत शोषित र प्रताडित भैरहेको तर्क गर्दै आफ्नो अभियान मधेशलाई औपनिवेशिक शासनबाट मुक्त गरेरै छोड्ने रहेको बताएका छन् । मधेशलाई छुट्टै देश नबनाए सम्म आफूले विश्राम नलिने पनि उनको भनाइ छ । सीके राउतले आफूहरुले मधेशमै निर्वाचन गरेर संसद बनाउने र सरकार बनाउने सम्मका योजना समेत सुनाएका छन् । नेपाललाई भन्दा मधेशलाई समर्थन गर्नु भारतका लागि श्रेयस्कर हुने उनको भनाइ छ । पूरा समाचार यहाँ क्लिक गरेर हिन्दुस्तान टाइम्स मा पढ्नुहोस्।


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s