Posted in Inspiration, Many More, Motivational

यी हुन् सफल जीवनका १६ सूत्र

success1

१. जीवन
जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए, अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्युमा दुनिया रोउन र तिमिले उत्सव मनाउ ।
👇

२. हार नमान्नु

बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहाँ पुग्नलाई लाग्छ ।
👇

contact for perofessional web development

३. सफलता–असफलता

सफलताले हाम्रो परिचय दुनियासित गराउँछ र असफलताले हामीलाई दुनियाको परिचय गराउँछ ।
👇
४. कठिनाइहरु

जबसम्म तपाइले आफ्नो समस्या एवं कठिनाइहरुको कारण अरुलाई कस्नुहुन्छ तबसम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न ।
👇
५. आत्मविश्वास

यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ ।
👇
६. असम्भव

यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौं र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौं ।
👇
७. गल्तिहरु

यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ ।
👇
८. शक्ति

ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो, फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ।
👇
९. मेहनत

हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनतको बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौं, यदि हामीलाई लेख्न आउँदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ ।
👇
१०. महानता

महानता कहिक्यै नखस्नुमा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ ।
👇
११. समय

तपाईंले यो भन्न सक्नुहुन्न कि तपार्इंसित समय छैन किनकी तपार्इंसित एक दिनमा त्यति नै समय छ जति समय महान एवं सफल मान्छेहरुसित छ ।
👇
१२. सोच

वर्षातको समयमा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपार्इंको सोचले यसमा Difference पैदा गर्दछ ।
👇
१३. सपना

सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिँदैन ।
👇
१४. विश्वास
विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ, विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ ।
👇
१५. सफलता

टाढादेखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौं ।
👇
१६. प्रसन्नता

यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपार्इंको कर्मबाट आउँछ । -साभार

Advertisements
Posted in Many More, Religion

के ईसा पनि हिन्दू नै थिए?

डा. स्वामी प्रपन्नाचार्य
के ईसा पनि हिन्दू नै थिए?

फिलिस्तिनबाट जुन धर्मले बाटो लिएर भारतखण्डमा पस्यो र जुन वेटिकनबाट समस्त विश्वको ८० करोड ईसाई धर्मावलम्बीलाई शासित गर्छ, त्यो धर्म–प्रवर्तक ईसामसीह पनि आर्यपुत्र नै रहेछन् भन्ने कतिपय तलतिरका प्रमाणबाट बुझ्नुहुनेछ, पाठक, वाचकवृन्दले। यो कुरा हामीले जबरजस्ती सिद्ध गर्न खोजेको होइन, अपितु ईसाका सम्बन्धमा शोधखोज गर्ने ती कतिपय पौरस्त्य र पाश्चात्य विद्वान््का अनगिन्ती प्रमाणले सिद्ध गरेको कुरा हामीले यहाँ राखेका छौँ। माथि देखाइएका धर्म सबै आर्य हिन्दू धर्मबाट फुटेर गएका हाँगाबिँगा मात्रै हुन्। ती धर्ममा वैदिक हिन्दू धर्मदेखि अलिपछि फुटेको हाँगा पार्सियन धर्म हो। त्यसपछि अरु धर्मको जन्म भएको हो। यसै प्रकारले भारतीय हिन्दू गणनाका अनुसार ईसाको जन्म विक्रमको पहिलो शताब्दीमा भएको मानिएको हो।

फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ।

ईसाभन्दा पहिलो मूसाले चलाएको यहुदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छन् तर ईसामसीहको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा ईसाई पादरीसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो यसमा सबैभन्दा पहिलो आफ्नो जीवनको अधिकांश भाग महात्मा ईसाको १८ वर्षको जीवन कहाँ बित्यो? त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान् डा. निकोलस् नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्षपहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा ‘एस्सेन’ पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारत खण्डको जम्बूद्वीपमा बिताए। डा. नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरूको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरूले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यति मात्र होइन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रा वर्णन आफैँ ईसाले गरेको छ। ‘हिमोस’ गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णनअनुसार ईसा सिन्धु प्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरूसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरूको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधुमहात्माहरूको सँगमा गरे। अनि बौद्ध बिहारमा ६ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वान्हरूले यो तथ्यलाई स्वीकार गरेका छन्। यस सम्बन्धमा साधु रामसुखदासको ‘महात्मा ईसा और उन के भारत में दीक्षा’ नामक पुस्तक पनि मनन गर्न योग्य छ। यो किताब काशीबाट प्रकाशित भएको छ। महेन्द्र कुल श्रेष्ठको ‘क्या ईसाका धर्म पहिले भारत में चला?’ अमृत प्र.. २५ डिसेम्बर १९७८को लेखमाला पनि अत्यन्त मनन गर्न योग्य छ। यो लेखमा यो कुरालाई यस रूपमा लेखकले दर्शाएका छन् कि ईसा फिलिस्तानमा सूलीमा मरेको होइन अपितु बाहना पारेर भारत पठाएको कुरा सिद्ध गरे।

डाक्टर जकालियटको ‘इण्डिया इन बाइबल’ ले त केही छोडेको छैन। सबै थोक वेद–शास्त्र–पुराण–गीता–महाभारत–रामायण आदिबाट ईसाको न्यू टेस्टामेन्ट बनेको हो भनेर सिद्ध गर्नुभएको छ। डा. जकालियटको एक विशेषता अरु पनि छ। त्यो यो हो कि अङ्ग्रेजीको प्रायः प्रत्येक शब्द संस्कृत शब्द र धातुहरूबाट बनेको मान्नुहुन्छ। त्यसै भएको हुनाले त्यतिखेरका प्रसिद्ध विद्वान्् मैक्समूलरले ‘यो लेखकले भारतीय ब्राह्मणहरूको जुठो खाएको छ’ भनी नहुँदो आक्षेप पनि लगाए। तर, मैक्समूलरको आक्षेप रिसको पाको भुइँमा उतार्नु मात्रै हो। यस्तै रीतिले डा. नोटोविचको ‘ईसाको अज्ञात जीवन’ भन्ने शोधप्रबन्धका बारेमा पनि मैक्समूलरले नोटोविचलाई पनि तिब्बतका लामाहरूले ठगे भनी ‘नाइन्टिथ सेन्चुरी’ पत्रमा लेखे। तर, त्यतिखेर डा. नोटोविच लण्डनमा थिए। ‘टाइम्स’ पत्रमा विश्वका समस्त पादरीहरूले खुबै खबर लिए। अनि मैक्समूलरको पनि संयुक्तिखण्डन गर्दा फेरि कुनैले पनि कलम उठाएनन्। त्यस्तै प्रकारले डा. जकालियटको भारतमा ‘बाइबिल’ ग्रन्थको पनि मैक्समूलरले आलोचना गर्ने प्रयत्न गरे तर सफल भएनन्। अनि यो ग्रन्थ मूल रोम भाषामा लेखिएको हो। यसको अंग्रेजी अनुवाद लण्डनबाट प्रकाशित छ। तर अंग्रेजी अनुवाद प्रामाणिक छैन। अनुवादकहरूले मिलेर लेखकको अभिप्रायः र प्रमाणिक खोजहरूलाई उडाई आफ्नो तर्फबाट मिलाएर प्रकाशित गरेका छन्। त्यसो हुँदा पन्जाब होसियारपुर निवासी विद्वान् मनस्वी लेखक श्री सन्तराम बी.ए.ले मूल रोम भाषामा लेखेको एक प्रति वीर सावरकरबाट प्राप्त गरेर हिन्दी अनुवाद गरी ‘भारत में बाइबल’ नाम राखी लखनौ नवलकिशोर छापाखानाबाट प्रकाशित गरेको छ। यो मूलको जस्ताको तस्तै प्रामाणिक अनुवाद छ। कलमीलाई रोम, अंग्रेजी र हिन्दी तीनैलाई आँखा मिलाउने सौभाग्य मिल्यो। पी.एन्. ओकको ‘क्रिश्चियनिटी इज कृष्णनीति’ ग्रन्थ पनि पढ्न योग्य छ। सप्रमाण सिद्ध गर्नुभएको छ कि उनीहरूको मान्य धर्मग्रन्थ तौरेत ‘अञ्जील’, ‘बाइबल’ आदिमा पाइने र उनीहरूको मूसाई, रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, थियासफी आदि सम्प्रदायहरूमा पाइने धेरै जस्तो के खर्लप्प भने पनि हुन्छ हिन्दू आर्यहरूबाटै गएको सप्रमाण सिद्ध गर्नुभएको छ। पण्डित रघुनन्दन शर्मा साहित्यभूषणले पनि ‘वैदिक सम्पत्ति’ को २६३ पृष्ठमा भारतमा आएर ईसाले काशी र विहार आदिमा विद्याध्ययन गरेर तिब्बत जाने कुरा लेखेको छ।

बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ‘खि्रस्त परिचय’ ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो सोधखोज छ। डा. बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको सोधखोज गरेर राम्ररी टुंगो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधिखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य–पौरस्त्य विद्वान्हरूको एकै मतो देखिन्छ। यहाँ उनीहरूका वाक्य प्रमाण उद्धृत गर्दा ग्रन्थ स्वतन्त्र हुन जाने हुनाले कतिपय लेखक र कतिपय शोधग्रन्थहरूको नाम निर्देश मात्रै गरिएको छ। ईसा हिन्दू हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्–फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। ‘मेक्समिलन’ गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जा घरमा हिन्दू रानी महारानीजस्ती साडी, गुन्यू लगाएको छ। अनि मस्तकमा हिन्दूहरूले लाउने कुमकुमको टीका लगाएको छ। त्यस्तै प्रकारले ईसाको पनि ठाउँठाउँमा चित्र तथा मूर्तिहरू राखिएका छन्। म्युनिकको चित्र घरमा टाँगिएको चित्रमा पनि ईसा सन्न्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवीत जनै धारण गरेको छ। यस सम्बन्धका गंगाशंकर एम.ए.ो ‘भक्ति भी विदेशियों के देन’ भक्ति अंक कल्याण गोरखपुरबाट प्रकाशित र डा. नोटोविच र माथि लेखिएका सबै विद्वान्हरूका ग्रन्थ मनन गर्न योग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको वैटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।

अब कतिपयले भन्छन् कि ईसा भारतमा आउँदै आएनन्। अनि उनलाई फिलिस्तिनमा नै सुली चढाएर मारिदिए। त्यसमा पनि हामीले मनपरी लेख्ने काम गर्दैनौँ। विद्वान्हरूले जहाँजहाँ सोधखोज, रिर्सच गरेर प्रकाशित गरे, तीनै प्रमाणहरूलाई जस्ताको तस्तै राख्ने प्रयत्न गर्दैछौँ। यसमा माथिका विद्वान्हरूले त भारतमा आएका हुन् भन्ने कुरा सिद्ध गरेकै छन्। तर मौंलानाका मुहमद अलीले कुरानको अंगे्रजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाईकन बचाएर भारतमा आएपछि काश्मीरमा योग समाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले ‘जिसस इन इण्डिया’ अर्थात् ‘ईसा भारत मे’ भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मीरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यति मात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरूलाई पनि मान्य नै छ। महात्मा ईसा दुईफेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि सन् १९२९ मा प्रकाशित ‘आर्ट अफ रसिया’ भन्ने पुस्तकमा काश्मीर, लद्दाख, भारत आदि ईसाले घुमेको चर्चा गरेको छ। कति भाषा वैज्ञानिकहरूले काश्मीरी, गुर्ज्जर र हिब्रू भाषाको साम्यबाट पनि ईसा काश्मीरमा बसी समाधि अवस्थामा प्राण छोडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रू, हिन्दू आर्यहरूकै पुरानो हाँगा हो। ईसाई पादरीहरूलाई ईसाको पढाइ, लेखाइ, शिक्षा, दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु नै साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोंकी रिर्सच गर्ने विद्वान्को कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेंसरले १९२९ मा ‘मिस्ट्रीकल लाइफ अफ जिसस’ नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०–७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ. २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्न्यासी भएर काशी, जगन्नाथ, विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरूको धार्मिक ग्रन्थ कुरानमा ‘सुरतें निशा पारा’ भन्ने प्रकरणमा ६–१५७ सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ। जेहोस्, विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ। अनि जीवनको महŒवपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ। अवश्य नै नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा जन्मेका गौतम बुद्धको धार्मिक उपदेश पाउने बुद्धका शिष्यहरूसँग शिक्षा पाउन विहारमा आए होला र नेपालको सन्देह गर्ने चाँजो देखिन्नँ। त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब मिश्र, ग्रिक, जापान आदिबाट विद्याआर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरू आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ। जेहोस् मूसा आदि निश्चितै आर्य सन्तान हुन्। धेरै पूर्वकालमा छरपस्टिएका हुन्।

ईसाले कुम्भकर्ण, गौरीशंकर, माउन्टेन एवरेस्ट दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वाभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरूमा जानु केही आश्चर्यको कुरा होइन। हुनसक्छ कि माथि लेखिएका विद्वान्हरूका परिश्रम र सोधखोजहरूलाई झूटो पार्ने कोसिस पनि गर्न सक्छन्। डा. नोटोविचको थिसिसलाई समेत पोलेर फ्याँक्ने सुझाव मात्रै होइन कहिले पनि ननिकाल्ने आदेश–शक्ति पनि पादरीहरूमा छ। त्यसो हुँदा जे भए पनि ईसा हिन्दू नै ठहरिन्छन् किनकि माथिको सबै प्रमाण झूटो हुन सक्दैन।

हूणदेशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम्।

ददर्श बलवान् राजा गौराङ्गं श्वेतवस्त्रकम।।२।।

को भवानिति तं प्राह सहोवाच मुदान्वित।

ईसापुत्रञ्च मां विद्धि कुमारीगर्भसम्भवम्।।२३।।

(भवि. पु.प्रसर्ग सं. ३ अ. २)

यो पौराणिक प्रमाण पनि भारतमा मात्रै होइन शक राजाका देशमा पनि ईसाले घुमेको ठहरिन्छ।

(वेदका ज्ञाता मानिएका डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा ०७२ भदौ ३ गते बितेका थिए। पूर्वीय दर्शन र हिन्दू धर्मसम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखेका प्रपन्नाचार्यको ‘वेदमा के छ?’ पुस्तक निकै चर्चित छ। उनको स्मृति दिवसका अवसरमा हामीले ‘वेदमा के छ?’ पुस्तकबाट यो अंश साभार गरेका हौँ।)

_Nagarik News

Posted in Many More, Motivational, Religion

भगवान श्रीकृष्णको १० प्रेरक बचनः कसरी रहने सुखी र सफल ?

नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।shree-krishna-wallpaper_138536341830

१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।

४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।

६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।

८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

२०७४ साउन ३१ गते प्रकाशित

Posted in विषयगत, Many More

फेरियो मुलुकी ऐन

नरेन्द्र साउद बिहीबार, साउन २६, २०७४

फौजदारी संहिता पारित, देवानी तयारीमा

Islington College

काठमाडौं : जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् ।

जंगबहादुर राणा बेलायत भ्रमण गएपछि उनले बेलायती कानुनी प्रणालीअनुसार १९१० मा मुलुकी ऐन बनाउन लगाएका थिए । त्यसलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान जस्ताको तस्तै राखिएका थिए । देवानी र फौजदारीसम्बन्धी व्यवस्था, सजाय र कार्यविधि एकै ठाउँमा थिए।

मुलुकी ऐनमा पटक-पटक परिमार्जन गर्दै आए पनि सामान्य सुधार र परिमार्जनले न्याय प्रशासनमा विकसित भएका नवीनतम अवधारणालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले अपराध र देवानी संहिताका साथै तिनीहरूको कार्यविधिसम्बन्धी अलग-अलग विधेयक बनाएर संसद्मा पेस गरेको थियो ।

संसद्को विधायन समितिले विभिन्न मुलुकका कानुन अध्ययन र विश्लेषणपश्चात् मुलुकी ऐन प्रतिस्थापन विधेयक पारित गरी संसद्मा पठाएको थियो । बुधबार पारित फौजदारी संहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

केही वर्षअघि फुटबल खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको पुष्टि भए पनि त्यससम्बन्धी स्पष्ट कानुन थिएन । ‘नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ’, विधेयकको दफा ५१ को उपदफा (३) मा उल्लेख छ ।

म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने विधेयकमा उल्लेख छ ।

विधायन समितिले पाँचवटा विधेयकको अध्ययन गरी पारित गर्न पाँचवटा उपसमिति बनाएर काम गरेको थियो । फौजदारी संहितासम्बन्धी एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको उपसमितिले म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर ठहर गर्दै सजायको व्यवस्था गरेको थियो ।

हाल जन्मकैद भनिए पनि सरदर २० वर्षमा जेलमुक्त हुने व्यवस्था छ । तर, अबदेखि ६ वटा गम्भीर प्रकृतिका अपराधमा जन्मभर नै कैद हुने व्यवस्था गरिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको वा जबर्जस्ती करणी गरी ज्यान मारेको घटनामा जन्मकैद ( जीवित हुँदासम्म) जेल सजाय हुने व्यवस्था गरिएको छ ।

फैसला गर्दा न्यायाधीशलाई कसुर र सजाय घटबढ गराउन सक्ने अधिकारलाई पनि कटौती गरी कसुरको न्यूनतम र अधिकतम सजायबीचको दूरी निकै कम गरिएको छ । अबदेखि बहुविवाह स्वतः बदर हुने व्यवस्थासहित विधेयक पारित भएको छ । ऐन लागू हुनुअघिका बहुविवाहका हकमा विधेयक मौन रहे पनि लागू भएपछि बहुविवाह गर्नेका हकमा सजायको मात्रा बढाइएको छ ।

बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । ‘यो भन्दा पहिले बहुविवाह दण्डनीय हुन्थ्यो तर मान्यता पाउँथ्यो,’ पोखरेलले भने, ‘अब बहुविवाहले कानुनी मान्यता पाउँदैन ।’

सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडेर विकृत बनाउनेलाई पनि कारबाही हुने भएको छ । ‘कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखेर वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने व्यवस्था हुनेछ’, विधेयकको दफा २५१ मा उल्लेख छ ।

बैंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । पशुकरणीसम्बन्धी व्यवस्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी गरे दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना र अन्य चौपाया करणी गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

पछिल्लो समय तेजाब (एसिड) प्रयोगका घटना बढ्दै गएकोमा विधेयकमा त्यस्तो कार्य गर्नेलाई पनि सजायको व्यवस्था गरेको छ । तेजाब प्रयोग गरी अनुहार कुरूप पारे पाँचदेखि आठ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, शरीरको अन्य अंग कुरूप पारे वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

गर्भवती महिलाको मञ्जुरीमा बाह्र हप्तासम्मको गर्भपतन र जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गर्न पाउने व्यवस्था विधेयकमा छ । छाउपडी प्रथालाई पनि कसुर ठहर गर्दै विधेयकमा सजायको व्यवस्था गरिएको छ । ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’, विधेयकको दफा १३८ को उपदफा ४ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

कानुनमन्त्री यज्ञबहादुर थापाले मुलुकी ऐन प्रतिस्थापनले मुलुकको न्याय प्रणालीमै आमूल परिवर्तन गर्ने बताए । ‘मुलुकी’ शब्द यथावत
सरकारले मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकमा मुलुकी शब्द हटाएर ५ वटा विधेयक संसद्मा पेस गरेको थियो । ‘मुलुकी’ शब्द जनप्रिय भइसकेको तथा नेपालको कानुनी प्रणालीमा विशिष्ट स्थान ओगटेको भन्दै ऐनमा मुलुकी शब्द राख्नुपर्ने माग उठेको थियो । बुधबार संसद्मा अपराध संहिता र फौजदारी कार्यविधि संहिता पारित गर्नुअघि कानुनमन्त्री थापाले मुलुकी शब्द राख्न एमाले सांसद कृष्णभक्त पोखरेलले राखेको संशोधन स्वीकार गर्ने प्रतिबद्धता जनाएपछि दुवै विधेयक पारित भएका थिए ।

सांसद पोखरेल विधायन समितिअन्तर्गत अपराध संहिता उपसमितिका संयोजक थिए । त्यसपछि ‘मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता’ नामबाट विधेयक पारित भएका थिए । फौजदारी कसुरसम्बन्धी विधेयक पारित गर्ने बेला भने कोरम नपुगी संसद् स्थगन भएको थियो ।

सबैलाई जवाफदेही बनाउनेछ : कल्याण श्रेष्ठ पूर्व प्रधानन्यायाधीश
हामीले मुलुकी ऐनलाई टालटुल गरेर चलाउँदै आएका थियाे। तर, आधुनिक र वैज्ञानिक थिएन । अन्तर्राष्ट्रिय न्यायिक मूल्य-मान्यताअनुकूल पनि थिएन । आजको कानुन नेपाल र नेपालीका लागि मात्र लागू हुन्छ भन्ने हुँदैन । त्यसैले कामचलाउ ऐनलाई पूरै परिवर्तन गर्न जरुरी थियो । न्यायमा अनुशासन, कानुनप्रतिको जवाफदेहिता बनाउनु जरुरी थियो । यो फौजदारी संहिता वैज्ञानिक, सरल र समान छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य-मान्यताअनुसार बनेको छ । जन्म सजायको मापदण्ड थिएन । समयानकूल र व्यवस्थित बनेको छ । मुलुक ऐन प्रतिस्थापन विधेयकले बालकदेखि वृद्ध तथा धनीदेखि गरिब सबैलाई जवाफदेही ढंगले काम गर्न प्रेरित गर्नेछ । जापान, अस्ट्रेलियालगायत देशका फौजदारी विधि र मान्यताको अध्ययन गरी फौजदारी संहिता बनेको छ । फौजदारी सजायको विधि, मान्यता, परिभाषा पनि स्पष्ट गरिएको छ । समाजलाई सुधार उन्मुख र न्यायोचित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

Posted in बस्तुगत प्रश्न

Quiz Collections

१) Big Bang Theory को द्धारा अघि सारिएको हो ?
 सर जेम्स जिम्स द्धारा

२) Heliocentric Theory का प्रतिपादक को हुन् ?
 निकोलस कोपर्निकस पोल्याण्ड(सन् १५४३)

३) वर्तमान मानव भुगोलका जनक ?
 Friedrich Ratzel ( Germany )

४) एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ?
 बेरिङ

५) अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ?
 एटलास पर्वत

६) विश्वको सबैभन्दा ठुलो गुम्वज ?
 एस्ट्रोडम ( उ . अमेरिका )

७) विश्वको उचाइमा रहेको राजधानि सहर ?
 लापाज ( बोलिभिया )

८) अन्टाकर्टिकाको सबै भन्दा लामो हिमनदि कुन हो ?
 ल्याम्वर्ट हिमनदि

९) युरोपको लामो पर्वत श्रंखला कुन हो?
 आल्पस

१०) अष्ट्रेलीयाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ?
 आईरा ताल

११) ताकाकावा झरनाको उचाई कति छ ?
 ५०३ मिटर

१२) ग्रहका वायु कति प्रकारका हुन्छन् ?
 ३

१३) नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ?
 पूर्वि नेपाल

१४) मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो?
 लद्धाख हिमाल

१५) भोट मुल भएका नदिहरुको संख्या कति छ ?
 ६ वटा

१६) जगडुल्ला ताल कुन जिल्लामा पर्छ?
 डोल्पा

१७) पोकली झरना कुन जिल्लामा पर्दछ ?
 ओखल्ढुङ्गा

१८) मोटरसाईकलको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
 ड्रेटायट

१९) सिन्धु घाटिको सभ्यता कहिले प्रारम्भ भयो ?
 ई .पू २५००

२० ) नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने को हुन् ?
जि . व केसी ( सन् १९७३)

२१) सातौ राष्ट्रिय खेलकुदको प्रतीक चिन्ह के थियो ?
 अर्नाको टाउको

२२) सार्क कृषि सुचना केन्द्र कहाँ रहेको छ ?
 ढाका बंगलादेश ( सन् १९८८)

२३) पद्म श्री साधना सम्मान २०७३ राष्ट्रिय पुरस्कार कस्ले पायो ?
 किशोर श्रेष्ठ

२४) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
 वर्षा कार्कि

२५) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
 सन् २०१७ जुलाई २०

🌹 सेयर गर्नुहोला है 🌹

आजको Quiz मा सोधिएका प्रश्न उत्तर हरु
_______________________________
१) सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औ पर्यटन दिवशको नारा के थियो ?

 One billion tourists ,one billion opportunities

२) २०७१ सालको SLC परिक्षामा कति प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ?

 ४७.४३ %

३) कीर्तिपुरको गांखेलमा गणतन्त्र स्तम्भको शिलायन्स कहिले गरिएको हो ?

 वि.स २०७१ माघ १ गते

४) खेलमैदानमा बलिङ गरेको बलले लागेर चोट ग्रस्त भई मृत्यु भएका अष्ट्रेलीयाका खेलाडि को हुन् ?

 फिलिप ह्युग्स

५) ११ औ विश्वकप क्रिकेट प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडि को घोसित भए ?

 मिचेल स्टार्क ( Aus)

६) राष्ट्रिय महिला स्वास्थ दिवश कहिले मनाईन्छ ?

 डिसेम्बर ५

७) विश्वप्रसिद्ध नोवेल पुरस्कार कति वटा विधामा प्रदान गरिन्छ ?

 ६

८) उत्कृष्ट लेखा प्रस्तुति सम्मान पुरस्कार बाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?
 नविल बैंक लिमिटेड

९) नेपालमा बर्सेनि कुन दरले तापक्रम वढेको अनुमान छ ?

 ०.०६

१०) विश्वकै ठूलो विज्ञान प्रविधी संग्रहालय कहाँ निर्माण गरिएको छ ?

 चिन ( गुआङ्योङ साईन्स सेन्टर )

११) नेपालमा कहिलेदेखि माधक पदार्थमा रोक लगाईएको थियो ?

 वि.स २०६६

१२) स्थापना भएको एक दशक पछि मात्र दर्ता भएको चर्चीत संगठन कुन हो ?
 गैरआवासीय नेपाली संगठन

१३) अन्तराष्ट्रिय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन् ?

 क्रिस्टिन लागार्ड (फ्रान्स )

१४) काठमान्डौ महानगरपालिका भित्र घुम्ति शौचालयको सुरुवात कहिले भएको हो ?

 वि. स २०६५ चैत्र २३

१५) नेपालको पहिलो बिधुतिय पुस्तकालय कुन हो ?

 वासुदेव ढुंगाना विधुतिय पुस्तकालय

१६) नेपालमा कति प्रकारका ecosystem रहेका छन् ?

 ११४

१७) WWF को स्थापना कहिले भयो ?
 सन् १९६१

१८) परस्त्रीसंग अनुचित सम्बन्ध राखेकोमा काटिने योद्धा को हुन् ?

 विश्वजित मल्ल

१९) एसियाको मेकिङ् नदि कति राष्ट्र भएर बग्दछ ?

 ६

२०) Land Ownership In Nepal कस्को कृति हो ?

 महेशचन्द्र रेग्मी

२१) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?

 स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल

२२) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?

 वि.स २०७४ साउन २

२३) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?

 सन् २०१७ जुलाइ १

२४) नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?

 सन् २०१७ जुलाई १४

२५) “भबिष्य तिनिहरुको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन ।”
भन्ने बिचारक को हुन् ?

 इलेनोर रुजवेल्ट

💌 सेयर गरि सुरक्षित राख्नुहोला 💌

Posted in विषयगत

नेपालको जैविक विविधता र संरक्षण चुनौती

संसारमा विद्यमान सम्पूर्ण प्राणी,वनस्पती तथा सुक्ष्म जीवाणुमा पाइने प्रजातीय भिन्नता, प्रकार र संख्या तथा तिनीहरू बिचको अर्न्तसम्वन्ध नै जैविक विविधता हो। जैविक विविधता अर्न्तगत आफ्नै प्रकारको विभेद हुने वन, मरूभमी, घाँसेमैदान, तालतलैया, खोलानाला आदी परिस्थितिक विविधता, धान, गहँु, कोदो जस्ता जातिगत विविधता र धानका मन्सूली, पोखरेली जस्ता विभिन्न प्रजातिहरू जनाउने वंशगत विविधता पर्दछन। नेपाल जैविक विविधताको हिसाबले विश्वको २५ औं र एशियाको ११ औ स्थानमा पर्दछ।

नेपाल जैविक विविधतामा धनी हुनुका कारण

  • नेपालको भु–धरातलिय बनोट तथा छोटो दुरिमै पाइने विविध भौगोलिक संरचना, भीर, पहरा, गल्छी, उपत्यका र यसले पारेको हावापानीमा प्रभाव र यस परिस्थितीको उपजमा अस्तित्वमा आएका वनस्पती तथा जनावरको विविधता हाम्रा अमुल्य निधी हुन।
  • बर्षाको हिसावले हेर्दा पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम बर्षा हुने गर्दछ जसले गर्दा नेपालका पूर्वदेखि पश्चिममा पाईने वनस्पती तथा वन्यजन्तुमा विभिन्न अन्तरहरू पाइन्छन।
  • पहाड र हिमालमा उत्तर फर्केका पाखाहरूमा घाम कम पर्ने हुनाले ओसिला हुन्छन भने दक्षिण फर्केका पाखा र भिरहरू बढी सुक्खा हुने गर्दछन्। यसर्थ त्यहाको स्थानिय वातावरणमा विविधता पाईन्छ।
  • न्युनतम उचाई ६० मिटरदेखि अधिकतम उचाई ८,८४८ मिटर भित्र तराई र भावर क्षेत्रमा उष्ण हावापानी, मध्यपहाडी क्षेत्रमा समशीतोष्ण र उच्च हिमाली क्षेत्रीमा शित हावापानी रहेकोले नै यहाँ प्रचुर जैविक विविधता छ।
Featured Image -- 1503

नेपालमा जैविक विविधता

  • नेपालमा ११८ किसिमका वन पर्यावरणीय प्रणाली
  • २०७ प्रजातिका स्तनधारी
  • ८६७ प्रजातिका चराहरू
  • ४३ प्रजातिका उभयचर
  • १०० प्रजातिका सरिसृपहरू र
  • १८५ प्रजातिका माछाहरू पाईन्छन।

यसका साथै

  • ६५३ थरिका पुतलीहरू
  • ३९६६ भन्दा बढि मोथ (राति उडने पुतली)
  • ५००० भन्दा बढी कीराहरू
  • २०० प्रजातिका माकुराहरू

त्यस्तै

  • ६००० भन्दा बढि फुल फुल्ने वनस्पतीहरू
  • ४७१ प्रजातिका झयाउ
  • १८२२ प्रजातिका ढुँसी र
  • ३८३ प्रजातिका उन्यूहरू पाईन्छन्।

जैविक विविधताका फाइदाहरु

  • जैविक प्रजातिगत विविधताले थुप्रै किसीमका वनस्पतीजन्य तथा जनावारजन्य उत्पादनहरू उपलब्ध गराउँछ । यिनैमा हामीहरू जीवन निर्वाह, वस्तु विनिमय तथा व्यापारकालागि भर पर्ने गर्दछौ।
  • नेपालमा ५ सयभन्दा बढी प्रजातीका अन्नवाली खानयोग्य छन भने २०० प्रजातीको त खेती नै गरीन्छ।
  • विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्युन आय भएका अधिकांश मानिसहरूका झन्डै ८० प्रतिशत आवश्यकताहरू जैविक विविधताको क्षेत्रबाट पूर्ति हुन्छ।
  • फलफूल, दाउँरा, घासँ, जडिबुटी जस्ता वस्तु सोझै उपयोग र्गन सकिन्छ भने उन्नत जातका बढी उत्पादनशिल र रोग प्रतिरोधक शक्ती भएका जीवजन्तु तथा वनस्पती उत्पादन गर्न सकिन्छ।
  • जैविक विविधताका कारण नै जलचक्र, कार्वनचक्र तथा नाईटोजनचक्र सन्तुलित भई वातावरण सन्तुलन हुन्छ।
  • नेपाल भित्रीने कुल पर्यटक मध्ये करिव ५० प्रतिशत संरक्षित क्षेत्रमा भ्रमण गर्ने गरेको तथ्यांक छ। संरक्षित क्षेत्रमा यसरी पर्यटक आकर्षित हुनुमा प्राकृतिक सौन्दर्य र जैविक विविधता नै मुख्य कारक हुन।
SAM_3669

जैविक विविधता संरक्षणमा देखा परेका चुनौती

  • बढ्दो जनसख्या, गरिबी, अशिक्षा र संरक्षण चेतनाकेा कमि, रासायनिक किटनाशक औषधि तथा मलको बढदो खपत, फोहरमैला र बिषादियुक्त पदार्थहरू जथाभावी फाल्नु, वनसम्पदाको अत्याधिक उपयोग, अवैधानिक चोरि शिकार, जैविक सम्पदाको व्यापार र बदलिदो तापमान सगै जैविक विविधतामा ह्रास आइरहेको छ।
  • वातावरण सन्तुलन राख्न करिव ४३ प्रतिशत भुमि वनक्षेत्रीले ढाक्नू पर्ने भएपनि नेपालको केवल २९ प्रतिशत भूभाग मात्र वन क्षेत्रीले ओगटेको छ। तराईको वन प्रति वर्ष १.३ प्रतिशतका दरले विनाश भईरहेको छ।
  • शहरीकरण, ओद्योगिकरण, अम्लिय वर्षा र जलवायु परिवर्तन जस्ता वातावरणीय चुनौतिहरूले  जैविक विविधतामा असर पारीरहेका छन।
  • आइ.यू.सी.एन.को संकटापन्न प्रजातिहरूको सूचिमा नेपालका ३२ प्रजातिका स्तनधारी, ३४ प्रजातिका चरा, ९ प्रजातिका सरीसृप, ३ प्रजातिका उभयचर र ७ प्रजातिका वनस्पतीहरू परेका छन।
  • विश्वमा प्रत्येक वर्ष ५० हजार विभिन्न प्रजातिका जीव लोप भईरहेको तथा वर्षेनी १ करोड ३० लाख हेक्टर जङ्ल विनास भईरहेको तथ्याकंले नै जैविक विविधता विनाशको कहालीलाग्दो दृश्य झल्काउछ।
  • विगत ३० वर्षमा मात्रै जमिनमा बस्ने वन्यजन्तुको संख्या २५ प्रतिशतले, सामुद्रिक जिव २८ प्रतिशतले र नदीनालाका जलचरको संख्या २९ प्रतिशतले घटेको छ।
  • जैविक विविधताको दिगो उपयोग र लाभको बाँडफाँड, आनुवंशिक स्रोतमा जनताको पहुच र संरक्षण सचेतना अभावका कारण हाम्रा जैविक विविधता जस्तै वनस्पती, पशुपंक्षी, अन्नवाली, फलफूल र जडिबुटीमा अनुसन्धान गर्ने नाममा बहुराष्ट्रिय निगम र विकसीत देशहरूले आफ्नो अधिकार जमाईराखेका छन्।
  • अनुवंशको चोरी बायोपाइरेसी निम्नवर्गीय किसान तथा गरीब देशहरूका लागी ठुलो खतरा बन्न थालेको छ। यसले यहाँका स्थानीय जातहरू लोप हुने र हामी यी माथिको अधिकारबाट बञ्चित हुदैँ जाने तर बहुराष्ट्रिय वा विदेशी कम्पनीले स्वामित्व कायम गर्ने अवस्था सिर्जना हुँदै गएको छ।

जैविक विविधता संरक्षणका उपायहरु

  • जनसंख्याको बढदो चाप, तिव्र वन फडानी र प्राकृतिक वातावरणमा परेको अत्याधिक चापलाई न्यून गरी प्रकृति र जैविक विविधिता संरक्षण गर्नु एक चुनौतिको विषय भएको छ।
  • के संरक्षण गर्ने, किन र कसका लागि संरक्षण गर्ने भन्ने जस्ता प्रश्नहरूको गरिव र निमुखा जनताहरूका लागि व्यवहारिक उत्तरहरूको बुझाई चाहिएको छ।
  • सर्वप्रथम मानिसहरूको प्राकृतिक स्रोतमा अत्याधिक चाप पर्ने गतिविधिहरू न्युनीकरण गर्नु पर्दछ। यो प्रत्येक नेपालीको आर्थिक सम्पनता र सवलतासंग गासिएको विषय हो। जबसम्म हामिमा काठ, दाउँरा, घाँस, सोत्तरबाट नै जीविका धान्ने बाध्यता रहिरहन्छ तबसम्म संरक्षणवादि र यथार्थवादि गरिव समुदायका बिच युद्ध चलिनै रहन्छ।
  • सदियौ देखि चलिआएको प्राकृतिक स्रोत र साधन प्रतिको निर्भरतालाई घटाउनु र बुद्धिमतापुर्ण प्रयोग गरि यसमा आश्रित समुदायलाई आर्थिक सवलता दिन सक्नु नै दिगो संरक्षणकालागि प्रमुख विषय हो।
  • प्रकृति र प्राकृतिक स्रोत तथा संसाधनको संरक्षण, विकाश र सदुपयोगमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दिर्घकालिन संरक्षणका लागि स्थानिय समुदाय, परम्परागत जाती, संरक्षण समुहहरू, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक  क्रियाशिलताको आवश्यकता छ।
  • परापूर्वकालदेखि जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्दै आएका किसान र स्थानिय आदिवासीहरूको ती स्रोतहरूमा अधिकार स्थापना गराउनु अनिवार्य छ।
  • जैविक विविधता संरक्षण र सामुदायिक विकास एक–अर्काका परिपुरक भएकाले दुवैलाई एकैसाथ अघि बढाउनु पर्दछ।
DSC06100.JPG

जैविक विविधता संरक्षणमा भएको प्रमुख उपलब्धी

  • साठीकोको दशकमा आइपुग्दा नेपालमा हिमाल देखि मध्यपहाड तथा तराईका समथर भुभागसम्म निकुन्ज, आरक्ष तथा संरक्षित क्षेत्रहरू छरिएर जैविक विविधता संरक्षणका आधार क्षेत्र निर्माण भएका छन भने सामुदायिक तथा मध्यवर्ती वन क्षेत्रको उचित व्यवस्थापनले वन्यजन्तुहरूको वैकल्पीक वासस्थानको सृजना गरीदिएका छन तर यो पर्याप्त छैन।

जैविक विविधता संरक्षण गर्न चाल्नुपर्ने थप कदम

  • विश्व उष्णीकरण र जलवायु परिवर्तनका साथै वनविनाश र वनडढेलो, जलप्रदुषण, वायुप्रदुषण, मरूभुमिकरण, भूमिगत जलविनाश, खाद्य असुरक्षा, घटदो जैविकउर्जा, सीमसार क्षेत्रको विनाश, हरीतगृहप्रभाव तथा ओजनतह क्षयीकरण जस्ता विश्वव्यापि वातावरणीय समस्याहरूसंग जुध्दै जैविक विविधताको संरक्षण गर्न सम्पुर्ण राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय शक्ती र समुदायहरूको लगाव र एकता आवश्यक छ।
  • जैविक विविधता, सिमसार क्षेत्रको संरक्षण र जलवायु परिवर्तनका विषयमा एकिकृत सोच, अवधारणा र कार्यक्रमहरू ल्याउनु जरूरी छ। जैविक विविधता आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको संरक्षण र समुचित व्यवस्थापनको लागि राष्ट्रिय नीति तथा योजनाहरूमा यसको महत्व स्थापित गर्दै आर्थिक प्राविधिक एवं सस्थागत क्षमता अभिवृद्धि गर्नु जरूरी देखिन्छ।
Posted in विषयगत

नेपालको संबिधान २०७२ अनुसार ५ प्रकारका नागरिकता

नेपालको संबिधान २०७२ को भाग २ को धारा १० देखि धारा १५ सम्म नागरिकताको व्यवस्था गरेको छ ।

पाँच प्रकारका नागरिकताहरु
  • वंशजको आधारमा नेपाली नागरिकता
  • अंगीकृत नागरिकता
  • सम्मानार्थ नागरिकता
  • वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता
  • गैरआवासीय नेपाली नागरिकता
वंशजको आधारमा नेपालको नागरिक ठहर्ने अवस्थाहरु:
  • यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको र यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
  • यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको र उक्त व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
  • यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
  • नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
अंगीकृत नागरिकता प्रदान गर्ने अवस्थाहरु:
  • नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।
  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
  • नेपाल सरकारले संघीय कानून बमोजिम अन्य अवस्थामा पनि नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ ।
साम्मानार्थ नागरिकता:
  • नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता:
  • संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।
गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने:
  • विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।