Posted in Fiction/Poetry, Many More, Religion

प्रेमका प्रतीक भगवान कृष्णको नाममा लेखिएको एउटा प्रेम कथा

shree-krishna-wallpaper_138536341830.jpg

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।

यसलाई एउटा सानो कथाबाट बुझाउने प्रयास गर्दैछु ।

प्रसङ् राधा-कृष्णको हो ।

…….जब कृष्ण गाई चराउन जंगलमा जान्थे, उनी एक सुरमा बाँसुरी बजाउँथे । बाँसुरीको प्रगाढ धुन जंगलको घनत्व चिर्दै राधाको घरसम्म पुग्थ्यो । जब उक्त धुन राधाको कानमा पुग्थ्यो, उनी अचेतझैंं बाँसुरीको धुनमा लठ्ठिदै जंगलमा पुग्थिन् । कृष्णको नजिकै पुगेर आँखा चिम्म गरेर धुन सुनिबस्थिन् । धुनसँगै राधाको आँखाबाट आँसु पनि बग्न थ्ााल्थ्यो । यो क्रम कहिलेकाहीँ घन्टौंसम्म चलिरहन्थ्यो ।

एक दिन कृष्णले राधासँग सोधे, ‘राधे, तिमी किन यसरी बेला-कुवेला यहाँ आउँछौ ? तिम्रो घरमा कति काम हुन्छ, सधैं यसरी आउनु राम्रो पनि होइन ।’

‘तिम्रो धुन सुनेपछि म अरू केही गर्नै सक्दिनँ । तानिँदै तिमी नजिक आइपुग्छु ।’ राधाले भनिन्, म तिम्रो धुनमा कसरी बाँधिन्छु, मलाई नै थाहा हुँदैन ।’

‘त्यस्तो के छ र मेरो बाँसुरीको धुनमा ?’

‘काले, तिमी यो प्रेम र यसको विरह कहिल्यै बुझ्न सक्दैनौ ।’ राधाले भनिन्, ‘त्यसका लागि तिमी नै राधा हुनुपर्छ ।’

‘अन्यथा नलेऊ राधे… ।’ कृष्णले हाँस्दै भने, ‘तिम्रो यो अवस्था देखेर मलाई रमाइलो पो लाग्छ । म तिम्रो यो भाषा बुझ्न असमर्थ छु ।’

‘हाँस र रमाइलो पनि मान ।’ राधाले रुँदै भनिन्, ‘कुनै दिन तिमीले पनि मैले जस्तै कसैलाई प्रेम गर्नेछौ अनि मात्र मेरो पीडा महसुस गर्नेछौ ।’

त्यसपछिको कथा त धेरैलाई थाहा छ । यो संवादको केही समयपछि कृष्णले बृन्दाबन छाडे । यसरी छाडे कि फेरी कहिल्यै फर्केर आएनन् । राधाले जीवनभर कृष्णलाई प्रेम गरिन् । कतिसम्म प्रेम गरिन् भने उनी जुन बाटोबाट गोकुल (राजधानी) गएका थिए त्यो बाटोमा उनले टेकेको एउटा पाइलामा उनले सधैं पूजा गरिरहिन् ।

एक दिन जब कृष्णले रुक्मिणीलाई भेटे, एक नजरमा कृष्णलाई प्रेम भयो, तर राधाले जुन प्रेम-प्यास उत्पन्न गराइदिएकी थिइन्, त्यो मेटिएन । जति-जति समय बित्दै गयो, कृष्णले विवाह गर्दै गए । जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रवृन्दा नाग्नजीति, सत्या, भद्राजस्ता अनेक नारी उनको जीवनमा आए तर उनको प्रेमप्यास तृप्त भएन । कतिसम्म भने उनले १६ हजार १ सय रुपसीसँग प्रेम गरेको प्रसङ्ग कृष्ण कथाहरूमा पाइन्छ । यति गर्दा पनि कृष्णले राधाको जस्तो भावपूर्ण प्रेम कहिल्यै महसुस गर्न पाएनन् । जीवनको अन्तिम क्षणमा धेरै पटरानीमध्ये कसैले कृष्णसँग सोधेकी थिइन्, ‘तपाईं आफ्ना रानीमध्ये कसलाई बढी माया गर्नुहुन्छ ?’ कृष्णले एकक्षण पनि नसोची उत्तर दिए- राधा । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् ।

राधे, यो पारिलो मौसममा तिम्रो प्रेम कस्तो थियो होला भनेर कल्पना गरिरहेको छु । तिम्रो प्रेमपीडा महसुस गरिरहेको छु । ……..

-कान्तिपुर साप्ताहिकबाट 


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Advertisements
Posted in Fiction/Poetry

एउटा बिछोडको कथा (अवस्य पढ्नुहोला)

350F5AEC00000578-3631524-image-a-175_1465399515592पानी परीरहेको, बाटो चिफ्लो थियो कुनै योजना बुनेर घरबाट हिँडे। केही दिनबाट केही कुराको फैसलामा म हिडीरहेको थिएँ। त्यो फैसला कुनै मुद्दाको होईन मायाको थियो। मलाई उसले माया गर्छे भन्ने थाहा हुँदा हुँदै पनि फैसलाको आवश्यकताको महशुस गरेँ तर कहिल्यै पनि उसलाई सोध्न सकिन “तिमीले मलाई माया गर्छौ कि गर्दैनौ” भनेर किनकि उसको नजरमा शंकालु हुनु थिएन।  मलाई कहिलेकाहि शंका लाग्थ्यो, “कि म मात्रै प्रेम गरिरहेछु?” कुरा गर्दा पनि झर्को माने जस्तो महशुस गर्थेँ। पटक पटक यस्ता तनावहरु म सहन नसक्ने भएँ। मुटु पोल्थ्यो, खाना रुच्न छाडी सक्यो । लाग्थ्यो “ब्रेक नभएको गाडिमा यात्रा गरीरहेछु।”

alone-couple-girl-lake-love-sad-Favim.com-492101अकस्मात एकदिन कसैको मुखबाट सुने, ऊ त चरित्र हिन मान्छे हो। अनि म पनि कठोर बनेर त्यो जोखिमपुर्ण यात्रालाई बिश्राम दिने चेष्टा गरेँ।  फैसला उसको तर्फबाट होईन मेरै तर्फदेखी मैले नै उसलाई बोलाएर अन्तिम निर्णय सुनाएँ र उसको वास्तै नगरी उसको तनावबाट मुक्त भएर  छुट्टै नयाँ जीवनलाई अगाडी बढाएँ। देखाउनु थियो उसलाई “ऊ बिना पनि रमाउन  सक्दो रहेछु” भनेर।

cute-beautiful-girl-with-tears-in-eyes-love-failure-images-of-womenकरिव ४/५ दिन जति भएको हुँदो हो, चिया खाजाको  लागी म एक होटलमा थिएँ, टेबुलको पत्रीकामा नजर पुग्यो। एउटा खवर शिर्षकमा टक्क आँखा पुग्यो, लेखेको थियो “घरमा बिवाहको दवाबले किशोरीले गरीन आत्महत्या” म झसङग भएँ! अनि हतारिदै पुरा खवर पढेँ। केहि छिनमै हतार हतार गर्दै उसको घरमा पुगेँ, मनमा एकप्रकारको डर थियो । जताततै सन्नाटा छाएको थियो, सबैको आँखामा आँसु थियो। कोहि कुरा गर्दै थिए, “दवाव दिएर घरकाले बिवाह गरिदिन ला’का, बिचरी मरिछ।” कसैले भन्दै थिए, “केटाले धोका दिएर यो बिजोग भएको हो ।”

Love-Breakup-Status-Quotes-03म उसको घरमा गएँ उसको कोठामा एउटा पत्र भेटियो।  पत्र पढेपछि रिँगटा लागेर त्यहि ढलेछु, प्रेशर कम भएको भन्दै उपचार पनि गराईयो तर निको भएन, पागल भएँ म, म कसैलाई मारेर खुसी साथ बस्न सक्दैनथे, यो सबै घटनाको कारक मै थिएँँ, म पनि सँसारमा बाँच्नै चाहिन।मेरो सबै बिगत एउटा नोटमा लेखेँ र एउटा कहालीलाग्दो भिरमा पुगेँ, त्यो पत्रिका नि त्यही संगै थियो। लेखेको थिएँ त्यसमा “सुधा, तिमी मैसँग सधै जिउने गरी आएकी रहिछौ, घरमा बिवाहको दवावलाई सहन नसकी मसंग आएकी रहिछौ तर मैले तिम्रा कुरै सुन्नै चाहिन, आफ्नो मात्र स्वार्थ हेरेँ। मेरो त्यो निर्णयले तिमी यो सँसारबाट बिदा लियौ। यो सबै घटनाको लागि म नै दोषी छु ।” त्यति लेखेपछि म पनि यो सँसारबाट बिदा मागेँ। ………………म झसङग झस्कीए! कति नराम्रो सपना देखेछु!
मेरो साथीले सुनाएको दुखत सपना😁
स्रोत: फेसबुक Khatara Dusman


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Fiction/Poetry

‘लभ यू’ नै नभनेको लभस्टोरी…

… “ऊ लपक्कै मसंग टासिई। मैले पनि उसलाई©कसिलो गरि समाएँ। त्यसपछिका मेरा हरेक क्रियालापमा उसले मौन स्वीकृति दिई। मैले पनि त्यो अवसरको भरपुर फाइदा लिदै थिएँ। ऊसँग यसरी भेट पाउनु नै मेरा लागि ठुलो अवसर थियो।  यस्तो नौलो र एकान्त ठाउँमा यसरी ऊसँग पहिलो पल्ट थिएँ। म अचम्म मानेर उसका हरेक क्रिया प्रतिक्रिया नियालिरहेको थिएँ। मैले उसलाई  यस्तो अवस्थामा कहिल्यै कल्पना समेत गरेको थिएनँ। बिस्तारै उसलाई काखमा बसालेँ। उसले पुरै शरीर छोडिदिई, मानौं ऊ पुरै बेहोस छे। मेरा हात उसको कपाल हुँदै बिस्तारै अनुहारसम्म पुग्दै थिए। म सम्हालिनै नसक्ने अवस्थामा पुगिसकेको थिएँ। उसको ओठको नजिक मेरो ओठ पुर्‍याउदा समेत प्रतिकार गर्नुको साटो उसले झन् मलाई साथ दिन खोज्दै थिई। आफ्नो बलले भ्याएसम्म उसले मलाई अठिलो गरि समाई। एक दिन मैले जिस्किएर यस्तै  कुरा गर्दा ‘बिबाह भन्दा पहिला तिमी मलाई सपनामा पनि त्यस्तो अवस्थामा नदेख’ भनेकी थिई। तर उ कसरी पुरै १८०° परिवर्तन भई? …💑

मोबाइलमा आलारामको घण्टी बज्दा पो झस्किए, “लौ ६ बजिसकेछ, कलेज जान ढिलो हुने भो।” अब बल्ल बुझेँ, १८०° परिवर्तन कसरी भएकी रहिछे। मैले सपना पो देख्दै रैछु। मैले बिगत केही महिनादेखि अनेक रूप र अवस्थामा  उसलाई सपनामा देख्दै आएको थिएँ।  पहिले त आफ्नो अवस्था देखेर एक्लै हासो लाग्यो। सुत्ने बेला टाउकोमा भएको सिरानीलाई पो अङ्गालेको रहेछु। ओढ्ने सिरक खाटमुनी झरेछ। मुख पुरै तिर्खाले सुकेको थियो। सकिनसकी तन्किएर सिरक झिकेँ। संगैको बोतलको एक बोतल पानी सासै रोकेर खाएँ। ‘कस्तो सपना देखेछु!! बिहानपख देखेको सपना पुग्छ रे’ मैले मनमनै बिचार गरेँ।

         ° ° ° ° ° ° ° ° °

त्रिचन्द्र कलेजको एडमिसन सेक्सनबाट एडमिसन सकेर ‘सरस्वती सदन’, ‘ट्युटोरियल बिल्डिङ’ हुँदै ‘माइक्रोबायोलोजी डिपार्टमेन्ट’ तिर जाँदै थिएँ। युनिभर्सिटीको पहिलो दिन, नयाँ ठाउँ, मलाई असहज अनुभुती भएको थियो। कुनै परिचयबिना नै एउटी केटीलाई देख्ने बित्तिकै सोधिहालेँ, “माइक्रोबायोलोजी डिपार्ट कता हो?” ऊ पनि एक्लै रहिछे। घर नवलपरासी कावासोती रे, नाम  श्वेता तिवारी, चितवनको अरोमा कलेज देखि +२ गरेकी रे। ‘श्वेता अब मेरि साथी हुने भई। जिन्दगी कै सबैभन्दा नजिककी केटीसाथी’ कल्पना गरेँ। अहिलेसम्म कुनै केटीसंग यतिसम्म पनि नजिकिएको थिएन। यसलाई संयोग भनौं या अवसर?..
            ° ° ° ° ° ° ° ° °

image

त्रिचन्द्र कलेजको संस्कार नै त्यस्तै, जोडी भएर बसिएन भने सोसाइटी मै परिदैन। “एकजनालाई क्लासदेखि निकालिदिए २ जना निस्कन्छन्” सरहरु यस्तै भन्थे। मलाई साथ दिने श्वेता थिई। कुनै दिन ऊ आइन भने मलाई साह्रै नरमाइलो र एक्लो अनुभुती हुन्थ्यो। यत्ति छोटो अवधि मै ऊ मेरो मनभित्र बसेकी थिई।
        ° ° ° ° ° ° ° ° °

image

सिडीओकी एकमात्र छोरी हो श्वेता। शिक्षित र सम्पन्न परिवार। त्यो भन्दा नि राम्रो पक्ष उसको स्वभाव र व्यबहार। हरेक कुरामा ऊ निपुण थिई, हरेक कुरामा अपडेटेट पनि। उसका के चाहिँ कुरा मलाई मन परेन र? सबै आफ्ना लाग्थे, सबै राम्रा। लामो समय सम्मको संगत र भित्रैदेखी उसलाई मन पराउन थालेको भएपनि म कहिल्यै उसकोसामु प्रेमको बिषयमा खुल्न सकिनँ। न त उसले नै कुरा खोली। लामो समयसम्म फेसबुकमा कुरा भैसक्दा पनि सिधै भन्नै सकिनँ। घुमाउरो पारामा भनेको कुराको उसले पनि घुमाउरो पाराले बडो चनाखो भएर दुई अर्थ लाग्ने गरि जवाफ फर्काउथी। उसका कुनै कुनै कुराले लाग्थ्यो, उसले मलाई असाध्यै माया गर्छे।  तर पनि मैले घुमाउरो पारामा भनेका कुरा किन नबुझे झै गरिदिन्छे??….”
        

“मुग्लिन आइपुगिएछ।” मैले झ्याल देखि बाहिर बिज्ञापनका होर्डिङ बोर्डमा हेरेरे भनेँ। भैरहवा जाने ८७७१ नम्बरको बसको 5B मा बसिरहेको थिएँ। लामो समयपछि दशैतिहार बिदाको अवसरमा घर जाँदै थिएँ। ‘केही घन्टा अघिमात्र परिचय भएको केटाले किन आफ्नो सबै मनका कुरा मलाई सुनाउदै छ?’ मैले मनमनै बिचार गरेँ। राज ज्ञवाली, मणिमुकुन्द कलेज बुटवलदेखि +२ गरेको रहेछ। घर बुटवल राजमार्ग चौराहा बताउथ्यो।

            

“…’श्वेता, मैले तिमीलाई भित्री हृदय देखि नै माया गर्छु। कसरी व्यक्त गरुँ, कसरी देखाउँ मैले मेरो मनको भावनालाई’ उसको सामु भन्ने आँट कहिल्यै आएन। भएको साथीको सम्बन्ध पनि नरहने पो हो कि भन्ने भुतले मेरो मनमा डेरा जमाइरहेको थियो। दिन, हप्ता, महिना हुँदै बर्ष बित्यो। हाम्रो सम्बन्धले यतिबेलासम्म हागा बिगा हालेर फल पनि दिइसक्नुपर्ने। प्रगति खासै देखिएन…

            ° ° ° ° ° ° °

एकाबिहानै श्वेताको फोन आयो, ‘कस्तो दिनमा फोन गरिछे, लौ आज त भ्यालेन्टाइन डे हो’ म झस्किएँ। ‘मलाई प्रपोज गर्न फोन गरेकी?’  जिस्काउन मन लागेको थियो, सकिन। रुममा भएको बेला कहिल्यै फोन नगर्न भन्थी। आज आफै गर्दैछे। निकै  गम्भीर भएर उठाएँ। हेल्लो भन्नासाथै उसले आफुले शिक्षा मन्त्रालय मार्फत छात्रा कोटामा बाङ्लादेशको लागी MBBS मा पुर्ण छात्रवृत्ति पाएको कुरा बताई। बङ्लादेशको लागि शिक्षा मन्त्रालयको परीक्षा हामी दुईले संगै दिएका थियौं, केही दिन अघि मात्र। अब जवाफमा म के फर्काऔँ? उसको खुसीमा बधाई दिउँ कि आफू अब एक्लो भएकोमा दुखी भएको कुरा बताउँ। म अलमल्लमा परेँ। बधाई पनि नदिउँ भने मलाई नजिकको मान्छे मानेर उसले आफ्नो खुसीमा खुसी थपोस् भनेर नै फोन गरेकी छे। खुसी मनाउने अवस्थामा म थिइनँ। उसंग छुट्टिनुपर्ने कुराले मेरो मन भत्भत्ती पोलिरहेको थियो। मलाई थाहा छ, श्वेताले बाङ्लादेश पुग्ने बित्तिकै मलाई भुल्छे। एउटा त उसको व्यस्तता, पढाई, अन्तर्राष्ट्रिय  कल र ईन्टरनेटको पहुँच आदिले उसको र मेरो दुरी अवस्य टाढा बनाइदिनेछ।  मन निकै गरुँगो बनाएर, “बधाई छ, मलाई भेट कहिले दिन्छौ?” भनेँ।

           ° ° ° ° ° ° ° °

श्वेताको निमन्त्रणालाई मानेर म उसको कमलपोखरीस्थित कोठा तिर गएँ। उसको कोठामा म पहिलो पटक जाँदै भएकोले मलाई लिन सिटिसेन्टर नेर आउदै थिई श्वेता। “भोलि बिहान ९ बजेको टिकट छ, ६ बजे अघि नै एयरपोर्ट पुग्नुपर्छ” मलाई भेट्ने बित्तिकै भनी। अहिलेसम्म कलेजमा बाहेक कहिल्यै म श्वेतासंग भेटेको थिइनँ। काम परेको बेला बाहेक फोनकल वा च्याटमा पनि कुरा खासै हुदैनथ्यो ऊसँग। नोट, प्राक्टिकल कापी वा किताब ल्याइदिने, यस्तै हुन् ऊसँगका कामहरू।  रूममा पुग्ने बित्तिकै सबैलाई नमस्कार गरेँ। उसका दुइटा दाइ, उसकी सानीमा र सानीमाका साना दुइटा छोराछोरी थिए। आफ्ना बाबामम्मी आउन नभ्याएको रे। किन नआएका हुन् मैले चासो राखिन। कलेज पढाउने उसको मम्मी र सिडिओ बाबाले छुट्टी पाएनन् होला। छुट्टि मिलाउन त सक्दा हुन्, श्वेता हतारमा जानुपर्ने भएकोले त्यही समयमै उनीहरूको छुट्टी मिलेन होला। मलाई श्वेताले सबैको सामु परिचय गराई “ऊ कलेजको सबैभन्दा नजिकको साथी हो, राज।”……..!!  ‘साथी मात्र? धन्न सबैभन्दा नजिकको साथी सम्म भनी’ मैले मनमनै बिचार गरेँ। जमघटमा त्यस्तो खासै विशेष कार्यक्रम त केही पनि थिएन, बिदाइ समारोह जस्तो मात्रै। “बधाई छ श्वेता, तिमीले ठुलो उपलब्धि हात पारेकी छौ। तिम्रो खुसीमा तिमी भन्दा धेरै ‘हामी’ खुसी छौँ। धेरै प्रगति गर्नु, तिम्रो भविस्यको लागि धेरै धेरै शुभकामना……।”  मनलाई सम्हालेर यतिसम्म भनेँ। ऊसँग लगभग सधैको लागि छुट्टिदैछु भन्ने कुराले यो शुभसमाचार पनि मेरा लागि अशुभ झै लागिरहेको थियो। जमघट सकिसकेपछी मलाई अघि कै ठाउँमा छोड्न श्वेता नै आई। “श्वेता तिमीसंग छुट्टिने कुराले मलाई साह्रै नरमाइलो लाग्दैछ। तिमीसंग बिताएका झन्डै साडे २ बर्ष मैले सधै मिस गरिरहनेछु” आँट गरेर यतिसम्म भनेँ। “तिमीलाई भन्दा धेरै मलाई नै नमिठो अनुभुती भएको छ राज। तिमीलाई सबैभन्दा महत्त्वका साथ मैले यहाँ किन बोलाएँ? तिमी आफै सोच।”

..श्वेताको यहि बानी मलाई मन पर्थ्यो। ऊ सधै जुनसुकै कुरा साङ्केतिक रुपमा भन्थी। थोरै शब्द उच्चारण गर्थी, तर त्यसको अर्थ व्यापक हुन्थ्यो। उसले बोलेका तिनै थोरै शब्दमा म व्यापक अर्थ खोज्दै थिएँ। ‘तिमी मेरो विशेष मान्छे हौं’ उसका यी शब्दहरुबाट सहजै यस्तै अर्थ लगाउन सकिन्थ्यो।
         ° ° ° ° ° ° °

image

” ‘ढाका मेडिकल कलेज’ बङ्लादेशको एकमात्र ‘Bangabandhu Sheikh Mujib Medical University’ अन्तर्गतको सरकारी कलेज हो। मेरो क्लास बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म हुन्छ। घरमा आएर प्राक्टिकलमा गरेका सबै कुरा लेख्नुपर्छ। भोलिपल्ट गर्ने प्राक्टिकलको बारेमा हेर्नुपर्छ। के के काम दिन्छ भ्याउदै भ्याउदिन। त्रिचन्द्रमा जस्तो रमाइलो छैन यहाँ राज!। ‘सन्डे’को बिदा हुन्छ तर तिम्रो ‘जब’ र पढाइले गर्दा तिमी भ्याउदैनौ। राज!, अब हाम्रो भेट अनलाइनमा हुन असम्भव जस्तै छ। राज, तिमी म्यासेज गर्नु मैले खोलेको बेला रिप्लाई गर्नेछु…..”

…मलाई पहिले नै थाहा थियो, उसले त्यहाँ पुग्ने बित्तिकै यस्तै कुरा गर्छे।

        ° ° ° ° ° ° ° °

       
अहिले पनि ऊसँग अफलाइनमा नै म्यासेज हुन्छ। व्यस्तताका कारण उसलाई अनलाइन भेट्नु भनेको मरुभूमिमा पानी भेटाउनु जस्तै भएको छ । व्यस्तताको बाबजुद पनि उसले  गर्ने हरेक म्यासेजमा मप्रतिको माया दर्सिन्छ। मैले पनि उसलाई उसकै शैलीमा प्रतिउत्तर गर्छु ।

सबै कुरा भैसक्दा, उसले मप्रती अगाध माया देखाउदा पनि अहिलेसम्म “मैले तिमीलाई मनपराउछु” सम्म भनेको छैन। न त उसले नै कहिल्यै सम्बन्धका कुरा गर्छे। त्यहीँ श्वेता हो जसलाई मैले सपनामा मात्र किस खाएको छु, सपना मै माया साटेको छु। न त ऊसँग कहिल्यै मल्टिप्लेक्स पुगेँ, न कुनै सपिङसेन्टर। पढाईको हिसाबले म भन्दा माथिल्लो तहमा छे, ऊ पुर्ण छात्रवृत्तिमा बिदेशमा डाक्टर पढ्दैछे, म स्वदेश मै सामान्य ब्याच्लर। तर पनि म प्रतिको मायामा उसले कहिल्यै कमी दिएकी छैन। न त पहिलेभन्दा  परिवर्तन नै भएकी छे। टाढा भए पनि, संगै त्रिचन्द्र क्याम्पसमा हुँदा भन्दा पनि गाढा माया गर्छे अहिले। अनलाइनमा समय दिन नसक्नु उसको बाध्यता हो। तर म्यासेज गरेको बेला उसका शब्दमा कति धेरै माया दर्सिन्छ, त्यो भाषामा  व्यक्त गर्नै सकिदैन । पबित्र माया  गर्न दुरीले पनि फरक पार्दोरहेनछ । हामी दुरीले टाढा छौं तर पनि “मन” हाम्रो सँगै जोडिएको  छ ।  मलाई थाहा छ जिन्दगी भनेको “पैसा” होइन, पद, प्रतिष्ठा मात्र पनि होइन। “सुखी जिन्दगी” भनेको त “आत्मसन्तुष्टि” नै हो। सायद उसले पनि त्यो बुझेकी हुनुपर्छ। “नामको अघि ‘Dr.’ थपेपछी त मलाई भुल्छ्यौ होला है श्वेता?” भन्दा उसले सटिक जवाफ दिएकी थिई “त्यो त तिमी मै भर पर्छ ।”
       ° ° ° ° ° ° ° °

चक्र, तपाईं आफै भन्नुस्, यस्तो कथालाई तपाईं प्रेम कथा भन्नुहुन्छ कि भन्नू हुन्न? हाम्रो सम्बन्ध प्रेमसम्बन्ध हो कि होइन? के प्रेम भनेको ‘आइ लभ यू’ भन्ने, घुम्न जाने, संगै फिल्म हेर्न जाने, किस खाने वा शारीरिक सम्बन्ध राख्ने मात्र हो? प्रेम भनेको भावना होइन र? बुटवल पुगिसकेपछि गाडीबाट ओर्लिने क्रममा उसले भन्यो।
लौ अब प्रश्न जति म माथी तेर्सिए। मैले उत्तर दिने अवस्थामा थिइनँ। उत्तर पनि ‘२+२ कति हुन्छ’ भने  झै ठ्याक्कै एउटै कहाँ हुन्छ र? यी त तर्क दिने प्रश्नहरु हुन्। तर्क मान्छेपिक्छे फरक हुनसक्छ। संसारका कस्ता कस्ता दार्शनिकहरुले दिएका प्रेमका परिभाषामा त एकरुपता पाइदैन।  मैले कसरी भनौं यहि नै प्रेम हो भनेर? ‘प्रेम’ भन्ने शब्द नै यस्तो हो जुन सबै भाषामा प्रयोग भएको छ र मान्छेपिच्छे यसको भोगाइ र बुझाइ फरक पाइन्छ। ‘प्रेम’ शब्दको परिभाषा कहिल्यै एउटै हुनै सक्दैन। उसको सम्बन्ध निश्चल छ, सफा छ, उसका कुराका आधारमा म यत्ती भन्न सक्थेँ। लम्बाचौडा कुरा गर्ने फुर्सद नि थिएन। “मैले प्रेम बुझ्दिन, मलाई केही पनि थाहा छैन” भन्दै ऊबाट उम्किन खोजेँ। किनकि मलाई बुटवल देखि गुल्मीको लागि अर्को चरणको यात्रा तय गर्नु थियो। “मेरो पनि भुकम्पका पराकम्पनले चिरा परेको सम्बन्धको कथा छ। काठमाडौंमा कुनै दिन भेटेर कुरा  गरौंला।” म त्यहाँबाट छुट्टिएँ।

         ° ° ° ° ° ° °

यो कथा काल्पनिक कथामा आधारित भएकोले यहाँ प्रस्तुत पात्र पनि काल्पनिक नै हुन्। कसैको जीवनसंग मेल खाएमा संयोगमात्र हुनेछ।
कथामा प्रस्तुत कलेजहरुका नाम र ठेगाना (बुटवलको मणिमुकुन्द कलेज, चितवनको अरोमा कलेज, काठमाडौंको त्रिचन्द्र , बङ्गलादेश मेडिकल कलेज) मात्र सहिसत्य हुन् । थप रोचक कथाहरु पढ्न माथी Fiction/Poetry मा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् ।


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस