Posted in Inspiration, Many More, Motivational

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक मात्र डाक्टर, विशाल ज्ञवाली

Bishalgएसएलसी बोर्ड टपर बिशाल ज्ञवाली क्यान्सर विशेषज्ञ हुन:

फलामे ढोका मानिने एसएलसीको रिजल्ट आउने दिन। देशभरबाट एसएलसी बोर्ड फर्स्ट हुने आशामा रिजल्ट कुरिरहेको एउटा किशोर। त्यो दिन साँच्चिकै सकसपूर्ण थियो विशाल ज्ञवालीका लागि। एक घन्टा बिताउनु पनि पूरै दिन विताए झै भइरहेको थियो।
एसएलसी बोर्ड फर्स्ट हुनेलाई राति १२ बजे फोन आउने विशालले सुनेका थिए। उनी राति २ बजेसम्म जागा बसे। तर, फोन आएन्। निराश भएर सुत्नुको विकल्प थिएन उनीसामु।विशाल निराश हुनु स्वाभाविक थियो। बोर्ड फर्स्ट हुने आकांक्षासहित मेहनत गरेका थिए। जसरी पनि बोर्ड फर्स्ट हुने मिसन। तर, उनी लामो समय निराश हुनु परेन। स्कुलका प्रिन्सिपलले राति ३ बजे फोन गरेर भने, ‘विशाल बाबु तिमी बोर्ड फर्स्ट भयौ।’विशाल कन्फ्युजनमै सीमित भए।
१५ मिनेटपछि फेरि अर्को फोन आयो। एसएलसी बोर्ड फर्स्ट भएको सूचना दिँदै गोरखापत्रले इन्टरभ्यू लियो। रातारात चर्चित भए उनी।यो २०५९ सालको कुरा हो। त्यतिबेला कम उमेरका विशालबाट उनी भर्खर बोर्ड फर्स्ट विशाल भएका थिए। १५ वर्षपछि उनको परिचय फेरिएको छ। विशाल मेडिकल अंकोलोजीमा पिएचडी गर्ने नेपालको पहिलो र एकमात्र डाक्टर भएका छन्। विश्वभर क्यान्सरएक्सपर्टको रुपमा चर्चित पनि। ३० वर्षकै उमेरमा क्यान्सर विज्ञको रुपमा उनको बेग्लै परिचय बनिसकेको छएसएलसी सकेर पढ्न काठमाडौं आएका विशालले प्लस टु’मा पनि ८९ प्रतिशत ल्याए। त्यतिखेर पनि नेपालभरमै दोस्रो हुन परेन भलै टपर घोषणा गरिन्न प्लस टु’मा। साइन्समा फिजिक्स् र बायोलोजी दुबै उनको रुचिको विषय। कुन पढ्ने सुरुमा त निर्णय गर्नसमेत सकिरहेका थिएनन्। छाने बायोलोजी।
प्लस टु पढ्दादेखि नै त्रिवि को एमबीबीएस इन्ट्रान्सको बारेमा सुनेका थिए। अत्यन्तै कडा प्रतिस्पर्धा भएकाले उनको इन्ट्रेस्ट त्यता गयो। ४२ जनाले पढ्न पाउने विषयको इन्ट्रान्समा दश हजार प्रतिस्पर्धी। प्लस टु सक्ने बित्तिकै इन्ट्रान्स दिए। नाम निस्कियो। पास हुनेको सूचीमा पनि उनको नाम पहिलो नम्बरमै थियो। जोखिम मोल्न मन पराउने उनलाई त्यही स्वाभावले बायोलोजीको फराकिलो संसारमा प्रवेश गरायो।एकपछि अर्को रेकर्ड बनाउँदै उनी महाराजगन्ज क्याम्पस प्रवेश गरे। एमबीबीएसमा पनि उनी गोल्ड मेडलिस्ट नै रहे। इन्टर्नसीप पनि शिक्षण अस्पतालबाट नै पूरा गरे।

च्यालेन्जिङ ह्याविटले क्यान्सर विज्ञ

अन्य रोगभन्दा क्यान्सर च्यालेन्जिङ रोग। क्यान्सरले मान्छे कि त मर्छ कि त यो निदान नै हुन्छ। नेपालमा क्यान्सरका एक्सपर्ट साह्रै कम। यो विषयमा पढाइ समेत नहुने। विशालको रुचिको विषय पनि क्यान्सर नै। पढ्नको लागि विदेश जानुको विकल्प थिएन।क्यान्सर अध्ययनका लागि विश्वमै जापान उत्कृष्ट देश मानिन्थ्यो। विशालले जापानमा मेडिकल अंकोलोजी पढ्ने छात्रवृत्ति पनि पाए।
पाँच वर्षपछि सन् २०१७ मा नेपाल फर्कदा विशाल विश्वभर क्यान्सर विज्ञको रुपमा परिचित भइसकेका छन्। विश्वका ठूला अस्पतालमा उनको डिमाण्ड थियो। नाम, दाम र कामको लागि नेपाल फर्किनुपर्ने आवश्यकता थिएन।औषधि उत्पादन गर्ने कम्पनीले नयाँ औषधि उत्पादन गर्दा विशालको सल्लाह लिन थालिसकेको थियो। उनकै अनुसन्धानलाई आधार मानेर औषधि उत्पादन हुनु सानो कुरा थिएन। उनकै अनुसन्धानको आधारमा बिरामीहरुले नयाँ-नयाँ पद्धतिबाट उपचार पाउन थाल्नुले पनि उनको डिमान्ड भ्यालु बुझाउँथ्यो।

सुरक्षित भविष्य छोडेर नेपाल किन आए त?

‘आफ्नै नेपाली दाजुभाइ देशमा उपचार नपाएर मरिरहेका छन्। म आफ्नै नेपाली दाजुभाइहरुको काम लाग्न चाहन्छु,’ सहज रुपमा जवाफ दिए, ‘जापानमा रहँदा पनि नेपालका बिरामीहरुलाई सेवा गरेको थिएँ। उद्देश्य ठूलो बोकेर अहिले नेपाल आएको छु। गर्नुपर्ने कुरा धेरै छन् हेरौँ के कति सम्भव हुन्छ।’उनी क्यान्सर रिसर्च, क्यान्सर एजुकेसन र प्यासेन्ट केयरमा उल्लेख्य परिवर्तन ल्याउन चाहन्छन्। सरकारले सकरात्मक भएर लगानी गरे सबै सम्भव भएको उनको बुझाइ छ। भन्छन्, ‘यस्ता काम सरकारी लगानीबाट गर्नुपर्छ। निजी क्षेत्रमा गरिब जनताको पहुँच हुन्न। त्यसैले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सरकारले लगानी लगाउनै पर्छ।’उनको लक्ष्य पूरा गर्ने विषय सरकारसँग जोडिएको छ।

नेपालको ठेगानाले रिसर्च पेपर रिजेक्ट

विशाल जापानमा अध्ययनमा यसरी लागे कि विश्वप्रसिद्ध जर्नलमा अनुसन्धानमूलक पेपरहरु उत्तिकै छपाए। ५० भन्दा बढी रिसर्च पेपरहरु विश्व प्रसिद्ध जर्नलहरुमा प्रकाशित भइसकेका छन् उनका।अमेरिका, बेलायत, स्पेन, फ्रान्स लगायत देशमा कन्फ्रेन्सका लागि पुगिसकेका छन्। त्यहाँ उनले बोलेको र प्रस्तुत गरेको रिसर्च पेपरहरु सबैको चासोको विषय बन्यो। कन्फ्रेन्समा बोल्ने र रिसर्च पेपर प्रस्तुत गर्नेहरु मध्ये सबैभन्दा कान्छा हुन्थे उनी – अपत्यारिलो खालका। हरेक देशमा पुग्दा अंकोलोजिष्ट र रिसर्चरहरु उनलाई २ वटा प्रश्न गर्थे।

तिमी यो उमेरमै यस्तो पेपर लेख्ने?तिमी नेपालको?

यस्ता प्रश्न गर्नेहरुलाई थाहा थियो नेपालीको हैसियत। नेपालको ठेगाना राखेर विशालले रिसर्च पेपर प्रकाशित गर्न जर्नलमा पठाए। तर, नेपाल ठेगाना भएकै कारण त्यो पेपर रिभ्यूमै गएन। उनले फेरि त्यही रिसर्च जापानको ठेगानाबाट पठाए। लगत्तै प्रकाशित भयो।भन्छन्, ‘हामीले आफ्नो हैसियत नबनाएका कारण त्यो पेपर हेर्दै नहेरी रिजेक्ट भयो। हाम्रो हैसियतको कारण उनीहरुले त्यो हेर्न आवश्यक ठानेनन्।’

मेडिकल जर्नलको यात्रा

मेडिकल अंकोलोजीमा सर्जरी र रेडियोथेरापी बाहेकले गरिने सबै उपचार पर्छ। किमो थेरापी, टार्गेटेड थेरापी र इमिन्यो थेरापीमा डा. विशाल विज्ञ हुन्। प्यालेटिभ कियर अर्थात् क्यान्सरको अन्तिम अवस्थामा पुगेको व्यक्तिमा हुने शारीरिक पीडा कम गर्ने उपचार विधिमा पनि उनको दखल छ।
बेलायतबाट प्रकाशित हुने प्रसिद्ध ब्रिटिस मेडिकल जर्नल (बीएमजे) को सल्लाहकार सम्पादक छन् उनी। अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीको जर्नल अफ ग्लोबल अंकोलोजी पत्रिकाको एडिटोरियल फेलो छन्। क्यान्सर मेडिकल साइन्स् जर्नलको मेडिकल इडिटरको रुपमा पनि उनले काम गरिरहेका छन्। बेल्जियमको एन्टी क्यान्सर फण्डको मेडिकल कन्सलट्यान्ट छन् अहिले पनि।
यी लगायत १ दर्जनभन्दा बढी विश्व प्रसिद्ध जर्नलमा समीक्षकको रुपमा काम गरिरहेका छन्। आफ्नो रिसर्च पेपर त छँदैछन्।विशालले ग्लोबल अंकोलोजीमा रिसर्च गरेका छन्। उनको ‘फिल्ड अफ एक्सपर्टीज’ ‘लो एण्ड मिडिल इनकम कन्ट्री’मा क्यान्सरको अवस्था, अनुसन्धान र उपचार हो।अनुसन्धानको क्रममा गरिब मुलुकका लागि अहिलेसम्म क्यान्सर ‘पब्लिक हेल्थ इस्यु’ नभएको उनले अनुभव गरेका छन्। भन्छन्, ‘हाम्रो देशमा अझै पनि झाडा पखालाले मानिस मर्छन्। यस्तै रोग नियन्त्रण गर्न नसकेको अवस्थामा क्यान्सर त झनै बढ्ने भयो।’

धुमपानका कारण क्यान्सर हुने रिस्क धेरै भएको विशाल बताउँछन्। एक्टिभ र प्यासिभ स्मोकिङको कारण गरिब देशहरुमा युवाहरुलाई समेत क्यान्सरले छोएको उनको तर्क छ। त्यसैगरि मोटोपन र राज्यले क्यान्सरसँग जुध्ने तयारी नगरेका कारण पनि गरिब देशहरुमा क्यान्सर बढेको उनी सुनाउँछन्।नेपालजस्ता गरिब देशमा सबै ठूला रोगहरुको उपचार आफैले गर्नुपर्छ। तर, जापान जस्ता  विकसित देशहरुमा ३० प्रतिशत पटेकटबाट तिर्ने र ७० प्रतिशत सरकारले बेहोर्ने चलन छ। भन्छन्, ‘तीस प्रतिशत पनि मासिक ४० हजार बढी पर्न आयो भने त्यो सबै सरकारले बेहोर्छ।’

तर, नेपालमा त्यो अवस्था छैन्। बिरामीको उपचार गर्दा घरबारी जान्छ कि भनेर डराउनु पर्छ। उपचार गर्दा ४ महिना बाँचिएला तर त्यसले घरखेत नै बेच्नुपर्ने सोचेर बिरामीहरु रोग पालेर मर्न बाध्य छन्। भन्छन् ‘औषधि, उपचार पद्धति, पैसा र प्रविधिको बारेमा विकसित देशमा चिन्ता लिनुपर्दैन। चिन्ता यहीँकै हो।’नेपाल आएको २ महिनामै सरकारी अस्पताललाई हेर्ने नकरात्मक दृष्टिकोण बुझिसकेका छन् विशालले।

केही प्रसंग -‘म कहाँ आएका धेरै बिरामी तपाईँ अरु कुन अस्पतालमा काम गर्नुहुन्छ? हामी त्यहाँ आउँछौं भन्छन्। म एउटै मान्छे निजी अस्पतालमा जाँदा राम्रो हुने हो र? भन्दा, हैन यहाँभन्दा त्यता सबै कुरा राम्रो हुन्छ भन्छन्।’उनी अर्को प्रसंग सुनाउँछन्, ‘म कहाँ अस्ती एक ब्रेन ट्युमरका बिरामी आए। म न्युरोको एक्सपर्ट हैन्, मलाई यसको बारेमा ठ्याक्कै थाहा छैन् भनेँ। म वर्ल्डकै टप न्युरो एक्सपर्टलाई कन्सल्ट गरेर यसको बारेमा तपाईँलाई भन्छु भनेर सल्लाह दिए। ती बिरामीले मलाई विश्वास गरेनन्। अरुलाई सोधेर भन्छु भन्ने डाक्टरसँग के उपचार गर्नु भन्ने सोचेर फेरि आएनन्।’

क्यान्सर हिजो र आज

विशालका अनुसार क्यान्सरमा पहिलेभन्दा अहिले धेरै प्रगति भएको छ। डेथ पेनाल्टी मान्ने क्यान्सरलाई अहिले सामान्य रोगको रुपमा हेरिन्छ। ब्रेष्ट क्यान्सर (स्तन क्यान्सर) लगायतका क्यान्सरहरुको सर्भाइभल रेटमा सुधार भएको छ।रिनल सेल क्यान्सर (मिर्गौलाको क्यान्सर), पुरुषहरुमा देखिने टेष्टिकुलर क्यान्सर (अण्डकोषको क्यान्सर) आज भन्दा १० वर्ष अगाडि डेथ पेनाल्टी जस्तै थियो। तर, अहिले सुरुवातका यस्ता क्यान्सरले ९९ प्रतिशत मानिस मर्दैनन्। औषधि, उपचार पद्धति र प्रविधिमा पछिल्लो १० वर्षमा धेरै परिवर्तन आइसकेको छ।तर, गल व्लाडरको क्यान्सर फैलिएको छ भने अहिले पनि बिरामीहरु ६ महिना देखि १ वर्ष भन्दा बढी बाँच्दैनन्। पेन्क्रियाटिक क्यान्सरको अवस्था त्यस्तै छ।

डा. विशालका अनुसार जापानमा कतिपय क्यान्सरको उपचार पद्धति नै फरक छ। त्यो पद्धति विश्वकै राम्रो मानिन्छ। ‘पेटको क्यान्सरको उपचार गर्ने पद्धतिमा अमेरिकन पद्धति र जापानिज पद्धति भन्ने गरिएको छ। जापानिज उपचार पद्धति अमेरिकन पद्धतिभन्दा धेरै राम्रो मानिन्छ,’ भन्छन्, ‘एउटा बिरामीका लागि एउटा डाक्टरको टिम पूरा समय खर्चेर लाग्छन्। सानो-सानो कुराहरुमा गहन अध्ययन गरेर उपचार गर्छन।’

‘कसरी राम्रो मान्ने उपचार पद्धति?’

उपचार पद्धति छुट्याउन उपचारपछिको ‘क्यान्सर सर्भाइवल रेट’ को विश्लेषण गर्ने विशाल सुनाउँछन्। भन्छन्, ‘क्यान्सर लागेपछि ५ वर्षसम्म कति मान्छे बाँच्छन् भन्ने विश्लेषण हुन्छ। जापानमा अन्य देशभन्दा त्यो सर्भाइभल रेट अति उच्च छ।’उनी नेपालमा उपचार पद्धति, उपचार संस्कार र प्रविधि जिरो लेभलमा भएको तर्क गर्छन्। ‘न त सुरक्षा छ, न त राम्रो कमाई,’ भन्छन्, ‘विकशित देशमा यस्ता कुराहरुले तनाव हुन्न र धेरै साथीहरु उतै बसेका छन्। तर, सबै त्यसरी बस्यो भने हाम्रो देशको स्वास्थ्य जिरो लेभलमै हुन्छ।’
source:pahilopost

Advertisements

Author:

I'm a student of Science (Microbiology) Tribhuvan University Nepal, interested in technology and current affairs. I'm vegetarian and a nature lover. I love to visit new places and read books about science/technology, health, literary and spiritual. I am a founder of GITAB (Give Inspire, Take Action Blog: www.gitab.com.np), guiding for Nepalese and who desired. My personal website is chakrapanibhandari.com.np and email chakra.jwala@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s