Posted in Gulmi News

खेलमैदान निर्माणमा सहयोग गर्न चौतर्फी आग्रह

खेलकुद मार्फत जिल्लाका युवाहरुलाई सृजनशील र अनुशासित बनाउदै यहाँको चौतर्फी विकासमा लगाउन गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत सत्यवती गाउँपालिका वडा नम्बर ६ खल्लुकरुखमा रहेको सार्वजनिक जग्गामा जिल्लास्तरीय खेदकुद प्रतियोगिताहरु संचालन गर्न सकिने खालको खेलमैदान बनाउने उद्देश्यसहित यहाँका युवाहरु पुन: जुटेका छन् । जिल्ला कै उत्कृष्ट मैदान बनाउने भन्दै विगतमा काम सुरु भएको भएतापनि बजेट अभावका कारण उक्त कार्य पूरा हुनसकेको थिएन । जिल्लाको क्षेत्र नम्बर १ मा यस्ता सार्बजनिक खेल मैदानको अभाव महशुस भएरै स्थानीय निकायको निर्वाचनका बेला पार्टीको घोषणा पत्रमा समेत समेटिएको भएतापनि आवश्यक ऐनकानुनको अभावमा स्थानीय निकायले गति लिन नसकिरहेकै अवस्थामा निर्वाचित प्रतिनिधिलाई यसप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित फेरी निर्माणको काम थालिएको हो ।

gulmikhel1

सुरुमा स्थानीय सहयोग जुटाएर काम सुरु गर्ने, आर्थिक पारदर्शिता सहित सहयोगी दाताहरुको नाम खेलमैदानको उत्तरपट्टि सडक छेउमा बोर्ड बनाएर राखिने खेलमैदान निर्माणका सक्रिय कार्यकर्ता शुशिल क्षेत्रीले जानकारी दिनुभयो । जिल्ला कै सबैभन्दा व्यस्त सडक रिडी-रुद्रबेनी-वामीटक्सार सडकखण्डमा पर्ने र उक्त सडकको विस्तार तथा कालोपत्रे गर्ने काम धमाधम भैरहेकोले पनि यसको उपयोगिता खेलकुदका मात्र सिमित नभई सार्वजनिक कार्यक्रम संचालन गर्न पनि अत्यन्त उपयोगी हुने स्थानीयवासीहरुको ठम्याई छ । जिल्ला कै लगभग केन्द्रमा पर्ने उक्त ठाउँ जिल्लालाई काटेर बग्ने बडीघाट नदीको किनारमा अति रमणीय ठाउँमा पर्दछ ।

gulmikhel

जिल्लामा हुने खेलकुद प्रतियोगिताबाट उत्कृष्ट खेलप्रतिभाहरु निस्कने गरेको भएतापनि उपयुक्त खेलमैदानको अभावमा यहाँका प्रतिभाहरु भित्रभित्रै हराउने गरेका छन् । विगत वर्ष राखिएको जिल्लास्तरीय क्रिकेट प्रतियोगिताबाट ‘देशलाई आवश्यक उत्कृष्ट खेलाडी उत्पादन गर्नसक्ने सामर्थ्य गुल्मी एक्लैले पनि राख्नसक्ने’ देखाएको र त्यो विश्वास आफूमा रहेको यस क्षेत्रमा खेलकुदको विकासमा सक्रिय क्षेत्रीले बताउनु भयो । तर आवस्यक खेलमैदानको अभावमा खेलाडीहरुमा अभ्यासको कमी हुने भएकोले आफूहरु पछिपर्ने अवस्था सिर्जना हुने गरेको खेलाडीहरुको भनाइ छ । खेलकुदमार्फत जिल्लाको नाम देशविदेशमा राख्न पहिलो खुड्किलोको रुपमा सबैभन्दा पहिले एउटा उत्कृष्ट खेलमैदानको आवस्यकता परेकोले सबैले आर्थिक सहयोग गर्न सम्पूर्ण खेलप्रेमी देश विदेशमा रहनुहुने महानुभावहरुलाई आग्रह गरिएको छ । यसै समाचार मार्फत गाउँपालिका प्रमुख पारिश्वर ढकाल र समस्त निर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण पनि गराउन चाहन्छौं ।

Advertisements

Author:

Chakrapani Bhandari (Chakra Jwala), Freelance Writer and a Scientific Blogger. B.Sc. Microbiology, Amrit Science College, Tribhuvan University Kathmandu Nepal. Email: chakra.jwala@gmail.com Website: www.chakrapanibhandari.com.np

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s