Posted in Health/wellness, Information/Guideline

कसरी बन्छ सर्पले टोकेको औषधि ?

नेपालमै औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पको विष इन्जेक्सनमार्फत घोडामा पठाएपछि घोडाबाट निस्कने रगतबाट नै औषधि बनाउन सकिने सर्प विशेषज्ञ एवम् प्राविधिक प्रेम विष्टले बताउनुभयो । उहाँका अनुसार सर्पले टोक्ने बित्तिकै मान्छे मर्दैन । मान्छेको मृत्यु हुने कारण नै आत्तिएर हो ।औषधि बनाउन सर्पको विष र घोडाको रगत अनिवार्य चाहिने विष्टको भनाइ छ ।
यदि सरकारले कानुन बनाएर सर्प पाल्न अनुमति दिए नेपालमा कोही पनि सर्पको टोकाइबाट मर्न नपर्ने विष्ट बताउनुहुन्छ ।

नेपालमा प्रयोग भइरहेको सर्पदंशको औषधि पोलिभेनम हो भने विकसित राष्ट्रहरुले मोनोभेनम औषधि प्रयोग गर्छन् । फुयाँलले आफूहरुले पोलिभेनम र मोनोभेनम दुवै प्रकारका औषधि बनाउन चाहेको बताउनुभयो । नेपालमा कति प्रजातिका कति सर्प छन् भन्ने यकिन विवरण छैन, जानकारका अनुसार तराईका महोत्तरीको बर्दिवास क्षेत्रमा धेरै सर्प पाइन्छ ।

विषालु सर्प गोमन र किङ कोब्रा मोरङको लेटाङ, टाँडी र दक्षिणी भेगमा पाइन्छ । संसारकै विषालु सर्पको रुपमा किङ कोब्रालाई लिइन्छ, यो लामो र ठूलो पनि हुन्छ ।

नेपालमै सर्पदंशको औषधि उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहनुभएका सर्पविद् लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । ८८ करोड ६६ लाख लागतमा ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ कम्पनी’ स्थापना गरेर फुयाँलले सर्पको टोकाइबाट बच्ने औषधि नेपालमा सजिलै उत्पादन गर्न सकिने बताउनुभयो । -रासस

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

One thought on “कसरी बन्छ सर्पले टोकेको औषधि ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s