Posted in Many More, Travel

Biodiversity Conservation Nepal

-Ganesh Paudel | Rising Nepal

Why Nepal is unique in the world.

Nepal’s unique geography, with its remarkable changes in elevation and associated variation in eco-climatic conditions, has given rise to a unique, rich biodiversity. In addition, the country’s location, lying as it does between two major biogeographic regions – the tropical Indomalaya ecozone and temperate Palearctic ecozone – has made Nepal a place that harbours species originating from both the regions.

A total of 118 different ecosystems have been identified in Nepal, including 112 forest ecosystems, four cultivation ecosystems, one water body ecosystem and one glacier/snow/rock ecosystem. Nepal is ranked 25th and 11th positions in biodiversity richness in the world and Asia, respectively. Nepal occupies about 0.1 percent of the global area but harbours 3.2 per cent and 1.1 per cent of the world’s known flora and fauna, respectively. About 5.2 per cent of the world’s known mammals, 9.5 per cent birds, 5.1 per cent gymnosperms and 8.2 per cent bryophytes are reported in Nepal. A total of 284 species of flowering plants, 160 animal species and 14 species of herpetofauna are reportedly endemic to Nepal. The diverse climatic and topographic conditions have also favoured ximum diversity of agricultural crops, their wild relatives and animal species.

Biodiversity is closely linked to the livelihoods and economic well-being of most Nepalese people. Biodiversity relates to almost every aspect of Nepalese life, including agricultural productivity, food security, building materials, human health and nutrition, indigenous knowledge, gender equality, culture, climate, water resources and aesthetic value for society. The economy of Nepal is very much dependent on the use of natural resources. The country’s biodiversity is also an important source of revenue.

Biodiversity is a source of a range of goods and services. These are also considered low cost and locally suitable adaptation measures to moderate the negative impacts of climate change.

Continued efforts

For the first time, Nepal established the Chitwan National Park in 1973 for the conservation of biodiversity. Since then 10 National Parks, 6 Conservation Areas, 3 Wildlife Reserves and 1 hunting reserve covering 23.23% land area of the country have been established in Nepal. Nepal has several policies for the conservation of biodiversity. The National Parks and Wildlife Conservation Act, 1973, Forest Act, 1993 and subsequent regulations have been effective policy instruments for biodiversity conservation.

Nepal is also a party to the Convention on Biological Diversity (CBD), 1992 and has submitted five reports to the CBD. In an effort to promote biodiversity conservation, Nepal has prepared the National Conservation Strategy, 1988, Nepal Biodiversity Strategy, 2002 and its implementation plan 2006. The National Biodiversity Strategy and Action Plan 2014 has been prepared with a vision of “conservation of biodiversity for sound and resilient ecosystems and national prosperity”.

A landscape management approach has been adopted for the effective conservation of biodiversity through the promotion of participatory protected area management programmes for improved management of biodiversity and livelihoods enhancement. Regular population monitoring of some important wildlife species such as the rhino, elephant and tiger has been carried out. Increased rhino population in the recently completed rhino census is a sign that biodiversity conservation programmes have been satisfactorily carried out.

Conservation of biodiversity takes place also outside the protected area with the active participation of the people. Community forests, especially in the mid-hills, have been restoring the forest ecology, which eventually will result in biodiversity conservation. The Forest Policy, 2071 also gives priority to biodiversity conservation with the active participation of people.

Nepal’s biodiversity is threatened by multiple factors. Nepal’s Fifth National Report to the Convention on Biological Diversity identified loss and degradation of natural habitats, such as forests, grasslands and wetlands due to the expansion of settlements, agriculture and infrastructure; overexploitation; invasion by alien species; and pollution of water bodies as the  predominant threats to biodiversity.

Poaching and illegal wildlife trade and human-wildlife conflict are other major direct threats to forest biodiversity, particularly in the protected areas. Rapid expansion of hybrid varieties and improper use of insecticides and pesticides are major threats to agro-biodiversity. Widespread and unsustainable mining of gravel from the streams and rivers beds has emerged as a major threat to wetland biodiversity.

Mountain ecosystems are threatened by natural disasters such as landslides, glacial lake outburst floods and drought. Climate change can have profound impacts in the future, particularly on mountain ecosystems. Besides these proximate causes, some underlying causes of biodiversity loss have also been identified. Demographic changes, poverty, weak enforcement of the laws, poor governance, ignorance about biodiversity values in the government and corporate accounting systems, inadequate awareness and motivation to conserve biodiversity, gender, caste and ethnicity based inequality, and lack of an integrated approach to development planning at the national and district levels are major underlying factors contributing to the threats.

Way Forward

From the past biodiversity conservation projects and programmes, it has been revealed that the meaningful participation of local communities in biodiversity conservation is a key to ensuring sustainability of biodiversity conservation programme interventions. In the coming days, people’s participation should, therefore, be increased in the biodiversity conservation programmes.

The landscape approach should be further promoted for addressing multiple drivers of biodiversity loss. Cooperation and collaboration between the multi-stakeholders is crucial to achieving success in biodiversity conservation. Human-wildlife conflict should be minimised through the enforcement of effective policy and institutional measures. Sometimes problems arise due to uncoordinated action among the law enforcement agencies, and hence cooperation between them is necessary for curbing the illegal trade of wildlife species.

The practice of holding prior consultation and discussion with the local communities is necessary before making any important decision that affects the local communities’ use of local resources. Biodiversity conservation without addressing the people’s livelihood is impossible, so the biodiversity conservation issue should be linked to people’s livelihood for sustainable conservation.

Conserving biodiversity is neither the task of only the government and conservationists nor is it possible only from them. Collective effort of all of us, both individually and institutionally, is needed for biodiversity conservation.

Posted in Gulmi News, Many More, Travel, Writing/Blogging

कालिगण्डकी करिडोर; समृद्धिको बाटो बन्दै

घनश्याम गौतम, तम्घास, नेपाल म्यागेजिन
अर्बेनी–७, गुल्मीका भीमलाल न्यौपाने, ७२, लाई अहिले सदरमुकाम तम्घास आउन स्याङ्जा–पाल्पा हुँदै दुई जिल्ला घुम्नुपर्दैन । आफ्नै दैलोअगाडि गाडी चढेर चार घन्टामै सदरमुकाम पुग्छन् । उनी भन्छन्, “बाँदर लड्ने भीरको बाटो पैदल हिँडेर तम्घास पुग्नुपथ्र्यो । यति छिटो देखिएको यो परिवर्तन कहिलेकाहीँ त सपनाझैँ लाग्छ ।”

तम्घासबाट करिब ८० किलोमिटर पूर्वमा रहेका हर्मिचौर, अर्बेनी, जयखानी, पूर्तिघाट, खड्गकोटजस्ता एक दर्जनभन्दा बढी गाविसलाई कालीगण्डकी करिडोरले सुगम बनाइदिएको छ । करिडोरको गुल्मीको रिडीदेखि पूर्तिघाटसम्मको ट्रयाक खुलेपछि यस क्षेत्रका गुल्मी, स्याङ्जा, पर्वत र बाग्लुङका बासिन्दाको दैनिकी र जीविका नै फेरिँदै छ । गुल्मी खण्डको ४५ किलोमिटरको ट्रयाकमा अहिले साना–ठूला सवारी साधन चल्न थालेका छन् । यो खण्ड बाग्लुङको सिमाना खड्गकोटको बरल्वासम्म जोडिन्छ ।

लामो समय अल्झिएको यो खण्डको काम करिब ५० करोड रुपियाँ खर्चेर नेपाली सेनाले सकेको हो । ०३९ देखि नै ट्रयाक खोल्ने प्रयास सुरु गरिएको थियो । ०५७ मा हर्मिचौरमा कालीगण्डकी करिडोरको शिलान्यास भएपछि यसले तीव्रता पाउने अपेक्षा गरिएको थियो । तर, विभिन्न बहानामा काम ढिलो भयो र अन्तत: तीन वर्षअघि नेपाली सेनालाई जिम्मा दिइयो । करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराई भन्छन्, “३४ वर्षदेखि अलमलमा परेको ट्रयाक हामीले ३ वर्षमै खोल्न सफल भयौँ ।”

कालीगण्डकी करिडोरका रूपमा काम सुरु हुनुपूर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रूपमा देशभर आठवटा उत्तर–दक्षिण करिडोरको परिकल्पना गरेको थियो । मुस्ताङको कोरलाबाट बेनी, कुस्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया जोड्ने योजना थियो । पछि कालीगण्डकी करिडोर योजना अगाडि सारिएपछि राम्दी पुल, गुल्मीबाट कालीगण्डकी किनारैकिनार नवलपरासीतर्फ काम सुरु भयो भने पाल्पा–बुटवल खण्डमा थप काम हुन पाएन । “उत्तर–दक्षिण व्यापार मार्गका रूपमा गैँडाकोट पुग्नुभन्दा पाल्पा हुँदै बुटवल झरेर भारतको सुनौली पुग्नु धेरै छोटो पर्छ,” सडक विभागका सहसचिव गोपाल सिग्देल भन्छन्, “तर, गैँडाकोटसम्मको १ सय ३० किलोमिटर सडकले नदी किनारका फाँट र दुर्गम गाउँहरूलाई दिने पहुँचलाई नजरअन्दाज गर्न मिल्दैन ।”

गुल्मी खण्डमा ट्रयाक खोल्ने काम सकेर अहिले सेनाले बाग्लुङको छिस्तीदेखि टुटुंगासम्मको २६ किलोमिटर खण्डमा काम गरिरहेको छ । टुटुंगादेखि बाग्लुङको बलेवा विमानस्थल हुँदै मालढुंगासम्मको १४ किलोमिटर ट्रयाक यसअघि नै खोलिसकिएको छ । “२६ किलोमिटरको काम पूरा भएपछि गुल्मीको रिडीदेखि मुस्ताङसम्म सजिलै पुग्न सकिन्छ,” प्रमुख सेनानी भट्टराई भन्छन् ।

 contact for perofessional web development

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । २२ अर्ब रुपियाँ लागत अनुमान गर्दै सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर ०५९ देखि निर्माण सुरु गरेको थियो । त्यतिखेर २० वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । योजना अनुसार आगामी पाँच वर्षभित्र करिडोरको जोमसोम–कोरला खण्डमा ग्राभेल र बाँकीमा पिच सम्पन्न हुँदै छ । “गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्‍याउने सडकको अवधारणा हो,” करिडोर सरोकार समितिका प्रवक्ता टीकाराम ढकाल भन्छन्, “पाल्पा खण्डको काम अझै बाँकी रहँदा करिडोर पूर्ण हुन सकेको छैन । र, काम नसकी उद्देश्य पूरा गर्न सकिँदैन ।”

यो करिडोर सम्पन्न भएपछि पश्चिमाञ्चल विकास क्षेत्रका ६ जिल्लाका दुर्गम भेगमा यातायात जोडेर तिनलाई सुगम मात्र बनाउने छैन, हिमालदेखि पहाड र तराई हुँदै व्यापार विस्तारसमेत गर्ने अपेक्षा गरिएको छ । नवलपरासीको गैँडाकोटदेखि पाल्पाको राम्दी, पीपलडाँडासम्मको १ सय ३० किलोमिटर खण्डमा ट्रयाक खुलिसकेको छ । पाल्पाको राम्दीदेखि अर्गलीसम्मको ३३ किलोमिटर खण्डमध्ये तीन सय मिटरमा मात्र ट्रयाक खुल्न बाँकी छ, जसमा काम सुरु भइसकेको छ । यो आर्थिक वर्षमै बेलहियादेखि कोरलासम्म ट्रयाक जोडिएपछि स्तरोन्नतिको काम हुने अधिकारीहरू बताउँछन् ।


हिमालदेखि भारतको त्रिवेणीसम्म नुन बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महत्त्व राख्ने करिडोर निर्माणका अगुवा एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली बताउँछन् । भन्छन्, “हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्ने एउटै मार्ग हुनु नै पनि यसको एउटा महत्त्वपूर्ण पक्ष हो ।” प्राचीन र धार्मिक महत्त्वसँगै करिडोर निर्माणले तीन अञ्चल र ६ जिल्लाका १० लाख ३० हजार जनसंख्यालाई सीधा सडक सञ्जालमा जोड्नेछ । अहिले निर्माण भइरहेको सडकको चौडाइ साढे सात मिटर छ । कालीगण्डकी तटीय क्षेत्र हुँदै निर्माण भइरहेकाले कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले योगदान गर्ने आशा गरिएको छ ।

सरोकार समितिका प्रवक्ता ढकाल भन्छन्, “हिमालको काखबाट बग्दै आएको कालीगण्डकीको तटीय क्षेत्रको प्राकृतिक सौन्दर्य, झरना र धार्मिक सम्पदा, सांस्कृतिक पर्यटनको प्रचार–प्रसार र विकासमा समेत करिडोरले महत्त्व राख्नेछ ।”

यो पनि पढ्नुहोस्

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Travel

रुरु क्षेत्र परिचय

पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परिचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल हो।

(रुरु परिचय: भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्)

पश्चिम नेपालको ब्यापारिक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ।


यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तानसेन हुँदै आउन सकिन्छ। यहाँ आउन सबै प्रकारका निजी तथा भाडाका सवारी साधन पाउन सकिन्छ। साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थल देखी बुटवल हुँदै आउन सकिन्छ। पक्की सडक,सन्चार,बिद्युत,होटल,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरूले यो ठाउँ सुगम बनेको छ।


कालीगण्डकीको तटमा अबस्थित यो ठाउँमा १८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको थियो। जसका कारण यहाँका ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरू सहित ठुलो धनजनको क्षती हुन पुगेको थियो।


सो महाबिनास पछी बनेका नयाँ घरहरू,मन्दिर,पाटी,पौवा तथा बगैचाहरूले यो ठाउँलाई ब्यबस्थित बनाउनुका साथै यस्को सौन्दर्यता समेत थपेको छ। कालिगण्डकीको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ, भने श्रीस्वस्थानीमा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ।


नेपालका चार धार्मिक क्षेत्रहरू(रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एकक्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ।


बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै ‘नेपालको बनारस’भनी टिप्पणी गरेका छन्।


भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परिचित छ। यहाँ चक्र तथा बिभिन्न आकारका दुर्लभ शालिग्रामहरू पाइन्छ। त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछन्। मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सबमा २ दिन भब्य मेला लाग्ने गर्दछ। यहाँको माघेसंक्रान्ति मेला देश कै सबैभन्दा ठुलो मध्येको एउटा मेला हो।


साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ ठुलो मेला लाग्ने गर्दछ। एक कोशीय क्षेत्रफल भित्रै यहाँ करीब ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ जुन बिश्व सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ।


यिनै भगवान ऋषीकेशको बिराजमान, कालीगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्र बिशिस्ट धार्मिक पहिचान बनेको छ। यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी,पाल्पा,स्याङ्जा, अर्घाखाँची,बाग्लुङ, रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ। यहाँ सडक यातायातको सुबिधा हुनपूर्व पनि मानिसहरू आफैले बोकेर तथा खच्चडको माध्यमबाट सामानहरूको ढुवानी गर्दथे।


प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्दथ्यो। गुल्मी जिल्लाको प्रवेशद्वार रहेको यो ठाउँ हुँदै अर्घाखाँची, बाग्लुङ र स्याङ्जा जिल्लालाई सडक यातायातले जोडेको छ। हाल देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा यहाँ खेर गएको खोलाको पानीबाट २.४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोडसेडिङ मुक्त क्षेत्र बनाइएको छ। यहाँको अर्को विशेषता भनेको ऐतिहासिक पक्ष हो।


  इतीहासमा पाल्पाली राजा मणीमुकुन्द सेन, भिमसेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरूको प्रमुख गन्तव्य रहेको बताइन्छ। साथै भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छ्न्। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पबास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ। 


“रुरुक्षेत्र” यो ठाउँको पौराणिक नाम हो। यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बिच मतभेद रहेको पाइन्छ। रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। पछि ‘रुरुक्षेत्र’ शब्द अपभ्रंश भई ‘रिडी क्षेत्र’ बन्न गएको भन्ने मान्यता पाइन्छ।


रुरु क्षेत्रका बारेमा विभिन्न धार्मिक मान्यताहरु रहेका छन्। मानिस जन्मदै तीन वटा ऋण: १. देव ऋण, २. पितृ ऋण र ३. ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको संगम अर्थात दोभानमा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रंस भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ।


त्यस्तै अर्को मान्यता अनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा ‘री’भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (काली गण्डकी )भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ।


##पौराणिक गाथा:
धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगण्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्न थाले। अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए।


जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भए। उनको सुन्दरताप्रति बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीई संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। यो कुराको वास्तविकतालाई बुझे देवदत्त छाँगा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‘जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग (भ्रिगुतुमको)को दर्शन गर्ला उसले शिद्धी प्राप्त गर्नेछ’ भनी भगवान शिव अन्तरध्यान भए। प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए। संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहन गयो।


पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नुभयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बरदान दिनुहुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस् र मेरो नामबाट यो क्षेत्र प्रशिद्ध होस्।” उनको यस्तो प्रार्थना सुनी भगवानलेभन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ।


‘यो क्षेत्रमा जसले स्नान गरेर चतुरबाहु  ऋषिकेशको दर्शन गर्छन् त्यसले मुक्ति पाउनेछ’ भनी भगवान अन्तरध्यान हुनुभयो।


भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो। पश्चिमनेपालको तानसेन बजारदेखि उत्तर-पश्चिममा गुल्मी र पाल्पाको सिमान बाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थापित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ। रिडी, यस क्षेत्रको प्रमुख बजार हो ।

रिडि माघेसंक्रान्ति मेलाको भिडियो हेर्नुहोस्: यहाँ क्लिक गर्नुहोस्।

माथि देखाएका मन्दिरहरुका तस्बिर रुरु नेटवर्कको वेबसाईटबाट लिइएको हो। उपरोक्त मन्दिरहरुको बारेमा थप जान्न चाहेमा यहाँ क्लिक गर्नुहोला।

* रामनाम स्तुपा
* रुरुकन्या मन्दिर(ऋशिकेश परिसर)
* राधा कृष्ण मन्दिर
* शान्तभक्तेश्वर, शेरभक्तेश्वर, शान्तमुक्तेश्वर
* कालिका मन्दिर
* बिष्णु मन्दिर
* कञ्चनेश्वर महादेव
* भिर्गुतुङ्गेश्वर महादेव
* राम मन्दिर
* भगवती मन्दिर(रातामाटा)
* औरर्वाश्रम शिद्ध मन्दिर(अर्गली)
* कालिका मन्दिर(भटकुवा)
लगायत ४० भन्दा बढी मन्दिरहरु रहेका छन्।


यो पनि हेर्नुहोस
» एकपटक घुम्नैपर्ने रुरुधाम (अन्नपूर्ण पोस्ट डट कम)
» रुरु क्षेत्रका रोचक तथ्यहरु (इकरुवा डट कम)
» ऐतिहासिक महत्वले भरिपूर्ण रुरु  क्षेत्र ओझेलमा (सेतोपाटी डट कम)
» नेपालको बनारस रूरू (रिडी) क्षेत्र : ‘हिजो आज र भोली’    (नागरिक आवाज डट कम)
» Documentary of Ruru Kshetra (
» रुरु क्षेत्र रिडीको जानकारी      (रुरुधाम डट कम)

Posted in Travel

My Mt. Everest

Travel Nepal!! Nepal is no. 1 in tourism.

The Wallflower Wanderer

The tallest, fiercest beast of rock, ice and snow on the planet goes by many names. 

If you’re the average Nepali, you’ve grown up calling it Sagarmāthā, meaning “forehead in the sky.” If you’re a native speaker of the Tibetan languages, it is the “mother of the world” or, Chomolungma. But those of us who have not had the rare pleasure of casting our eyes from a young age upward toward the behemoth, which rises like a ghost from the Mahalangur mountain range — we know it as Mt. Everest.

Mt. Everest-1-2

It’s 5:45am and I’m making my way in darkness toward the nearest main road from my Airbnb in the Lainchaur neighborhood of Kathmandu.

The simple but sturdy four-story concrete home is buried deep in a pocket of squiggling half-paved, half-dirt streets that don’t appear to have names. Many are scarcely wide enough for a single car to pass people on foot.

Even at this early hour, when I reach the big…

View original post 999 more words

Posted in Travel

पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा


यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो। १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ ।


वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ।

नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ

। रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं,एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा  श्रीलंका दशौं नम्बरमा छन् ।
स्रोत: उज्यालो अनलाइन
follow> फेसबुक & ट्विटर