Posted in Health/wellness, Many More

‘हार्पिक’ हालेर अमिलो बनाइन्छ पानीपुरी, बेच्नेहरु भन्छन् “कागती र चुक हालेर बेच्दा घाटा हुन्छ”

harpik0

‘हार्पिक’ हालेर अमिलो बनाइन्छ पानीपुरी, बेच्नेहरु भन्छन् “कागती र चुक हालेर बेच्दा घाटा हुन्छ”

- डा. अरुणा उप्रेती

सिन्धुपाल्चोकका स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ । विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन खानुपर्छ भनेर बतायौँ । खाजा खाने बेला स्कुलमा चटपटे बेच्ने महिलाले मीठो गरेर चटपटे बनाइन्, त्यसमा अमिलो भनेर चिनीजस्तो वस्तु हालिन् । मैले भनेँ, ‘चटपटेमा अमिलोको सट्टामा किन गुलियो हाल्नुभयो ? ‘होइन, यो त अमिलो हो, यसलाई चिनी अमिलो भनिन्छ, कागतीको अमिलो हाल्दा त एकदम महँगो हुन्छ । यही सस्तो पनि, बच्चालाई मनपर्ने अमिलो पनि’ भन्दै पोको पार्दै ती दिदीले वरिपरि उभिएर बसेकालाई चटपटे दिइन् । मसँगै काममा हिँडेकी उमाले भनिन्, ‘यो चिनी अमिलो त मैले घरमा पूजाका भाँडा, तामाका भाँडा माझ्न प्रयोग गर्छु । यसमा रहेको अमिलोपनले भाँडाको फोहोर सट्टै जान्छ ।’

‘यसरी भाँडा सफा गर्ने चिनी अमिलो बालबालिकाको पेटमा गएपछि यसले कति खराब होला । वास्तवमा यो त भाँडा मस्काउने अमिलो साबुन नै खाएको हो ।’ मैले त्यसरी चिनी अमिलोजस्तो विषालु रसायन नेपाली बालबालिकाले खालान् भनेर मैले कल्पना नै गरेकी थिइनँ । यो घटनाले मलाई केही महिनाअघि दिल्ली जाँदाको समाचार याद दिलायो । चनाचटपटे बेच्ने एक मानिसले फोहोर पानी हालेर बेचेको खबर पाएपछि केही सरकारी मानिस आएर चटपटेमा प्रयोग गरिने पानी कति शुद्घ छ भनेर जाँचेर हेर्दा उनीहरू छक्क परे । चटपटेमा हालिने पानीमा त शौचालय सफा गर्न प्रयोग गर्ने हारपिकमा प्रयोग गरिने रसायन भेटियो ।

कर्मचारीले त्यस मानिसलाई पानीमा किन हारपिकको रसायन देखियो भन्दा उसले भनेको कुरा सुनेर कर्मचारी स्तब्ध भए । ‘म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’ ती पसलेलाई मिसावट गरेको हुनाले ६ महिनाको जेल सजाय दिइयो । उनी अहिले जेलबाट निस्केर पक्कै पनि फेरि पानीपुरी र चटपटे बेच्दै होलान् ।

Click here to learn more from my another Blog
jwla

हामीले सिन्धुपाल्चोकका छात्रछात्रालाई सोध्यौँ, ‘तिमीहरु कति चटपटे र पानीपुरी खान्छौ ?’ सबैले ‘मीठो मानेर प्रायः खाजा नै त्यही खान्छौँ’ भने । अनि हामीले एउटा फोहोर कचौरा ल्याएर, त्यो चिनी अमिलो हालेर कचौरा सफा गर्‍याै‌ भन्यौँ, ‘अहिले तिमीहरूले के देख्यौ ? सबैले भने, ‘तपाईंले चिनीजस्तो वस्तुले भाँडा सफा गरेको देख्यौँ ।’

यो वस्तु तिमीहरूले खायौ भने के हुन्छ भनी सोध्दा छात्रछात्राले एकै स्वरमा भने, ‘कहाँ यस्तो भाँडा सफा गर्ने वस्तु खानु नि । यसले त हाम्रो पेट खराब गरिहाल्छ नि । यो त साबुनजस्तो पो रहेछ ।’

 

‘तर तिमीहरूले त यो दिनै खान्छौ नि ?’

‘होइन, हामी त खाँदैनौँ, यस्तो विषजस्तो वस्तु,’ छात्रछात्राले ठूलो स्वरले भने । ‘तिमीहरूले खाने चनाचटपटेमा त यही हालिन्छ नि’ भनेर हामीले चना, केराउ, प्याज, भुजामा नुन हालेर उनीहरूलाई चाख्न दियौँ ।

‘मिठो छ तर अमिलो छैन’ भनेपछि हामीले विद्यार्थीलाई देखाएर चिनी अमिलो हाल्यौँ र केही विद्यार्थीलाई चाख्न दियौँ । उनीहरूले मीठो मानेर खाए र भने, ‘हो, अब त अमिलो र मीठो भएछ’ भने ।

‘हेर हामीले अमिलो भनेर हालेको यही चिनी अमिलो हो, जसले हामीले अघि फोहोर कचौरा सफा गरेका थियौँ,’ मैले भनेँ । छात्रछात्राहरू ‘लौन, यस्तो त हामीलाई थाहै थिएन’ भनेर कुरा गर्न थाले । अनि हामीले उनीहरूलाई कसरी पानी पुरीमा पनि यसैगरी चिनी अमिलो वा शौचालय सफा गर्ने रसायन हाल्छन् भनेर बतायौँ । त्यसैगरी विभिन्न प्याकेटमा आउने चाउचाउ, कुरकुरे आदि पनि यस्तै शरीरलाई हानि गर्ने रसायन हालेर बनाइएको हुन्छ भनेपछि सबैले जिब्रो टोके । ‘यस्तो खाएर पो त हाम्रो पेट कटक्क काट्दोरहेछ’ भनेर आपसमा कुरा गरे । स्कुलमा शिक्षकले पनि भने, ‘यस्तो खराब रसायन हालेर चनाचटपटे र पानीपुरी बनाउँदा रहेछन् भन्ने कुरा त हामीलाई थाहै थिएन । हामीले झन् चनाचटपटे त स्वस्थकर हुन्छ भनेर पो खान्थ्यौँ त ?’

शिक्षकको कुरा सुनेर हामीले भन्यौँ, ‘चना चटपटे घरमा सफा तरिकाले बनाउने र कागतीको अमिलो हाल्ने, चाउचाउ न हालेर खाने हो भने त स्वस्थकर नै हो । पानीपुरी सफा तरिकाले घरमा बनाएर खाने हो, अस्वस्थकर वस्तु होइन । चिनी अमिलो हालेको पानीपुरी पो विष भयो त । कतिचोटि शौचालयमा सफा गर्न हालिने रसायन पनि तपाईंहरूले खानुभयो होला नि ।’

शिक्षकले भने, ‘अब हामी यसमा विचार गर्छौं । अब त सरकारले पनि स्कुलमा चाउचाउ र अस्वस्थकर वस्तु ल्याउन निषेध गराउनु भनेर चिठी पठाएको छ ।’ मैले भनेँ, ‘सरकारले सबै स्कुलमा आएर हेर्न सक्दैन । तपाईंहरूले नै चाउचाउजस्ता वस्तु खान विद्यार्थीलाई निरुत्साहित गर्नुपर्छ ।’

‘के गर्ने, तपाईं यस्तो भन्नुहुन्छ ? मेरी श्रीमतीले बच्चालाई दिनदिनै खाजा बनाउन झ्याउ भो भनेर मलाई दुई कार्टुन चाउचाउ ल्याइदिनु भनेपछि मैले किनेर लगिदिए । तर चाउचाउ बाहिरी प्याकेटका वस्तु यति खराब हुन्छ भन्ने थाहा थिएन,’ एक शिक्षकले अँध्यारो मुख लगाए । ‘तपाईंले समय–समयमा आएर हाम्रो विद्यार्थीका आमाबुबा, हजुरआमालाई पनि यस्तै कुरा सुनाइदिन्स् न । तपाईंले भनेपछि विश्वास गर्छन् । हामीले भनेको त टेरपुच्छर नै लगाउँदैनन् ।

‘यसरी फोहोर भाँडा माझ्ने कुरा मिसाएको खानुहुँदैन भनेर व्यावहारिक रूपमा भाँडा पनि माझेर देखादिनुस् न । अनिविश्वास गरिहाल्छन नि,’ मैले भनेँ । सिन्धुपाल्चोकमै स्कुलमा अभिभावक समूहमा पनि स्वस्थ खानाबारे छलफल गर्दा केही आमाले भने, ‘हाम्रा बच्चाले त पानीपुरी, चटपटे र चाउचाउबाहेक अरु त खाजा नै नखाने भन्छन् । अनि, हामी के गरौँ त ?’

आमाहरूको कुरा सुनेर उनीहरूलाई पनि चिनी अमिलो हालेर भाँडा सफा गरेर देखाएँ । त्यही चिनीअमिलो चना चटपटेमा हालेर अमिलो चटपटे ख्वाउन पनि लगाइयो । यसरी हाकाहाकी चिनी अमिलोजस्तो विष तपाईंहरूले आफ्नो सन्तानलाई ख्वाउनुहुन्छ भने हामी त केही भन्न सक्दैनौँ । भोलि तपाईंका छोराछोरी कुपोषित भए, बिरामी भएर अस्पताल लैजानुप¥यो भने त दुःख पाउने तपाईंहरू नै हो । तपाईंहरू नै विचार गर्नुस् आफू र आफ्ना सन्तानलाई कस्तो भोजन ख्वाउने ?’ अनि केही आमाले प्रश्न गरे, ‘त्यसो भए बच्चालाई के खाजादिने त ?’

‘खाजा त जति पनि छ नि । भुटेको भात, उसिनेको आलु, चना–चिउरा, बदाम, रोटी, अन्डा, खिचडी । यस्ता वस्तु ख्वाउन तपाईंहरूले सन्तानलाई प्रेरित नगरेर चिनी अमिलो र हारपिकजस्तो चिज हालेको खाना ख्वाउनुहुन्छ भने आफ्ना सन्तानलाई बिरामी होस् भन्ने श्राप दिइरहनुभएको छ । के तपाईं आफ्ना सन्तानलाई श्राप दिन चाहनुहुन्छ कि स्वस्थ हुने वरदान ? आफैँ विचार गर्नुस् ।’ हाम्रो कुरा सुनेर आमाहरू चुप छन् ।

यो लेख पढ्ने अभिभावक आफ्ना छोराछोरीलाई खाजामा के दिनुहुन्छ ?

Advertisements

Author:

I'm a student of Science (Microbiology) Tribhuvan University Nepal, interested in technology and current affairs. I'm vegetarian and a nature lover. I love to visit new places and read books about science/technology, health, literary and spiritual. I am a founder of GITAB (Give Inspire, Take Action Blog: www.gitab.com.np), guiding for Nepalese and who desired. My personal website is chakrapanibhandari.com.np and email chakra.jwala@gmail.com

2 thoughts on “‘हार्पिक’ हालेर अमिलो बनाइन्छ पानीपुरी, बेच्नेहरु भन्छन् “कागती र चुक हालेर बेच्दा घाटा हुन्छ”

  1. धेरै उपयोगी लेख । धन्यवाद ज्वालाजी । हामी पनि पूजा भाँडा माँझ्न चिनी अमिलो ( तात्री ) प्रयोग गर्छौं । पानी पुरी बेच्नेमाथि निगरानी राख्नु पर्छ । विद्यालयहरू सचेत हुनु पर्छ ।

    Liked by 1 person

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s