Posted in बस्तुगत प्रश्न, Health/wellness

Some important health related information

  • Average resting heart rate: 60 – 100 beats per minute. for well-trained athletes is 40 – 60 beats per minute.
  • Normal Blood pressure: 120/80 mm of Hg
  • The amount of Blood in the adult: approx. 5 liter
  • Blood = Plasma + Blood Cells (RBCs, WBCs and Platelets)
  • Blood pH is regulated to stay within the narrow range of 7.35 to 7.45, making it slightly basic.
Advertisements
Posted in Health/wellness, Many More

‘हार्पिक’ हालेर अमिलो बनाइन्छ पानीपुरी, बेच्नेहरु भन्छन् “कागती र चुक हालेर बेच्दा घाटा हुन्छ”

harpik0

‘हार्पिक’ हालेर अमिलो बनाइन्छ पानीपुरी, बेच्नेहरु भन्छन् “कागती र चुक हालेर बेच्दा घाटा हुन्छ”

- डा. अरुणा उप्रेती

सिन्धुपाल्चोकका स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ । विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन खानुपर्छ भनेर बतायौँ । खाजा खाने बेला स्कुलमा चटपटे बेच्ने महिलाले मीठो गरेर चटपटे बनाइन्, त्यसमा अमिलो भनेर चिनीजस्तो वस्तु हालिन् । मैले भनेँ, ‘चटपटेमा अमिलोको सट्टामा किन गुलियो हाल्नुभयो ? ‘होइन, यो त अमिलो हो, यसलाई चिनी अमिलो भनिन्छ, कागतीको अमिलो हाल्दा त एकदम महँगो हुन्छ । यही सस्तो पनि, बच्चालाई मनपर्ने अमिलो पनि’ भन्दै पोको पार्दै ती दिदीले वरिपरि उभिएर बसेकालाई चटपटे दिइन् । मसँगै काममा हिँडेकी उमाले भनिन्, ‘यो चिनी अमिलो त मैले घरमा पूजाका भाँडा, तामाका भाँडा माझ्न प्रयोग गर्छु । यसमा रहेको अमिलोपनले भाँडाको फोहोर सट्टै जान्छ ।’

‘यसरी भाँडा सफा गर्ने चिनी अमिलो बालबालिकाको पेटमा गएपछि यसले कति खराब होला । वास्तवमा यो त भाँडा मस्काउने अमिलो साबुन नै खाएको हो ।’ मैले त्यसरी चिनी अमिलोजस्तो विषालु रसायन नेपाली बालबालिकाले खालान् भनेर मैले कल्पना नै गरेकी थिइनँ । यो घटनाले मलाई केही महिनाअघि दिल्ली जाँदाको समाचार याद दिलायो । चनाचटपटे बेच्ने एक मानिसले फोहोर पानी हालेर बेचेको खबर पाएपछि केही सरकारी मानिस आएर चटपटेमा प्रयोग गरिने पानी कति शुद्घ छ भनेर जाँचेर हेर्दा उनीहरू छक्क परे । चटपटेमा हालिने पानीमा त शौचालय सफा गर्न प्रयोग गर्ने हारपिकमा प्रयोग गरिने रसायन भेटियो ।

कर्मचारीले त्यस मानिसलाई पानीमा किन हारपिकको रसायन देखियो भन्दा उसले भनेको कुरा सुनेर कर्मचारी स्तब्ध भए । ‘म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’ ती पसलेलाई मिसावट गरेको हुनाले ६ महिनाको जेल सजाय दिइयो । उनी अहिले जेलबाट निस्केर पक्कै पनि फेरि पानीपुरी र चटपटे बेच्दै होलान् ।

Click here to learn more from my another Blog
jwla

हामीले सिन्धुपाल्चोकका छात्रछात्रालाई सोध्यौँ, ‘तिमीहरु कति चटपटे र पानीपुरी खान्छौ ?’ सबैले ‘मीठो मानेर प्रायः खाजा नै त्यही खान्छौँ’ भने । अनि हामीले एउटा फोहोर कचौरा ल्याएर, त्यो चिनी अमिलो हालेर कचौरा सफा गर्‍याै‌ भन्यौँ, ‘अहिले तिमीहरूले के देख्यौ ? सबैले भने, ‘तपाईंले चिनीजस्तो वस्तुले भाँडा सफा गरेको देख्यौँ ।’

यो वस्तु तिमीहरूले खायौ भने के हुन्छ भनी सोध्दा छात्रछात्राले एकै स्वरमा भने, ‘कहाँ यस्तो भाँडा सफा गर्ने वस्तु खानु नि । यसले त हाम्रो पेट खराब गरिहाल्छ नि । यो त साबुनजस्तो पो रहेछ ।’

 

‘तर तिमीहरूले त यो दिनै खान्छौ नि ?’

‘होइन, हामी त खाँदैनौँ, यस्तो विषजस्तो वस्तु,’ छात्रछात्राले ठूलो स्वरले भने । ‘तिमीहरूले खाने चनाचटपटेमा त यही हालिन्छ नि’ भनेर हामीले चना, केराउ, प्याज, भुजामा नुन हालेर उनीहरूलाई चाख्न दियौँ ।

‘मिठो छ तर अमिलो छैन’ भनेपछि हामीले विद्यार्थीलाई देखाएर चिनी अमिलो हाल्यौँ र केही विद्यार्थीलाई चाख्न दियौँ । उनीहरूले मीठो मानेर खाए र भने, ‘हो, अब त अमिलो र मीठो भएछ’ भने ।

‘हेर हामीले अमिलो भनेर हालेको यही चिनी अमिलो हो, जसले हामीले अघि फोहोर कचौरा सफा गरेका थियौँ,’ मैले भनेँ । छात्रछात्राहरू ‘लौन, यस्तो त हामीलाई थाहै थिएन’ भनेर कुरा गर्न थाले । अनि हामीले उनीहरूलाई कसरी पानी पुरीमा पनि यसैगरी चिनी अमिलो वा शौचालय सफा गर्ने रसायन हाल्छन् भनेर बतायौँ । त्यसैगरी विभिन्न प्याकेटमा आउने चाउचाउ, कुरकुरे आदि पनि यस्तै शरीरलाई हानि गर्ने रसायन हालेर बनाइएको हुन्छ भनेपछि सबैले जिब्रो टोके । ‘यस्तो खाएर पो त हाम्रो पेट कटक्क काट्दोरहेछ’ भनेर आपसमा कुरा गरे । स्कुलमा शिक्षकले पनि भने, ‘यस्तो खराब रसायन हालेर चनाचटपटे र पानीपुरी बनाउँदा रहेछन् भन्ने कुरा त हामीलाई थाहै थिएन । हामीले झन् चनाचटपटे त स्वस्थकर हुन्छ भनेर पो खान्थ्यौँ त ?’

शिक्षकको कुरा सुनेर हामीले भन्यौँ, ‘चना चटपटे घरमा सफा तरिकाले बनाउने र कागतीको अमिलो हाल्ने, चाउचाउ न हालेर खाने हो भने त स्वस्थकर नै हो । पानीपुरी सफा तरिकाले घरमा बनाएर खाने हो, अस्वस्थकर वस्तु होइन । चिनी अमिलो हालेको पानीपुरी पो विष भयो त । कतिचोटि शौचालयमा सफा गर्न हालिने रसायन पनि तपाईंहरूले खानुभयो होला नि ।’

शिक्षकले भने, ‘अब हामी यसमा विचार गर्छौं । अब त सरकारले पनि स्कुलमा चाउचाउ र अस्वस्थकर वस्तु ल्याउन निषेध गराउनु भनेर चिठी पठाएको छ ।’ मैले भनेँ, ‘सरकारले सबै स्कुलमा आएर हेर्न सक्दैन । तपाईंहरूले नै चाउचाउजस्ता वस्तु खान विद्यार्थीलाई निरुत्साहित गर्नुपर्छ ।’

‘के गर्ने, तपाईं यस्तो भन्नुहुन्छ ? मेरी श्रीमतीले बच्चालाई दिनदिनै खाजा बनाउन झ्याउ भो भनेर मलाई दुई कार्टुन चाउचाउ ल्याइदिनु भनेपछि मैले किनेर लगिदिए । तर चाउचाउ बाहिरी प्याकेटका वस्तु यति खराब हुन्छ भन्ने थाहा थिएन,’ एक शिक्षकले अँध्यारो मुख लगाए । ‘तपाईंले समय–समयमा आएर हाम्रो विद्यार्थीका आमाबुबा, हजुरआमालाई पनि यस्तै कुरा सुनाइदिन्स् न । तपाईंले भनेपछि विश्वास गर्छन् । हामीले भनेको त टेरपुच्छर नै लगाउँदैनन् ।

‘यसरी फोहोर भाँडा माझ्ने कुरा मिसाएको खानुहुँदैन भनेर व्यावहारिक रूपमा भाँडा पनि माझेर देखादिनुस् न । अनिविश्वास गरिहाल्छन नि,’ मैले भनेँ । सिन्धुपाल्चोकमै स्कुलमा अभिभावक समूहमा पनि स्वस्थ खानाबारे छलफल गर्दा केही आमाले भने, ‘हाम्रा बच्चाले त पानीपुरी, चटपटे र चाउचाउबाहेक अरु त खाजा नै नखाने भन्छन् । अनि, हामी के गरौँ त ?’

आमाहरूको कुरा सुनेर उनीहरूलाई पनि चिनी अमिलो हालेर भाँडा सफा गरेर देखाएँ । त्यही चिनीअमिलो चना चटपटेमा हालेर अमिलो चटपटे ख्वाउन पनि लगाइयो । यसरी हाकाहाकी चिनी अमिलोजस्तो विष तपाईंहरूले आफ्नो सन्तानलाई ख्वाउनुहुन्छ भने हामी त केही भन्न सक्दैनौँ । भोलि तपाईंका छोराछोरी कुपोषित भए, बिरामी भएर अस्पताल लैजानुप¥यो भने त दुःख पाउने तपाईंहरू नै हो । तपाईंहरू नै विचार गर्नुस् आफू र आफ्ना सन्तानलाई कस्तो भोजन ख्वाउने ?’ अनि केही आमाले प्रश्न गरे, ‘त्यसो भए बच्चालाई के खाजादिने त ?’

‘खाजा त जति पनि छ नि । भुटेको भात, उसिनेको आलु, चना–चिउरा, बदाम, रोटी, अन्डा, खिचडी । यस्ता वस्तु ख्वाउन तपाईंहरूले सन्तानलाई प्रेरित नगरेर चिनी अमिलो र हारपिकजस्तो चिज हालेको खाना ख्वाउनुहुन्छ भने आफ्ना सन्तानलाई बिरामी होस् भन्ने श्राप दिइरहनुभएको छ । के तपाईं आफ्ना सन्तानलाई श्राप दिन चाहनुहुन्छ कि स्वस्थ हुने वरदान ? आफैँ विचार गर्नुस् ।’ हाम्रो कुरा सुनेर आमाहरू चुप छन् ।

यो लेख पढ्ने अभिभावक आफ्ना छोराछोरीलाई खाजामा के दिनुहुन्छ ?

Posted in Health/wellness

‘होल बडी चेकअप’ र चलाइएको हौवा

-डा. समिर लामा

हिजोआज स्वास्थ्यको बजारमा ‘होल बडी चेकअप’को फेसन  खुब चलेको छ। यसलाई छोटकरीमा डब्लुबीसी पनि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाइदाहरु पनि छन्। आफूलाई स्वस्थ ठान्ने व्यक्तिहरुले पनि यो जाँच गराउदा रोग पत्ता लागि बेलैमा उपचार शुरु गरेर जीवन नै बचेको घटनाहरु पनि छन्। जुन देख्दा सुन्दा सबैले यो गर्नैपर्ने जस्तो भान हुन्छ। आफूले वरपर जे देखियो, सुनियो, आफूलाई नि त्यही रोग लागे झैं लाग्नु सामान्य ह्युमन साइकोलोजी नै हो। फलाना त जन्डिस लागेर मर्‍याे भनेपछी सामान्य विरामी भए पनि अस्पताल पुगेर जन्डिस जाँच नगराई मनले मान्दैन। फलानाका टाउको दुख्यो–दुख्यो भन्थ्यो, पछी त ब्रेन ट्युमरले मरेछ भनेको सुन्दा आफ्नो टाउको दुखाइ नि कतै ब्रेन ट्युमर त हैन, एकपटक सिटी स्क्यान गर्न पाए ढुक्क भइन्थ्यो भन्ने कुरा मनमा खेलिरहन्छ। तर के यसरी डाक्टरको उचित सल्लाह विना आफ्नो डरले गरिने, प्याकेजको रुपमा गरिने जाँचहरुले वास्तवमै हित गरिरहेका हुन्छन् त?

‘होल बडी चेकअप’ गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कति छन्? कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको हो? अर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्‍याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।

यहाँ मैले नियमित स्वास्थ्य परिक्षणको विरोध गरेको छैन। स्वस्थ हुँदा नै नियमित रुपमा चिकित्सकलाई भेटेर शारिरिक परिक्षण गराउनु (जसमा ल्याब टेस्ट गर्नैपर्छ भन्ने हुन्न) तौल, उचाइ, पेटको गोलाई नाप्ने, बीएमआइ नाप्ने, स्वास्थ्य सम्बन्धी जानकारीहरु लिने र आवश्यक परेमा ल्याब टेस्टहरु गराउने प्रकृयाको म समर्थन गर्छु। तर यहाँ त विभिन्न रगत जाँचहरुलाई प्याकेजको रुपमा सुपथ मूल्यमा अफर दिएर उपभोक्तालाई दिग्भ्रमित गर्दै आकर्षित गरिदैछ, त्यसको मैले विरोध गरेको हुँ। हामी चिकित्सकसँग गरिने कन्सल्टेसन, शारिरिक जाँचलाई भन्दा मेसिनले गर्ने रगत, पिसाब, पेट, छाती र सम्पूर्ण शरीर जाँचलाई बढी महत्व दिइरहेका छौं, जुन गलत हो। यस्ता होल बडी चेकअपका प्याकेजहरुले समाजमा ठूलो समस्याको रुपमा रहेको मानसिक रोगहरुलाई पनि नजरअन्दाज गरेको छ। हामी रोग रगत, पिसाब, एक्सरे, सिटी स्क्यान, कागजी रिपोर्टमा खोज्दै गर्छौं, उपचार गोली, सूई, सलाइनमा खोज्दै गर्छौं, र चिकित्सकसँगको सल्लाह, परामर्श, रोग र स्वास्थ्य बारेको जानकारीलाई बिर्सदै गएका छौं।

‘होल बडी चेकअप’ गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कति छन्? कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको हो? अर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्‍याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।

उदाहरणको लागि बेसिक हेल्थ प्याकेजमा सीबीसी, क्रिएटिनिन, टिएसएच, बिलिरुबिनलाई पनि राखिएको रहेछ। यी जाँचहरुले के रोग पत्ता लगाउन खोज्या हुन्? विना कुनै स्वास्थ्य समस्याका सामान्य मान्छेमा सीबीसी जाँच हेरेर के रोग पत्ता लगाउन खोज्या हुन्? ब्लड क्यान्सर? कि रक्तअल्पता? कि कुनै संक्रमण? क्रिएटिनिनलाई सामान्यरुपमा म्रिगौलाको जाँचको रुपमा लिइन्छ, तर धेरै नन-मेडिकल मान्छेहरुलाई थाहा नहुनसक्छ, दूवै म्रिगौलाको काम ६० प्रतिशतसम्म बिग्रदा पनि क्रिएटिनिन भन्ने जाँच नर्मल आउनसक्छ। म्रिगौलाको अवस्था सहि भए नभएको थाहा पाउन यो जाँच फाइदाजनक छैन। बरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हेल्थ पोस्ट स्तरसम्म पुर्याएको नि:शुल्क पिसाब जाँचमा हेरिने एल्बुमिन र सुगरको डिपस्टिक टेस्टले राम्रो स्क्रिनिङ टेस्टको काम गर्छ। हिजोआज थाइरोइडको जाँच पनि अन्धाधुन्द हुने जाँचहरुमा प्रमुखरुपमा आउछ। सबै स्वस्थ मान्छेहरुलाई होल बडी चेकअप भन्दै महंगो थाइरोइडको जाँच गराइनु लुट नै हो। डाक्टरसँगको परामर्शमा थाइरोइड सम्बन्धी रोग हुने शंका लागेमा र केही निश्चित समूहमा स्क्रिनिङ टेस्टको रुपमा यो जाँच गर्न सकिन्छ।

स्वास्थ्यमा गरिने कुनै पनि जाँचले कसरी रिजल्ट दिन्छ? त्यो पोजिटिभ आउनुको मतलब के हो ? त्यसको मात्रा सामान्य भन्दा बढी देखिनुको मतलब के हो ? कुनै पनि जाँचको सामान्य मात्रा वा नर्मल लेभल भनेको के हो ? यी कुराहरु सामान्यतया मान्छेहरुले बुझेका हुँदैनन्। जस्तो खाली पेटको सुगर जाच्दा १२७ आयो भने सुगर भयो भने पूरै खाना बार्ने तर १२५ आयो भने मलाई सुगर छैन भने खुसी हुने जमात ठूलै छ, जुन गलत हो। जन्डिस २ पुग्दा नि ‘ओहो, मलाई जन्डिस भयो’ भनेर सबै खाना बार्ने अनि १२ पुग्ने बित्तिकै जाँडरक्सी शुरु गर्नेको भिड नि ठूलो छ। अर्को कुरा कुनै पनि टेस्ट सतप्रतिशत सहि हुँदैन। कुनै टेस्ट पोजिटिभ आउँदैमा त्यो व्यक्तीलाई उक्त रोग छ भन्ने १००% ग्यारेन्टी हुँदैन र टेस्ट नेगेटिभ आउँदैमा १०० प्रतिशत रोग छैन भन्ने पनि हुँदैन। त्यसैले मेडिसिनमा सधैं भनिन्छ, टेस्टको हैन विरामीको उपचार गर्नुपर्छ। उसको लक्षण, समस्या, अनी उपचार प्रकृयाले आउनसक्ने जटिलता सबैलाई तौलिएर मात्र उपचार अघी बढाउनुपर्छ।checkup

अर्को अचम्मको जाँच भनेको रगतमा हेरिने युरिक एसिड हो। नेपालीलाई जहाँ जे दुखे पनि युरिक एसीड हेर्नुपर्छ, डाक्टरहरुलाई नि सजिलो, युरिक एसिड हेरम भन्दियो। सुन्दा अचम्म लाग्ला मेडिसिनमा युरिक एसिड भन्ने रोग नै छैन। युरिक एसिडको मात्रा जोर्नीमा बढी भएर जोर्नी दुख्ने रोगलाई गाउट भनिन्छ, यसको डायग्नोसिस क्लिनिकल्ली अर्थात लक्षण र शारिरिक जाँचको आधारमा पनि गर्न सकिन्छ, कन्फर्म जाँचको लागि सुन्निएको जोर्नीबाट पानी (साइनोभियल फ्लुड) निकालेर जाच्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा बढ्दैमा त्यसैले जोर्नी दुखेको भन्न मिल्दैन। यो कुरा आम मानिसलाई कसले भन्दियोस्, सबै जो रगत जाँच गराउदै युरिक एसिडको नाममा व्यापार गर्न व्यस्त छन्।

४० वर्ष कटेपछीको प्याकेजमा पीएसए प्रोस्टेटको क्यान्सरको जाँच पनि रहेछ। अझै पनि विश्वभरी नै पीएसएलाई प्रोस्टेट क्यान्सरको लागि प्रारम्भिक जाँच मान्ने कि नमान्ने भनेर बहस चलिरहेको बेलामा नेपालमा ४० कटेका सबैलाई होल बडी चेकअप भनेर ‘पीएसए’ टेस्ट राखिनुको अर्थ के हो? पीएसएको मात्रा धेरै आउँदैमा तपाईंलाई प्रोस्टेट क्यान्सर छ नै भन्ने पनि हुँदैन, उमेर बढ्दै गएपछी प्रोस्टेट बढ्दा पनि यसको लेभल बढ्न सक्छ र यो क्यान्सर पत्ता लागे पनि यसको उपचार गराएर फाईदा बढी हुन्छ कि बेफाईदा भन्ने पनि बहसको कुरा छ। यस्तो जाँचलाई ४० वर्ष माथिका सबैलाई भनेर राख्दा पोजिटिभ आएर उक्त व्यक्तीलाई पर्ने अनावश्यक आर्थिक, मानसिक, शारिरिक भारको जिम्मा कल्ले लिन्छ?

सुगर छ छैन भनेर थाहा पाउनको लागि खाली पेटमा गरिने सुगर जाँच (फास्टिङ सुगर) सस्तो र राम्रो जाँच हो। यती किफायती जाँच हुँदा हुँदै एचबीए ए वन सी, जुन राम्रो भए पनि तुलनात्मक रुपमा धेरै महंगो हुन्छ, लाई किन होलबडी चेकअप भनेर ४० कटेका सबैलाई भनेर राखियो? के ४० कटेकाले फास्टिङ सुगर मात्र हेरेर मधुमेह भए नभएको थाहा हुँदैन र?

जाँडरक्सी, चुरोट धेरै खाने, पेटको गोलाई बढी भएको, उचाइको अनुपातमा तौल बढी भएको, बीएमआइ बढी भएको व्यक्तीलाई रक्सी, चुरोट कम गर्नुस्, व्यायाम गर्नुस्, चिल्लो कम गर्नुस्, हरियो सागसब्जी बढी खानुस्, फलफूल खानुस् भन्नलाई महंगा लिभर फङ्सन टेस्ट (एलएफटी) र लिपिड प्रोफाइल टेस्ट (रगतमा बोसोको जाँच) गरिरहनुपर्दैन।

त्यसैले प्याकेजको रुपमा देखिदा आफ्नो स्वास्थ्यको लागि थोरै पैसामा धेरै जाँच गर्न पाइने जस्तो देखिए पनि यी प्याकेजहरुमा धेरै अनावश्यक र महंगा जाँचहरु सामान्य मान्छेले थाहा नपाउने गरेर घुसाइएका छन्, जुन जाँचहरु अन्तराष्ट्रियस्तरमा पनि स्वस्थ मान्छेका लागि गरिने प्रारम्भिक जाँच (स्क्रिनिङ टेस्ट) भनेर प्रमाणित भएका छैनन्। विना प्रमाण र विना फाईदाका यस्ता अनावश्यक जाँचहरु विशुद्दरुपमा व्यापारिक फाईदाका हिसाबले राखिएका हुन्।

अन्तमा ‘होल बडी चेकअप’का प्याकेजको नाममा पैसा र समय फाल्नु भन्दा नियमित चिकित्सकलाई गएर भेट्ने, शारिरिक परिक्षण गराउने र आवश्यक स्क्रिनिङ टेस्टहरु मात्र गराउनु फाईदाजनक हुन्छ। नियमित गराउनुपर्ने जाँचहरुमा प्रेसर नाप्ने, उचाइ, तौल नाप्ने, पेटको गोलाई नाप्ने, बीएमआइ नाप्ने, स्क्रिनिङ टेस्टहरुमा फास्टिङ सुगर टेस्ट, पिसाबमा प्रोटिन, सुगर हेर्ने, महिलाहरुले पाठेघरको मुखको क्यान्सरको लागि प्याप स्मियर टेस्ट गर्ने पर्छन्। यी बाहेक अरु डाक्टरसँगको सल्लाहमा आवश्यक जाँचहरु मात्रै गराउनु उपयुक्त हुन्छ।

डा लामा http://myhealthynepal.blogspot.com  मा नियमित लेख्छन् ।

Posted in Bacteriology, General Microbiology, Information/Guideline, Many More, Microbiology, Science/Nature

How to write a field visit report

Here is a sample, how to write a field visit report for BSc. Microbiology 4th year Tribhuvan University Nepal.


 

Report on

Field visit to

BPKIHS Dharan

 

 

Submitted to

Department of Microbiology

Amrit campus

Tribhuvan university

 

 

 

Submitted by

Chakrapani Bhandari

Roll no. 

Bhuwan Limbu

Roll no.

Dinesh Kumar Sharma

Roll no.

 

 

April 2017


Table of contents

Acknowledgement

Abstract

Introduction

Objectives

List of photographs

Instrumentations

For leishmaniasis

  • Specimens
  • Microscopy
  • Laboratory investigation and diagnostic tests
  • Rapid dipstick test (rk39 test)
  • Diagnosis of PKDL
  • DNA detection method
  • Contamination control program
  • PCR principle
  • application
  • Immunodiagnosis
  • antigen detection
  • antibody detection
  • ELISA

For tuberculosis:

  • Specimens
  • Microscopy
  • AFB staining
  • Fluorescence Microscope
  • Principle
  • Application
  • Gene Xpert
  • Advantage

Summary and conclusion

Reference


Acknowledgement

We would like to thank with gratitude to Head of Microbiology Department, Amrit Campus, Ms. Ushana Kwakhali Shrestha,  all the faculty members of the microbiology department of  Amrit Campus and especially to the Dr. Anup Poudel, assistant professor, microbiology department of BPKIHS Dharan for assistance, guidance and co-ordination.

Our thank and appreciation also go to my friends in developing the report and people who have willingly helped me out with their abilities.


Abstract

B.P. Koirala Institute of Health Sciences Dharan is an autonomous Health Sciences University, function as a center of excellence in the field of tropical and infectious diseases. Its best example is the ongoing Kala-azar Project in collaboration with international bodies.

DOTS program is being run in association/collaboration with the National Tuberculosis program and involving Municipality of Dharan and District Health Office, Sunsari.

The main functionally running instrumentations that we have seen in BPKIHS are as follows –

  1. Fluorescence microscope
  2. PCR
  3. Gel Electrophoresis
  4. DNA Extraction
  5. Gene Xpert

By application of modern instrumentation techniques, it has made the diagnostic procedures more easy, effective and specific.


Introduction

B.P. Koirala Institute of Health Sciences (BPKIHS) was established and upgraded as an autonomous Health Sciences University with a mandate to work towards developing socially responsible and competent health workforce, providing health care & involving in innovative health research. The Institute, located in Eastern Nepal, has extended its continued health services through teaching district concept to Primary Health Care Centers, District Hospitals and Zonal Hospitals in different districts of the region.

BPKIHS has also been envisioned by the Nepali Parliament as a center of national importance to produce skilled health workforce to meet the country’s need and also to function as a center of excellence in the field of tropical and infectious diseases. Its best example is the ongoing Kala-azar Project in collaboration with international bodies.

In the laboratory, through the department of Microbiology, various bacteriological, parasitological, mycological, mycobacterial and serological tests are also done along with the CD4 count service. Culture sensitivity, staining procedures, Microscopy, Stool occult blood, Blood for Malaria parasites and microfilaria, Bone marrow/splenic aspirate for LD bodies, Optimal, rk39, DAT, and a wide range of immunological services for different diseases are performed.


 

Objectives

  1. To visit hospital laboratories and departments to observe health care facilities and services in the hospital.
  2. Visit infectious disease department for the study of the prevalence of infectious/ communicable diseases and to understand ongoing projects of Kala-azar in Eastern development of Nepal.
  3. To visit different microbiology laboratories,
  4. Bacteriology laboratory
  5. Mycobacterium tuberculosis lab
  • Mycology lab
  • Hematology lab
  • Virology lab
  • Immunology lab
  • Biochemistry lab
  • Molecular diagnostic lab

To gain knowledge on clinical sample collection and reporting.


List of photographs:

Image result for BPKIHS Dharan

Photo 1: BPKIHS Dharan

Photo 2: rK39 Test kit result

Photo 3: Thermal Cycler

Photo 4: ELISA Plate

Photo 5: Fluorescence microscope

Photo 6: Gene Xpert

Photo 7: M. tuberculosis


Instrumentations

BPKIHS function as a center of excellence in the field of tropical and infectious diseases. Kala-azar Project in collaboration with international bodies and DOTS clinic in association/collaboration with the National Tuberculosis program and involving Municipality of Dharan and District Health Office, Sunsari with the application of following instrumentations.

For Leishmaniasis

Laboratory diagnosis of leishmaniasis can be made by the following:

  • demonstration of the parasite in tissues of relevance (spleen, liver, or lymph node tissue specimen) by light microscopic examination of the stained specimen, in vitro culture, or animal inoculation;
  • detection of parasite DNA in tissue samples; or
  • immunodiagnosis by detection of parasite antigen in tissue, blood, or urine samples, by detection of nonspecific or specific antileishmanial antibodies (immunoglobulin), or by assay for leishmania-specific
  • cell-mediated immunity.

Specimens:

  1. tissue biopsy
  2. splenic aspirates
  3. bone marrow aspirates

Microscopy: Demonstration and isolation of parasite.

The commonly used method for diagnosing VL has been the demonstration of parasites in splenic or bone marrow aspirate. The presence of the parasite in lymph nodes, liver biopsy, or aspirate specimens or the buffy coat of peripheral blood can also be demonstrated. Amastigotes appear as round or oval bodies measuring 2 to 3 μm in length and are found intracellularly in monocytes and macrophages. In preparations stained with Giemsa or Leishman stain, the cytoplasm appears pale blue, with a relatively large nucleus that stains red. In the same plane as the nucleus, but at a right angle to it, it is a deep red or violet rod-like body called a kinetoplast.

Laboratory Investigations and Diagnostic test:

The following laboratory investigations and diagnostic tests will be done for diagnosis of Kala-azar and PKDL and be monitoring the progress and side effects of the drugs during the course of treatment.

Rapid dipstick test (rK39 test):

rK39 is a 39-amino acid repeat that is part of a kinesin-related protein in Leishmania chagasi and which is conserved within the Leishmania donovani complex. Among the available serological diagnosis of VL, only the immunochromatographic rK39 assay can be considered a point of care test for field application. They are currently the best available diagnostic tool for VL for use in remote areas, and their use in field setting should be promoted. Apart from use in routine services, use of rK39 in campaigns and active case search is highly recommended. This test may be positive in a healthy person from the endemic areas (asymptomatic cases, past infection). Such case should be followed up and treated only when they have indicative signs and symptoms of Kala-azar. rK39 is usually negative amongst PKDL with macular lesions and Leishmaniasis.

rK39 is available at Kala-azar endemic districts from level II and above health institutions.

Diagnosis of PKDL All suspected cases of PKDL should be confirmed with the rK39 test. However, it is important to note that the rK39 test may be negative in PKDL cases with only macular lesions and Kala-azar/HIV coinfection. If there is strong suspicion amongst rK39 negative suspected cases, such patients should be referred to centers where the diagnostic facility of PCR or demonstration of the parasite in pinch biopsy is available.


DNA detection method:

The development of PCR has provided a powerful approach to the application of molecular biology techniques to the diagnosis of leishmaniasis. Primers designed to amplify conserved sequences found in minicircles of KDNA of leishmanias of different species were tested in various tissues of relevance. Such a target was eminently suitable because the kinetoplast is known to possess thousands of copies of minicircle DNA.

The PCR-ELISA technique can potentially be used for diagnosis of VL from peripheral blood samples.

Contamination Control Program

  • Space and time separation of pre and post-PCR activities
  • Use of physical separation aids
  • Use of ultraviolet (UV) light
  • Use of aliquoted PCR reagents
  • Incorporation of numerous positive and negative control blank
  • Use of one or more various contamination control methods.
  • Two broad methods of contamination control:

– Physical methods to prevent dispersion of PCR amplicons

– Chemical methods that inactivate the amplicon’s ability to be templates in a new cycle of PCR.

In BPKIHS PCR lab use a spectrum of these methods to effectively control contamination.

Principle:

It is a chain reaction, a small fragment of the DNA section of interest needs to be identified which serves as the template for producing the primers that initiate the reaction. One DNA molecule is used to produce two copies, then four, then eight and so forth. This continuous doubling is accomplished by specific proteins known as polymerases, enzymes that are able to string together individual DNA building blocks to form long molecular strands. To do their job polymerases require a supply of DNA building blocks, i.e.,  the nucleotides consisting of the four bases adenine (A), thymine (T), cytosine (C) and guanine (G). They also need a small fragment of DNA, known as the primer, to which they attach the building blocks as well as a longer DNA molecule to serve as a template for constructing the new strand. If these three ingredients are supplied, the enzymes will construct exact copies of the templates.

Applications:

  • Diagnosis of genetic diseases
  • Genetic fingerprints
  • Detection and diagnosis of infectious diseases
  • Detection of infectious in the environment
  • Personalised medicine
  • PCR in research
  • PCR is used in archaeology

Immunodiagnosis:

(i) Antigen detection.

Antigen detection is more specific than antibody-based immunodiagnostic tests. This method is also useful in the diagnosis of disease in cases where there is deficient antibody production (as in AIDS patients).

A new latex agglutination test (KATEX) for detecting leishmanial antigen in urine of patients with VL. The antigen is detected quite early during the infection and the results of animal experiments suggest that the amount of detectable antigen tends to decline rapidly following chemotherapy. The test performed better than any of the serological tests when compared to microscopy.

(ii) Antibody detection.

The nonspecific methods, which depend upon raised globulin levels, have been used in the diagnosis of VL. Some of the tests used for detecting these nonspecific immunoglobulins are Napier’s formol gel or aldehyde test and the Chopra antimony test. Since these tests depend upon raised globulin levels, results can be positive in a host of conditions. Lack of specificity, as well as varying sensitivities, renders them highly unreliable.


ELISA

ELISA has been used as a potential serodiagnostic tool for almost all infectious diseases, including leishmaniasis. The technique is highly sensitive, but its specificity depends upon the antigen used. Several antigens have been tried. The commonly used antigen is a crude soluble antigen (CSA).

Specific antibodies can also be detected by Western blotting. For this type of testing, promastigotes of L. donovani are grown to log phase and lysed and the soluble protein is run on sodium dodecyl sulfate-polyacrylamide gel electrophoresis gels. The separated proteins are electroblotted onto a nitrocellulose membrane and probed with serum from the patient.


For Tuberculosis Diagnosis:

DOTS program is being run in association/collaboration with the National Tuberculosis program and involving Municipality of Dharan and District Health Office, Sunsari. The commitment of each stakeholder has been clearly spelled out. BPKIHS runs a DOTS clinic and provides the facility for diagnosis, treatment, and management of complications. It also facilitates to other DOTS sub-centres of Dharan Municipality for training and supervision. There are regular review meetings of the main center with the sub-centres, DHO and Dharan Municipality.

Specimens:

The specimens for diagnosis of tuberculosis are,

  1. sputum
  2. urine
  3. CSF
  4. Stool
  5. Pleural fluid
  6. Lymph node biopsy

Microscopy:

The presence of acid-fast bacilli (AFB) on a sputum smear or other specimen often indicates TB disease. Acid-fast microscopy is easy and quick, but it does not confirm a diagnosis of TB because some acid-fast bacilli are not M. tuberculosis. Therefore, a culture is done on all initial samples to confirm the diagnosis.  A positive culture for M. tuberculosis confirms the diagnosis of TB disease. Culture examinations should be completed on all specimens, regardless of AFB smear results.


AFB staining:

When the smear is stained with carbol fuchsin, it solubilizes the lipoidal material present in the Mycobacterial cell wall but by the application of heat, carbol fuchsin further penetrates through the lipoidal wall and enters into the cytoplasm. Then after all cell appears red. Then the smear is decolorized with the decolorizing agent (3% HCL in 95% alcohol) but the acid-fast cells are resistant due to the presence of a large amount of lipoidal material in their cell wall which prevents the penetration of decolorizing solution. The non-acid fast organism lacks the lipoidal material in their cell wall due to which they are easily decolorized, leaving the cells colorless. Then the smear is stained with counterstain, methylene blue. Only decolorized cells absorb the counter stain and take its color and appear blue while acid-fast cells retain the red color.

Carbol fuchsin acid-fast stain or fluorescent auramine-rhodamine stain.


Fluorescent microscope:

The fluorescence microscope is an optical microscope that uses fluorescence to generate an image.

Principle:

The fluorescence microscope is based on the principle of fluorescence. Fluorescence is a phenomenon in which certain fluorescent chemicals absorbs the light of a particular wavelength and then emits the lights of larger wavelength with the lesser content of energy.

The specimen is illuminated with the light of a specific wavelength which is absorbed by the fluorophore, causing them to emit the light of longer wavelength. The excited light is separated from the emitted fluorescence through the use of spectral emission filter.  The filters and diachronic mirror are selected to match with spectral excitation and the emitted fluorescence of the fluorophore used to labeled the specimen. In this way, the fluorescence of a single fluorophore is detected in the form of an image at a time. Multicolored images of several types of the fluorophore can be detected by using a combination of the filter.

Application:

The fluorescence microscope is an important diagnostic tool for academic and pharmaceutical research, pathology, and clinical medicine.


Gene Xpert

The Genexpert test is a new molecular test for TB which diagnoses TB by detecting the presence of TB bacteria, as well as testing for resistance to the drug Rifampicin.

The test is a molecular test which detects the DNA in TB bacteria. It uses a sputum sample and can give a result in less than 2 hours. it can also detect the genetic mutations associated with resistance to the drug Rifampicin.

Advantages

The main advantages of the test are, for diagnosis, reliability when compared to sputum microscopy and the speed of getting the result when compared with culture. For diagnosis of TB, although sputum microscopy is both quick and cheap, it is often unreliable. It is particularly unreliable when people are HIV positive. Although culture gives a definitive diagnosis, to get the result usually takes weeks rather than the hours of the Genexpert test.


Summary and Conclusion:

BPKIHS Dharan runs along with the other hospital services and academic programs it is also the center of excellence in the field of tropical and infectious diseases. The ongoing Kala-azar Project in collaboration with international bodies and DOTS program in association/collaboration with the National Tuberculosis program and involving Municipality of Dharan and District Health Office, Sunsari. For diagnosis and treatment of Kala-azar and Tuberculosis, various instrumentations such as PCR, Gene Xpert, Fluorescence microscope, Electrophoretic techniques are installed.

We during our field visit observed the instrumentations, studied their principles and applications. Hence the field visit was found to be helpful and supportive to understand the various technique about different sample collection, instrumentation and their application for disease diagnosis and treatment.


References:

http://www.bpkihs.edu

http://www.mohp.gov.np

http://www.pubmed.com

Principles and techniques of Biochemistry and Molecular Biology

MicrobiologyinPictures.com

Posted in Bacteriology, General Microbiology, Microbiology, Science/Nature

How to present multimedia class

This is a sample for Multimedia Presentation on Medical Microbiology.


A Multimedia Presentation  on  Shigella

Image result for microbiologist cartoon

By

Chakra Bhandari

Bikram Shrestha

www.chakrapanibhandari.com.np

chakra.jwala@gmail.com

Amrit Science College,

Department Of Microbiology  Tribhuvan University Nepal


Introduction:

Shigella is named after the Japanese microbiologist Kiyoshi Shiga who isolated the first member of the group in 1896 from epidemic dysentery in Japan which was then called Shigella shiga and is now called as S. dysenteriae.

Shigella is an Enterobacteriaceae

  • Gram-negative, Non-motile
  • Facultative anaerobes
  • Nonspore forming
  • Non-capsulated
  • Non-lactose fermenting except S. sonnei.
  • Catalase positive except S. dysenteriae type1 and Oxidase negative.

Deoxycholate citrate agar and xylose lysine deoxycholate agar is useful selective medium (Shigella do not have a black center in this medium as Salmonella).


Cultural characteristics

Temperature range for growth 10-40°C(Optimum temp 37 °C)

In Nutrient Agar (After overnight culture)

  • 2 mm in diameter, circular, convex, smooth and translucent.

In MacConkey  agar

  • Colorless Colony except for S. sonnei (Pink colony)

In Shigella-Salmonella agar

  • Colorless Colony

Viability:  Death point (56°C for 1 hour), 1% phenol for 30 min,

Viable in water for days and in ice for 1-6 months, In feces, it dies within few hour due to acidity produced by growth of coliform.


Biochemical reactions

  • Catalase positive except dysenteriae type 1.
  • Methyl red positive
  • VP negative
  • Urease negative
  • Citrate negative
  • Oxidase negative
  • No production of H2S
  • sonnei is a late lactose fermenter.

Image result for salmonella and shigella XLD


Classification: based on biochemical and antigenic characteristics.

  1. Subgroup A: S. dysenteriae: 15 serotypes:
  2. Subgroup B: S. flexneri: 8 serotypes.
  3. Subgroup C: S. boydii: 19 serotypes
  4. Subgroup D: S. sonnei: only one serotype

Taxonomy

Family Enterobacteriaceae

  1. Shigella dysenteriae: most serious form of bacillary dysentery (Shiga toxin)
  2. Shigella flexneri: shigellosis in underdeveloped countries
  3. Shigella sonnei: shigellosis in developed countries
  4. Shigella boydii: Less frequently isolated from dysentery patients.

Virulence factors:

  • Plasmid antigens: Effectors of plasmid transmit from the bacterial cytoplasm to epithelial cell cytoplasm of the colon.
  • Invasiveness: Virulent Shigella penetrate the mucosa and epithelial cells of the colon in an uneven manner. Intracellular multiplication leads to invasion of adjacent cells, inflammation, and cell death. Cell death is probably due to cytotoxic properties of shiga toxin that interfere with protein synthesis. The cellular death and resulting phagocytosis response by the host account for the bloody discharge of mucus and pus and shallow ulcers characteristic of the disease.
  • Other toxins: It has a Shiga toxin which may be neurotoxic, cytotoxic, and enterotoxin. The enterotoxin property is responsible for watery diarrhea. 

Clinical symptoms

Ranges from asymptomatic infection to severe bacillary dysentery

Two-stage disease: watery diarrhea changing to dysentery with frequent small stools with blood and mucus, tenesmus, cramps, fever

Early stage:

  • Watery diarrhea attributed to the enterotoxic activity of Shiga toxin
  • Fever attributed to neurotoxic activity of toxin

Process involves:

  • Ingestion
  • Non-invasive colonization and cell multiplication
  • Production of the enterotoxin by the pathogenic bacteria in the small intestine;

 Second stage:

  • Adherence to tissue invasion of large intestine
  • Typical symptoms of dysentery
  • Cytotoxic activity of Shiga toxin increases severity

Pathogenesis

  • Source: Man: Case or carrier.
  • Mode of spread: Contaminated  fingers, food, flies, fomites
  • Person to person transmission
  • Infective dose: 10-100 viable bacilli
  • Highest concentration in stool during early/acute infection 103 to 109 viable bacilli per gram of stool

Laboratory diagnosis

Sampling: fresh stool, mucus flakes, and rectal swabs

Selenite F broth(0.4%) is used as enrichment and transport media (for 9-12 hours)

Culture media: Non-Selective Bromocresol purple lactose agar, Low selective MacConkey agar, High selective Deoxycholate citrate agar and SS agar.


Reservoir: Man only

Transmission: Faeco-oral route

Distribution: Developing country: S. flexneri

Developed country; S. sonnei

Treatment and control:

Ciprofloxacin, Fluoroquinolone,  Azithromycin, Pivmecillinam, Ceftriaxone

  • Preventing infected individuals from handling food
  • Thoroughly washing hands after changing and disposing of an infant’s diaper
  • Disinfecting surfaces handled by infected individuals
  • Not allowing infected children to play in community swimming areas
  • If traveling, consuming boiled or filtered water, fruits peeled by self and hot meals
  • Proper storage of food

Visit: www.chakrapanibhandari.com.np

Leave your comment below or mail at chakra.jwala@gmail.com

Posted in Health/wellness, Many More

यी हुन् शरिरमा क्यान्सर रोग भए/नभएको पत्ता लगाउने ७ तरिका

-डा. बराल

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए ।
क्यान्सर अर्थात अर्बुद रोगबारे शनिबार लियो क्लब अफ काठमाडौं जोरपाटीद्वारा आयोजित सचेतनामुलक कार्यक्रमलाइ सम्वोधन गर्दै डा. बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन सके सजिलै निको पार्न सकिने जानकारी दिए ।

उनले नेपालमा पुरुषहरुमा सबै भन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरुमा सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरु भएको बताए  ।

सामान्यतया शरीरकाका विभिन्न अंगहरुमा कोषीकाको अनियन्त्रीतवृद्धी हुनुनै क्यान्सर हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८२ लाख व्यक्तीको मृत्यु क्यान्सर रोगबाट मृत्यु हुने गर्दछ भने २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गर्दछ । क्यान्सर जुनसुकै उमेरका व्यक्तीमा जुनसुकै भागमा पनि  हुने गर्दछ । विश्वव्यापी रुपमा १३ प्रतिशत मृत्यु क्यान्सरका कारणले हुने गरेको पाइन्छ ।

डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ

१)निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा

२) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा

३)शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा

४)उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा

५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा

६)दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा

७) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

 

Source:karnalikhabar

Posted in Health/wellness, Many More, Microbiology, Pharmaceutical Microbiology

एन्टिबायोटिक रेसिस्टेन्ससँग लड्न नेपालले के गर्ने ?

-डा. समीरमणी दीक्षित (सबैको जानकारीको लागि स्वास्थ्य खबरबाट साभार)

how-ar-happens

जनस्वास्थ्यको पाटोबाट हेर्दा, मानिसले खाने एन्टिबायोटिक कसरी खाइरहेका छन् ? त्यसमा कसको पहुँच छ ? राज्यले एन्टिबायोटिक प्रेस्किप्सनमा ध्यान दिएको छ कि छैन ? हामी आफैँ पनि सुसूचित छौँ कि छैनौँ ? भन्ने पक्षबाट हेरिनुपर्छ ।

यसैगरी, जनावरमा मनोमानी ढंगले एन्टिबायोटिकको प्रयोग भइरहेको छ । त्यो एन्टिबायोटिक लिएको जनावरको उत्पादन हामीले खाँदा (मासुजन्य पदार्थ) एन्टिबायोटिक रेसिस्टेन्स ब्याक्टेरिया हामीले लिइरहेका छौँ कि छैनौँ ? मानव शरीरमा सरेको छ कि छैन भनेर हेर्नुपर्छ ।

एन्टिबायोटिक रेसिस्टेन्स नेपालमा मात्रै होइन विश्वव्यापी समस्या बन्दै गइरहेको छ । केही समययता विकसित र विकासोन्मुख मुलुकमा एन्टिबायोटिकको प्रयोग यसरी गरियो कि त्यसैले समस्या निम्त्याउँदै छ । बेलैमा सोचिएन भने, हामीले भोग्ने समस्या भयावह हुन समय लाग्दैन । चिकित्सकहरुले सामान्य भन्दा सामान्य समस्यामा एन्टिबायोटिक सिफारिस गरिदिए भने परिणाम आगामी दिनमा भोग्नुपर्ने हुन्छ ।

बालबालिकाहरुमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा गरियो । स–साना रुघाखोकीमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा भयो । कुनै थाह नै नभएको रोगमा पनि सोझै एन्टिबायोटिक प्रयोग गरिदिए । रोगको पहिचान हुनुभन्दा पहिले नै एन्टिबायोटिक सिफारिस गर्न थालियो । अल्पविकसित र विकासोन्मुख मुलुकमा यो समस्या बढ्दो छ । किनकि यस्ता मुलुकमा रोगको पहिचान गर्ने प्रणाली निकै कमजोर छ । हामीहरु भ्याक्सिन त्यति धेरै प्रयोग गर्दैनौँ । भ्याक्सिनको प्रयोग ज्यादा हुने मुलुकहरुमा रोग कम लाग्ने भएकाले एन्टिबायोटिकको प्रयोग पनि कम हुन्छ ।

नेपालको सन्दर्भमा हेर्दा खोप अभियान प्रभावकारी बन्न सकेको छैन । खोपको प्रयोग प्रभावकारी हुन नसकेपछि रोगको समस्या बल्झिन्छ । फलतः एन्टिबायोटिकको प्रयोग बढेको छ । यसैगरी, रोगको पहिचानका लागि ‘डाइग्नोसिस’ गर्ने प्रणाली पनि कमजोर छ । कतिपय अवस्थामा जाँचका लागि विदेशमा पठाउनुपर्ने बाध्यता हुन्छ । एक हप्तासम्म लाग्छ । एक साता त्यो बिरामीले के गरेर बस्ने ? अनि डाक्टरले रिपोर्ट आउनुभन्दा अघि नै एक्टिबायोटिक सिफारिस गरिदिन्छ । जे पर्लापर्ला भनेर उसले एन्टिबायोटिक दिइहालेको हुन्छ ।

हामीकहाँ देखिने रोगसँग जोडिएका अधिकांश समस्या ब्याक्टेरियासँग सम्बन्धित छ । एक्टिबायोटिक दिएपछि रोग कम हुन्छ । बिरामी पनि खुसी । डाक्टर पनि खुसी । यस्ता कारणबाट जनताले एन्टिबायोटिक बदाम खाएझैँ खाइरहेका छन् । बजारमा बदाम र एन्टिबायोटिक किन्नुमा कुनै भिन्नता छैन । बदाम र एन्टिबायोटिक दुवैलाई प्रेस्किप्सन चाहिँदैन । फरक यत्ति हो, बदामभन्दा एन्टिबायोटिक महँगो छ ।

अर्कोतर्फ उपभोक्ता पनि उत्तिकै दोषी छन् । डाक्टरले पाँच दिन भनेर एन्टिबायोटिक सिफारिस गरेको हुन्छ । त्यसको निश्चित समयसीमा हुन्छ । तर हामी भने दुई दिन खाएपछि ठिक लागेजस्तो भयो भनेर छाडिदिन्छौँ । जस्तोः डाइरिया हुँदा एन्टिबायोटिक लिइन्छ । दुई दिनमा नै निको हुन्छ अनि एन्टिबायोटिक छाडिन्छ । पूरै मात्रामा लिने त नगन्य नै हुन्छन् ।

पूर्ण अवधिभर एन्टिबायोटिक नखाँदा सबै ब्याक्टेरिया मर्दैनन् । ती पछि झन् बलिया भइदिन्छन् । मानवभन्दा अघि संसारको अस्तित्वमा रहेका ब्याक्टेरियाहरु आफू जोगिन विभिन्न उपाय अपनाउँछन् । शरीरमा बाँकी रहेका १० वटा ब्याक्टेरिया एक महिनामा नै करोडौं भइदिन्छन् । ती शाखा सन्तान ब्याक्टेरियाहरु आफैँले एन्टिबायोटिक नझेले पनि त्यसको प्रतिरोधका लागि तयार भएर बसेका हुन्छन् । किनकि तिनीहरुले ‘जेनेटिक इन्फरमेसन’ पास गरिसकेका हुन्छन् । अर्को पटक हामीलाई फेरि त्यही रोग लाग्यो भने पुरानै एन्टिबायोटिकले निको हुने सम्भावना कम हुन्छ । त्यसपछि डाक्टरले अझै सशक्त एन्टिबायोटिक दिन थाल्छ । यसरी नयाँ एन्टिबायोटिक पचाउँदै ब्याक्टेरिया सशक्त हुँदै जान्छ र एक दिन कुनै एन्टिबायोटिकले पनि नछुने अवस्थामा पुग्छ । यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भनिन्छ ।

टिबी, डिसेन्ट्री, कलेरा लगायतका रोगमा ब्याक्टेरियाले आफूलाई हिजोको तुलनामा निकै सशक्त र जब्बर बनाएका छन् । अस्पतालमा हुने संक्रमणमा पनि यस्तै घटना सुनिन्छ । यसमा चिकित्सकहरु, नीति निर्माता, अस्पताल प्रशासन र हामी सबैको चासो हुनु अनिवार्य छ ।

धुलोको काणमा पनि ब्याक्टेरियाहरु हुन्छन् । हामीले हाच्छिउँ गर्दा र सास फेर्दा शरीरबाट निस्किएका ब्याक्टेरियाहरु वायुमण्डलको धुलोमा मिसिएका हुन सक्छन् । दोस्रोकुरा, सडकमा जथाभावी फालिने मलमुत्रमा रहेका ब्याक्टेरिया पनि विभिन्न कारणले धुलोसँगै टाँसिएर वायुमण्डलमा डुलिरहेका हुन सक्छन् । एन्टिबायोटिक रेसिस्टेन्सका कारण मानिसको शरीरबाट निस्किएका ब्याक्टेरिया यस्तै धुलोको कणमा मिसिएर अरु मानिसमा सरेमा स्थिति भयावह हुन्छ ।

केही वर्षयता काठमाडौँमा बढ्दो धुलोमा फैलिएका ब्याक्टेरियाले विभिन्न रोगको जोखिम बढाएका छन् । दमको बिरामी बढ्नुको कारण पनि धुलो हो ।

न्टिमाइक्रोबियल ब्याक्टेरिया पनि एक अर्कामा सर्ने क्रम बढ्दो छ । एकै ठाँउमा निस्क्रिय रहने ब्याक्टेरियाहरु पनि धुलोको कणका कारण हाम्रो वातावरणमा फैलन अनुकुल भएको छ ।

अचेल कुखुरा व्यवसायीहरुले पनि कुखुरालाई एन्टिबायोटिक खुवाउने चलन छ । त्यसको रेसिस्टेन्स भएका ब्याक्टेरियाहरु कुखुरामा रहेका हुन्छन् । कथंकदाचित त्यो कुखुरा मारेर फालिएमा वा नपाकेको मासु खाएमा एन्टिबायोटिक रेसिस्टेन्स भएको ब्याक्टेरिया मानव शरीरमा सर्ने अवस्था हुन सक्छ ।

एन्टिबायोटिकका सन्दर्भमा अहिले प्रेस्किप्सनको कुरा उठेकै छैन । प्रेस्किप्सनबिना एन्टिबायोटिक दिन नपाउने नियम बन्न जरुरी छ । बल्ल अहिले नियम बन्न लागेको छ । औषधी व्यवस्था विभागले जुन मन लाग्यो, त्यो एन्टिबायोटिकलाई स्वीकृति दिनु भएन । प्रेस्किप्सनबिना एन्टिबायोटिक दिन नपाउने नियम मात्रै कडाइका साथ कार्यान्वयन हुने हो भने धेरै समस्याको समाधान हुने थियो । १६ वर्षदेखि बजारमा नयाँ एन्टिबायोटिक आएकै छैनन् । यो अवधिमा संसारभर नयाँ एन्टिबायोटिकको आविस्कार भएको छैन । फस्ट, सेकेन्ड, थर्ड जेनेरेसन, लास्ट रिसोर्टका नाममा मात्रै एन्टिबायोटिकहरु बजारमा प्रचलित छन् ।

विभागले कति एन्टिबायोटिक केका लागि बेचिरहेका छन् भनेर अनुसन्धान र जाँच गर्नुप¥यो । डाक्टरको प्रेस्किप्सनमा पनि परीक्षण हुन जरुरी छ । कुन डाक्टरले कति एन्टिबायोटिक किन सिफारिस गरेको छ भन्ने नियमन हुन आवश्यक छ । यहाँसम्म कि फर्मास्युटिकल कम्पनीहरुले पनि एन्टिबायोटिक उत्पादन र खपतमा संवेदना अपनाउनुपर्छ । कोटा तोकेर महिनामा यति चलाइदिए कमिसन दिन्छु भन्नु भएन । कमिसनको लोभमा डाक्टरले चलाउनु भएन ।

एएमआरको सवालमा हामीले मानवका साथसाथै पशुपंक्षीलाई पनि एकसाथ हेर्न आवश्यक छ । त्यसलाई ‘वानहेल्थ’का रुपमा हेर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले यो शब्दलाई सम्बोधन गर्न सकेको छैन तर पशुपंक्षी मन्त्रालयले यसरी हेर्न थालिसकेको छ । विकसित मुलुकमा पनि वानहेल्थको अवधारणा अगाडि राखेर नीति बनाउन थालिसकेका छन् । अब स्वास्थ्य मन्त्रालयले पनि यसरी हेर्न जरुरी छ । अबका रोगहरु र जनस्वास्थ्यमा चुनौती दिने विषयहरु मानिसबाट मानिसमा सर्ने मात्रै होइन, पशुपंक्षीबाट पनि उत्तिकै रुपमा मानवमा सरिरहेका छन् । यसतर्फ सम्बोधन हुन आवश्यक छ ।

(दीक्षित ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पाटर्नसिप कार्यक्रमका निर्देशक हुन्)

यो पनि पढ्नुहोस्