Posted in Gulmi News, Many More, Writing/Blogging

जनप्रतिनिधिका आकांक्षीहरु ! सपना होइन न्युनतम आवस्यकता पूरा गरेर बसाइसराइ रोक

चक्र भण्डारी
राष्ट्रिय सहमति जुटाएर दोश्रो चरणमा गर्ने भन्दै सरकारले जेठ ३१ गतेका लागि तोकेको ५ नम्बर प्रदेशसहित १, २ र ७ नम्बर प्रदेशको स्थानीय निकायको चुनावको मिति “असार १४” अझै पनि अन्योलमै छ । सरकारले मधेस केन्द्रित दललाई अझै मनाउन नसकिरहेको भएतापनि यस क्षेत्रको चुनावी सरगर्मी भने निकै बढेको छ ।

चुनावले हाम्रो जिल्ला गुल्मी पनि तातेको छ, माहोल रमाइलो बन्दै छ । जनमतलाई आफ्नो पक्षमा पार्न दलहरुका स्थानीय नेताकार्यकर्ताहरुले बलबुताले भ्याएसम्मको प्रयास गरिरहेका छन् । स्थानीय निकायमा आफ्नो पार्टीको उपस्थितिलाई बलियो बनाउन जिल्लाका केन्द्रियस्तरका नेताहरु पनि अहिले लागिपरिरहेका छन् । दलका नेताकार्यकर्ताहरुले जनताको ध्यान खिच्न राष्ट्रिय मुद्दासंग आफूलाई जोड्ने पनि गरेका छन् । कतिपय दलले ‘आफ्नो पार्टीको सरकारको पालोमा संबिधान जारि भएको’ भन्दै आफूलाई भोट गर्न भनेका छन् त कोहि दलले आफूलाई ‘वृद्दभत्ता सुरु गर्ने दल’ भनेका छन् भने कोहि ‘लोडसेडिङ अन्त्यको जस’ आफूलाई दिँदै भोट मागिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा कुन पार्टीले के गरे, कुन पार्टीको मुद्दा कस्तो भन्नुले स्थानीय निकायमा कमै फरक पार्छ । कम फरक यस अर्थमा पार्छ कि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको अधिकार क्षेत्र स्थानीय तह मात्र हो । त्यसैले हरेक मतदाताले दलहरु भन्दा पनि स्थानीय उमेदवारलाई उनीहरुले उठाएका मुद्दा हेरेर अत्यन्त विवेकी भएर आफ्नो मतको प्रयोग गर्नुपर्छ । हाम्रो जस्तो अशिक्षित समाजमा अझैपनि ‘दलहरुका चुनाव चिन्हका गुणका आधारमा’ भोट दिइन्छ अर्थात त्यसरी नै भोट गर्न अशिक्षित दिमागमा मनोवैज्ञानिक प्रभाव पारिन्छ ।

एमालेलाई भोट किन दिने भन्दा ‘सुर्यले उज्यालो दिन्छ त्यसैले’ वा कांग्रेसलाई भोट दिने भनेको ‘रुखले सितल दिने भएर’ …..। सुर्यको उज्यालो र रुखको सितलतासंग उक्त पार्टीले उठाएको उमेद्वारको कुनै सम्बन्ध छ र? तर पनि एक खालको मनोवैज्ञानिक प्रभाव हाम्रा अशिक्षित आमाबुवाको दिमागमा परेको छ । उनीहरु त्यसैका आधारमा मताधिकारको नाममा आफ्नो मतको दुरुपयोग गरिरहेका छन् । प्रत्येक चुनावमा त्यहि मनोविज्ञानका आधारमा नयाँनयाँ अनुहारलाई जिताएका छन् । त्यसैले शिक्षित जमातले पार्टीभन्दा माथि उठेर आफ्नो परिवार र समाजमा राम्रा उमेदवारको पक्षमा जनमत बनाउन मद्दत गरेमा आफ्नो स्थानीय तहको भविष्य उज्यालो हुनेमा दुइमत छैन । त्यस्तै अहिलेको ठूलो र झन्झटिलो मतपत्रमा छाप लगाउने तरिका अर्थात मतदाता शिक्षामा सहयोग गरेमा कम मतपत्र बदर हुनेछन् र सहि उमेदवारको छनोटमा सहयोग पुग्नेछ ।30_big

लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकासले गति लिन नसकिरहेको अवस्थामा अब निर्वाचित हुने जनप्रतिनिधिबाट जनताको ठूलो अपेक्षा हुनु स्वाभाविक नै हो । स्थानीय उमेदवारले पनि त्यहि अनुरुप आफ्ना घोषणापत्रहरु तयार पनि पारेका छन् । तर कार्यान्वायनका आधार बिनाका सपनामात्रको कुनै अर्थ रहदैन । कतिपय उमेद्वारले आफ्नो क्षेत्राधिकारको ख्याल नगरि आफ्नो अधिकारभन्दा माथिका काम पनि गर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् ।

चुनावकै अवसरमा केहि ‘टुरिस्ट नेताहरु’ पार्टीको टिकट बोकेर गाउँ पसेका छन् । ती अवसरबादी नेताहरु जसरी आउँछन त्यसरी नै हराउने गरेको विगतमा पनि देखिएको छ । त्यसैले उमेद्वार छनोटको पहिलो चरण, ‘उमेद्वार स्थानीय तहमा कत्तिको भिजेका छन् अर्थात विगतमा ती उमेद्वारले हाम्रो गाउँसमाजलाई केके योगदान पुर्याएका छन्’ भन्ने जान्नु हो । पहिलेको जस्तो पार्टीको चुनाव चिन्ह मात्र हेरेर भोट दिने अवस्था अहिले छैन, त्यसैले ठुल्ठुला सपना मात्र देखाउनु भन्दा हाम्रो स्थानीय माग र आवस्यकतालाई बुझ्न सकेमा उमेद्वारलाई पनि राम्रो हुनेछ ।

गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन । तर दिन प्रतिदिन पहाडबाट तराइ सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारि छ । त्यसैले पहाडबाट तराइ सर्नेको जनलहर रोक्न स्थानीय निकायका प्रतिनिधिले प्रयास गर्न सक्नुपर्छ । प्रत्येक गाउपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारका बाटाहरु, उच्च शिक्षा र प्राबिधिक शिक्षासहितका क्याम्पसहरु, सडक सुलभतामा वृद्धि, लगभग शुन्य जस्तै रहेको पर्यटनलाई बिशेस जोड दिएर पर्यटन व्यवसायलाई उकास्ने जस्ता केहि न्युनतम आवस्यकताहरु पूरा गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्थ्यो ।

प्रत्येक क्षेत्रमा बिशेसज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा मोटरबाटो पुर्याउने, खनिसकेका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउने, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माणलाई छिटो सक्ने र विमानस्थल जोड्ने सडकसंजाल बढाउने, प्रत्येक गाउँमा स्वच्छ खानेपानी र सिंचाईको सुबिधा पुराउने, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरि देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछी यसले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसंजाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरि अझै व्यवस्थित बनाएर पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने ।

रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने । गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने । नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरि एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ । सरकारी क्षेत्रमा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन नयाँ जनप्रतिनिधि सफल हुन सक्नुपर्छ ।

सत्यवती गाउँपालिका, गुल्मी । 

Posted in Many More, Writing/Blogging

Why creating the website is not a free of cost?

Let’s talk, why a website is not free of cost?

To know why the website is not a free of cost, you need to know basic things about the website.  Creating a website is a few steps’ process. Firstly you need a domain name. Domain name is that which we type in our web browser to find any of the WebPages eg. Facebook.com, google.com or chakrapanibhandari.com.np. There are many top-level domain names (TLD) eg.  .com, .net, .org, .gov, .com.np etc.

This is the usual price per year for the domain name by GoDaddy (a most popular domain name registrar company).

domain rates by godaddy

The sum you pay gets divided among all the participants of domain market. Some of your money goes to support ICANN (the Internet Corporation for Assigned Names and Numbers), which is a non-profit and regulatory organization. Another part goes to the registry of a chosen TLD. And, of course, probably the biggest part goes to your registrar because registrar is the only organization where you can get a domain.

After registration of domain name, you have to host your domain. Hosting is the process of getting a space on the internet. Hosting service provider, provide technologies and services need for the website or webpage to be viewed on the Internet.

When you buy a hosting account, you pay for the uptime guarantee of your server, no matter if you have any content there or not. The same for domain names; you pay for a domain ability to lead to some address you choose, and it also does not matter, whether it is valid or not.  Registries play big roles, but the only way to communicate with the registry is finding a reputable registrar that suits you best.

So anyone of registrar company can’t offer free domains, but they can assure you that you will receive reliable service and caring customer support in. Some offer free domain only if you buy their hosting plan or free hosting with their if you buy a domain with them.

In Nepal, .np (.com.np, .org.np, .gov.np, .net.np and more) domain names are lifetime free of cost provided by Mercantile Communication Pvt. Ltd. only for Nepali citizens, Non-residential Nepalese and Nepalese business company and organizations that are registered with Nepal government.

If you want to make your website for business or personal purpose, let me know I will help you. Contact me on Facebook(click here) and email: chakra.jwala@gmail.com

Posted in Many More, Writing/Blogging

Why professional and public figures need their own personal website?

 


Let’s talk, why professional and public figures need their own personal website?

(Click here to find my personal blog> www.chakrapanibhandari.com.np)

This is the era of technology. Technology made the world narrower. Everything nowadays becoming worldwide because of World Wide Web. Just now what is happening in the whole world, every individual can get updates by keep in touch with the internet.  I have a product to sell, or I have words to express with the public, I need not go in front of public, I just can sell my products or can express my views via the internet.

website-edit-2

There is a huge traffic of websites on the internet. Development of social networks increased the access of internet to the general public. But this huge traffic made us more confusing. If I search on Facebook to find a profile or page of any public figure, I find many similar profiles and pages. I can distinguish which is real and which is a fake id, with the help of their personal website (blog). Therefore official personal website (blog) make them more distinct, even more, professional and closer to their target public. Public figures can manage their activity and can easily notify to their target public worldwide via their blog. The general public can easily find whole identification and activities by just typing the URL (nameofpublicfigure.com) in their web browser. Therefore we find nowadays the official website of each and every public figure.

If you want to make your website for business or personal purpose, let me know I will help you. Contact me on Facebook(click here) and email: chakra.jwala@gmail.com

Important!!!

Continue reading > why making a website is not a free of cost.

To contact, click on messenger below

142eb74ed7f1348d86961b6f9e07c87d_facebook-messenger-app-icon-facebook-messenger-logo-clipart_700-400

Or use this form

Posted in Gulmi News, Many More, Writing/Blogging

पाँच नम्बरको आक्रोश किन????

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउन खोजिएको बारे हामी पाँच नम्बरवासी किन गम्भीर असहमति जनाएका छौँ?

nepal3
१. सकेसम्म हिमाल, पहाड, तराई सँगसँगै भएका प्रदेश बनेमा हामीबीचमा रहिआएको सम्बन्ध अझै मजबुत बन्दै समानुपातिक बिकासमा टेवा पुग्नेछ। त्यो गर्न नसके पनि कम्तीमा पहाडी जिल्लालाई तराईबाट नछुट्टाउ।
२. गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा जस्ता पहाडी जिल्लाको ब्यापारिक केन्द्र नै बुटवल हो, यदि यो छुट्टिएमा पहाडी जिल्लाले प्रत्येक सामान किन्दै गर्दा कर तिर्नुपर्ने हुन्छ। किनकि राज्यले निर्यातबाट उठाएको कर नै आफ्नो मुख्य आम्दानीको स्रोत बनाउनेछन्।
३. बुटवल उपमहानगरपालिका गुल्मी, पाल्पा, अर्घाखाँचीबाट झरेकाहरुले मात्र बनेको शहर हो, त्यसैले उनीहरूको हरेक सम्बन्ध तिनै जिल्लाहरुसँग रहेको छ। एउटै cluster मा मिलेर बसिरहेका जनताहरुलाई आतंकित बनाएर छुट्टाउन खोजिदैछ, यसमा हामी प्रत्येक प्रदेशवासी सचेत छौं।
४. प्रस्तुत पहाडी जिल्लाहरुको पोखरासँग “घुम्न जाने” बाहेक कुनै खालको सम्बन्ध छैन।
५. प्रस्तुत पाँच नम्बर प्रदेशमा कुनै खालको बिरोध पनि थिएन, सिमित केन्द्रिय नेताहरुको स्वार्थ बाहेक कसैको पनि छुट्टिनुपर्ने माग थिएन।
६. प्रस्तावित संसोधनको बिरोधमा स्वतस्फूर्त रुपमा कुनै पार्टीको झण्डा बिना नै निस्केको जनलहरले पनि यहीँ देखाउछ कि यहाँका जनता छुट्टिन चाहदैनन्। यत्तिका ठुलो जनलहर, त्यस क्षेत्रका सबै सांसद तथा नेताको गम्भीर बिरोधका बाबजुद पनि कसैको इसारामा ल्याइएको संसोधन प्रस्ताव हामीलाई मान्य हुनेछैन।
७. बिश्व शान्तिको केन्द्र लुम्बिनीलाई निल्ने दीर्घकालीन योजना अनुरुप यसो भएको हुनसक्ने आशंका पनि कतैकतै गरिएको छ। त्यसतर्फ प्रत्येक नेपाली नागरिक सचेत हुनु जरुरी छ।

भिडियो: ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउन खोजिएकोमा वुटवलमा स्वतस्फुर्त रुपमा विरोध प्रदर्शनमा उत्रेको जनलहर

 

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Many More, Religion, Writing/Blogging

के हो बाहुनबाद??

बाहुनका बारेमा हिन्दू शास्त्र भन्छः बाहुनले हलो जोत्न (कृषि गर्न) हुँदैन । व्यापार गर्न हुँदैन । सैनिक सेवामा जान हुँदैन । राजा (शासक) हुनु हुँदैन । यो नै खास वाहुनवाद थियो । अर्थोपार्जन भुलेर ज्ञानको बाटो नछोडुन भनेर बाहुनहरुले यस्तो अनुशासन कायम गरेका थिए । मेरा बा पण्डित थिएनन् तर मलाई सदैव भन्थेः ‘पानी खाएर भए पनि पढ।’

बाहुनका बारेमा हिन्दू शास्त्र भन्छः बाहुनले हलो जोत्न (कृषि गर्न) हुँदैन । व्यापार गर्न हुँदैन । सैनिक सेवामा जान हुँदैन । राजा (शासक) हुनु हुँदैन । यो नै खास वाहुनवाद थियो । अर्थोपार्जन भुलेर ज्ञानको बाटो नछोडुन भनेर बाहुनहरुले यस्तो अनुशासन कायम गरेका थिए । मेरा बा पण्डित थिएनन् तर मलाई सदैव भन्थेः ‘पानी खाएर भए पनि पढ।’

एकदिन मैले फेसबुकमा स्ट्याटस राखेंः ‘बाहुनवाद’ शब्दको प्रयोग सबैभन्दा पहिले कसले गरेका हुन् ? म आफैं बाहुन भएकाले कतिले त कटाक्ष पनि गरे । धेरैले डोरबहादुर बिष्टको नाम लिए । कतिले उपनिवेशकालीन बेलायती भाषाको शब्दकोषको हवाला पनि दिए । जसले गरेको भए पनि नेपाली समाजमा जुन रुपमा ‘बाहुनवाद’ वा ‘ब्राह्मणवाद’ भन्ने शब्दावलीको प्रयोग गरिएको छ त्यसको खास अर्थ नकरात्मक छ । यो नकरात्मक कुरा किन छ भने धेरैले बाहुनलाई शासक वर्गको रुपमा बुझ्छन् । तर के नेपालका बाहुनहरु शासक वर्ग नै हुन् त ?

nepal3
हामी जातीय सद्भाव चाहन्छौं

शासक वर्गको एउटा मुख्य पहिचान भनेको राज्यस्रोत माथि कब्जा गर्नु हो । के नेपालका बाहुनहरुले राज्यको सम्पदामाथि कब्जा जमाएका थिए त ? छन् त ? प्रश्नले प्रश्न जन्माउँछ; नेपालका सय, हजार  वा लाखै जना सर्वाधिक धनी मान्छेको लिष्ट बनाउने हो भने कति जना बाहुन पर्छन् होला ?
गमी हेर्छु, आधुनिक भनिएको एकीकृत नेपालमा २३७ बर्ष राजकाज गर्ने शाह राजाहरु क्षेत्री थिए । (उनीहरुलाई डोरबहादुर विष्ट जस्ता केहीले मगर र केहीले त मुसलमान पनि भनेका छन् ।) एक सय चार वर्ष देश कब्जामा लिने राणाहरु क्षेत्री थिए । पञ्चायत कालका त्यही शाह–शासन नै हावी थियो भने प्रधानमन्त्रीहरु पनि क्षेत्री नै थिए । बाहुनले कार्यकारी धानेको सात साल र १७ साल बिचको १० बर्ष र ४६ साल पछिको केही खण्डमा मात्रै हो । त्यस अवधिमा पनि सत्तामा सबैजना बाहुनै मात्रै थिए भन्ने होइन । क्षेत्री राजा सबै समयमा हावी थिए ।
तथापी नेपालको अविकासको कारण क्षेत्रीलाई किन मानिएन ? बाहुनलाई किन मानियो ? क्षेत्रीवाद किन भनिएन ? बाहुनवादी किन भनियो ? सोच्न बाध्य हुन्छुः डोरबहादुर एक ‘बिष्ट’ थिए । मेरो जानकारीमा त्यो क्षत्री थर हो । आफ्नै जातिलाई खुट्टामा उनी किन हानून् ? तर उनलाई एक जनालाई नहानी भएको थिएन । अरु जातिलाई हान्दा बबन्डर हुने ठाने, बाहुनलाई हाने । (धेरैले सोचे जस्तो डोरबहादुर यदि शासकबाट गायब पारिएका हुन् भने पनि त्यो ‘बाहुनवाद’ शब्दलाई जन्माएका कारणले थिएन । बरु शाहवंशीय राजाहरुको ‘मगर’ कनेक्सन देखाएको कारणले थियो ।)

बाहुनले धोती लगाएजस्तै लामाले रातो लगाएकै हुन्छन्, तर लामावाद किन नभनिएको होला ? क्रिस्चियन ननहरुले सेतो फरिया उनेर जिन्दगीभर अविवाहित हुन्छन् । पादरीले जनैजस्तै क्रस झुन्डिएको लकेट लगाएकै हुन्छन् । त्यसलाई अन्धविश्वास किन भनिएन होला ? मुसलमानहरुले जुँगा फालेर दाह्री मात्रै राख्छन्, उनीहरुकै अनौठो बस्त्र लागउँछन् । त्यसमाथि कटाक्ष किन भएन होला ? बाहुनको टुप्पी, जनै र धोतीमा मात्रै किन यस्तो घृणाभाव उब्जाइएको होला ?

बाहुनले धोती लगाएजस्तै लामाले रातो लगाएकै हुन्छन्, तर लामावाद किन नभनिएको होला ? क्रिस्चियन ननहरुले सेतो फरिया उनेर जिन्दगीभर अविवाहित हुन्छन् । पादरीले जनैजस्तै क्रस झुन्डिएको लकेट लगाएकै हुन्छन् । त्यसलाई अन्धविश्वास किन भनिएन होला ? मुसलमानहरुले जुँगा फालेर दाह्री मात्रै राख्छन्, उनीहरुकै अनौठो बस्त्र लागउँछन् । त्यसमाथि कटाक्ष किन भएन होला ? बाहुनको टुप्पी, जनै र धोतीमा मात्रै किन यस्तो घृणाभाव उब्जाइएको होला ?

बाहुनको पहिचानको रुपमा धेरैले बुझ्ने कुरा यस्ता छन् । टुप्पी पाल्ने, जनै लगाउने, प्रारब्धको खेल भनेर काम गर्न प्रेरित नगर्ने, जे कुरामा पनि प्युरिटी खोज्ने, हिन्दूवर्णाश्रमको संरक्षक, अन्धविश्वासको खेती गर्ने । यी कुरा हदसम्म सत्य पनि हुन् । तर के यस्ता आडम्बरहरु अरु जातिमा छैनन् ? डोर बहादुर विष्टले भनेजस्तो ‘प्रारब्धको खेल’ भनेर पूर्व जन्म, पुनर्जन्म वा स्वर्गसिधारको आश्वासन नभएको धर्म कुन रहेछ ?
हिन्दू वर्णाश्रमको जग बसालेको पनि बाहुनले होइन, शासक अर्थात क्षेत्री राजाले हो । छुवाछुतका विषयमा गाउँमा सबैभन्दा कट्टर विचार पाल्नेहरुमा बाहुन छन् कि अरु समुदाय छन् ? तर पनि किन त्यसको पुरै दोष बाहुनलाई मात्रै दिइयो ? यसमा बाहुन त्यत्ति नै जिम्मेदार छन् जति अरु जाति जनजाति छन् ।
बाहुनका बारेमा हिन्दू शास्त्र भन्छः बाहुनले हलो जोत्न (कृषि गर्न) हुँदैन । व्यापार गर्न हुँदैन । सैनिक सेवामा जान हुँदैन । राजा (शासक) हुनु हुँदैन । यो नै खासको वाहुनवाद थियो । अर्थोपार्जन भुलेर ज्ञानको बाटो नछोडुन भनेर बाहुनहरुले यस्तो अनुशासन कायम गरेका थिए । मेरा बा पण्डित थिएनन् तर मलाई सदैव भन्थेः ‘पानी खाएर भए पनि पढ ।’
कृषि, उद्योग–व्यापार, सैन्यसेवा र शासनसत्ताका चार कामबाहेक, हिजोको अविकसित समाजमा कुन त्यस्तो काम थियो जसले राज्यश्रोतमाथि कब्जा जमाउँथ्यो ? अनि बाहुनलाई किन देशको अविकासको कारक भएको धब्बा लगाइयो ? किन भनियो कि बाहुनहरु शासक हुन् ? किन भनियो कि यिनीहरुले राज्यको श्रोतमाथि कब्जा जमाए ?

bramin
बाहुनका लागि रोजीरोटीको बिकल्प भनेको आश्रम (स्कुल) चलाउनु, पुरेत्याइँ गर्नु, ज्योतिषीय सेवा दिनु र शासक वर्गका दरवारमा भान्से  हुनु मात्रै थियो । त्यति काममा सीमित भएर बाँच्दा रोजगारीको अवसर कति जनालाई हुन्थ्यो ? उहिलेको आश्रम भनेको अहिलेको निजी विद्यालय होइन । विद्यार्थीले ल्याएको भिक्षाले आफू र विद्यार्थी दुवै पालिनुपर्ने रोजीरोटी मात्रै हो । राणाकालसम्म निजामती भने पनि जे भने पनि उही ‘सैनिक’ सरहकै भर्तिपाठी थियो । बाहुनको लागि त्यो सरकारी जागिर पनि बञ्चित थियो । बाँकी रह्यो ज्योतिषविद्या र पुरेत्याइँ । एक पुरेत र एक ज्योतिषले पुरै गाउँको जजमानी धान्न सक्थ्यो । अर्थात सपाट कुरा के भने, गाउँका अरु बाहुनहरु बेरोजगार भएरै बाँच्थे ।
तर त्यो निष्पट्ट गरिबीका बिचमा पनि ‘पानी खाएर पढिरहने’, मान्छे कसरी यो देशको शोषक वर्ग भयो ? वाहुनको एकसरो धोती, खाली खुट्टा, फेसनविहिन टुप्पी कपाल, रहरको होइन गरिबीको परिचायक हुन् । बाहुनले मांस भोजन गर्न हुँदैन, लसुन प्याज र मसलेदार कुरा खान हुँदैन भन्नुको पछाडिको कारण पनि बाहुनको गरिबी नै हो । (नेपालकै अहिलेको जनगणनामा गरिबहरुको लिस्ट हेर्नूस् । के बाहुन अरुभन्दा धनी छन् ?) यसका बाबजुद पनि बाहुनहरुले पढे र पढिरहन सके । यसो गरेर उनीहरुले मान्छेको ज्ञानलाई बचाउने मानवीय काम गरे की अविकासको अन्धविश्वासी कारक बने ?

स्रोत: यो लेख फेसबुकमा फेला पारिएको हो, यसका लेखक र आधिकारिक स्रोत फेला नपरेकोले यहाँ उल्लेख गर्न सकिएको छैन, कसैले प्रमाण सहित  दावी गरेमा पुन: उल्लेख गरिनेछ | यो लेख सबैको जानकारीको लागि यहाँ पोष्ट गरिएको छ | कपिराइट अधिकारको सधै सम्मान गरिनेछ, सर्वाधिकार लेखक मै सुरक्षित छ | 

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Many More, Microbiology, Motivational, Writing/Blogging

यसैले म ‘शुक्ष्म जीवविज्ञान’ पढ्दैछु……

कल्पना गर्नुहोस्, अहिलेको अवस्था कस्तो हुन्थ्यो होला, यदि विज्ञानले ‘एन्टिबायोटिक’ पत्ता नलगाएको भए? लुइज पाश्चरले ‘पाश्चराइजेसन प्रक्रिया’ विकास नगरेको भए? अथवा ‘शुक्ष्म दर्शक यन्त्र’ अहिलेसम्म नबनेको भए? ………

20160224_121613_edited
Microbiologist: शुक्ष्मजीवविज्ञ

शुक्ष्म जीवविज्ञान अर्थात ‘माइक्रोबायोलोजी’ यति फराकिलो विषय हो, जो औषधी देखि फोहोर व्यवस्थापन (Bioremediation) सम्म हरेक क्षेत्रमा फैलिएको छ । यसले नछोएको क्षेत्र सायदै नहोला । विज्ञानमा यो नवआगन्तुक विषय भएतापनि यसको प्रयोग जानी या नजानी मानव सभ्यताको विकाससंगै गरिएको पाइन्छ । प्राचीन काल देखि नै अभ्यास गरिदै आइएको दहि बनाउने वा रक्सी पार्ने प्रक्रिया पनि ‘शुक्ष्म जीवविज्ञान’ नै हो । दुधबाट दहि बन्दै गर्दा वा अन्नबाट रक्सि बन्दै गर्दा हुने रासायनिक प्रक्रियामा सुक्ष्म जीवको भूमिका नै प्रमुख हुन्छ ।अहिलेको युग विज्ञान तथा प्रविधीको युग हो । विज्ञान तथा प्रविधी क्षेत्रमा माइक्रोबायोलोजीको प्रवेश यस क्षेत्रका लागि कोसेढुङ्गा साबित भएको छ ।

सामान्यतया ‘माइक्रोब’ वा ‘ब्याक्टेरिया’ भन्ने बित्तिकै धेरै मानिसको सोचाइमा ‘रोग लगाउने कारक’ भन्ने आउछ तर ‘ब्याक्टेरिया’ सधै हाम्रो ‘शत्रु’ मात्र होइनन्, यी त हाम्रा ‘असल साथि’ पनि हुन् । माइक्रोबायोलोजी विज्ञानको एउटा पाटो हो जसले नाङ्गो आँखाले देख्न नसकिने, माइक्रोमिटर (१ मिटरलाई १ लाख भाग लगाउदाको १ भाग) वा सो भन्दा सानो आकारमा हुने शुक्ष्म जीवहरुको अध्ययन गर्दछ । ती शुक्ष्मजीव (ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा, यिस्ट, मोल्ड, एल्गी आदी), जसले रोग लगाउने, खाने कुराहरु सडाउने जस्ता हानिकारक अवस्थाहरु मात्र देखाउदैनन् विभिन्न क्षेत्रमा हामीलाई फाइदा पनि पुर्याउछन् । तिनै शुक्ष्मजीवविज्ञानमा विशेषज्ञता हासिल गरेका वैज्ञानिकलाई नै शुक्ष्म जीवविज्ञ (Microbiologist) भनिन्छ । आजको दिनमा ‘बायोटेक्नोलोजी’ सबैभन्दा तिब्र विकास भैरहेको उद्योगमा पर्दछ ।  रक्सि तथा पेय पदार्थ उद्योग, दुग्ध उद्योग, पाउरोटी तथा बेकरी उद्योग जस्ता खाद्य उद्योगहरुमा अहिले माइक्रोबायोलोजीको ब्यापक उपयोग भएको छ । महत्वपूर्ण औषधीहरु जस्तै ‘एन्टिबायोटिक’ मात्र होइन ‘इन्जाइम’, ‘हर्मोन’, ‘भिटामिन’, ‘भ्याक्सिन’ पनि शुक्ष्म जीव कै मद्दतले उत्पादन सम्भव भएको छ ।

तपाइँ हामी प्रत्येक क्षणमा शुक्ष्म जीवसंग जोडिएका छौं । हामीले लिने हावा, खाना वा पानीमा केहि संख्या देखि करोडौको संख्यामा शुक्ष्म जीवहरु हुन सक्छन । तिनीहरु सबै हानिकारक नै हुन्छन् भन्न सकिदैन । हाम्रो शरीरमा खासगरी बाहिरी छाला वा पाचन प्रणालीका विभिन्न अङ्गहरुमा “करिव २ केजी” शुक्ष्म जीवहरु बिना हानी बसेका हुन्छन् जसलाई ‘नर्मल फ्लोरा (Normal flora)’ भनिन्छ । तिनीहरु मध्ये कतिपयले हाम्रो शरीरलाई अत्यावश्यक रसायनहरू (इन्जाइम, भिटामिन आदि) उत्पादन गरेर हाम्रो शरीरभित्र हुने जैविक तथा रासायनिक प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन् ।  त्यतिमात्र होइन तिनीहरुले हाम्रो शरीरमा प्रवेश गर्न सक्ने हानीकारक किटाणुलाई केहि हद सम्म मारिदिन्छन् । तर तिनीहरु पनि अवसरवादी बनिदिन सक्छन्, कमजोर प्रतिरक्षा प्रणाली भएको फाइदा उठाउदै कतिपय अवस्थामा रोग निम्त्याउन पनि सक्छन् ।

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको महत्वपूर्ण र प्रमुख भूमिका रहदै आएको छ । केहि वंशाणुगत रोगहरु बाहेक धेरैजसो रोगहरु शुक्ष्म जीव कै कारणले लाग्ने भएकोले त्यसको पहिचान मात्र होइन त्यसलाई हाम्रो शरीरबाट निर्मुल पार्न आवस्यक औषधी पनि माइक्रोबायोलोजीले उपलब्ध गराएको छ । विभन्न तरिका (Mechanism) मा शुक्ष्म जीवका बिरुद्ध काम गर्ने धेरै किसिमका औषधीहरु अहिलेसम्म पत्ता लागेका छन् र यो क्रम सधै जारि रहिरहन्छ । एउटा औषधी बन्दा, सुत्रिकरण (formulation) देखि बजार सम्म आउन धेरै प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ । हजारौंका संख्यामा परिक्षणका लागि आएका मध्ये सबै प्रक्रिया पार गरेर करिव १०, १२ वर्षमा १, २ को संख्यामा मात्र कुनै निश्चित रोगका नयाँ औषधी बजार सम्म आउँछन । त्यति मात्र होइन अहिले हामीले उपभोग गरिरहेका शुक्ष्म जीवका विरुद्द काम गर्ने औषधीहरु (antimicrobials) केहि समयावधी पछी तिनै शुक्ष्म जीवका विरुद्द काम गर्न नसक्ने बनिदिन्छन, अर्थात त्यसका विरुद्द शुक्ष्म जीवले प्रतिरोध गर्न सक्ने क्षमता (resistance) विकास गरिसकेका हुन्छन् ।  त्यसैले धेरै औषधी मध्येबाट छाटिएर करिव १०, १२ वर्षको अवधीमा नयाँ औषधी बन्ने र केहि समयपछी प्रत्येक औषधीको विकल्प खोज्नुपर्ने भएकोले यो क्षेत्रमा अनुसन्धान गर्ने जनशक्तिको सधै खाचो हुने गर्दछ । मधुमेह रोग अर्थात चिनी रोग (diabetes) का विरामीलाई दिईने इन्सुलिन पनि शुक्ष्म जीवकै मद्दतले उत्पादन (synthesis) गरिएको हो । बिषालु सर्पले टोकेमा दिईने औषधी (Anti-snake venom)  पनि शुक्ष्म जीवविज्ञानको एउटा प्रक्रिया (Immune response to veno­m) मा आधारित भएर उत्पादन गरिएको हो ।

बिरामी भएर हामी अस्पतालमा जाने बित्तिकै सबैभन्दा पहिला रोग लगाउने जीवाणु जाँच (Microbial examination) गरिन्छ । एउटा शुक्ष्म जीवविज्ञ (Microbiologist) ले उक्त जीवाणु पत्ता लगाउने मात्र होइन विरामीको शरीरमा भएको शुक्ष्म जीवका बिरुद्धमा कुन औषधीले काम गर्छ भन्ने परिक्षण (Antibiotic susceptibility test) पनि गर्नुपर्ने हुन्छ । यीनै परिक्षणको नतिजाको आधारमा डाक्टरले रिपोर्टमा सहि गर्ने र आवश्यक औषधी सिफारिस गर्ने गर्छ । त्यसैले स्वास्थ्य क्षेत्रतिर एउटा भनाइ चर्चित छ, “Doctors know nothing but do everything… physiologists know something and do something but microbiologists know everything but do nothing.”   अर्थात डाक्टरलाई केहि पनि थाहा हुदैन तर सबै काम गर्छ, फिजियोलोजिस्टलाई केहिमात्र थाहा हुन्छ त्यसैले केहिमात्र गर्छ; तर शुक्ष्म जीवविज्ञलाई सबै थाहा हुन्छ, केहि गर्दैन, अर्थात अस्पतालमा सबैभन्दा महत्वपूर्ण र प्रमुख भूमिका शुक्ष्म जीवविज्ञ कै हुने भएपनि, ऊ पर्दा पछाडिको पात्रको रुपमा मात्र देखिन्छ ।

खाद्य, दुग्ध, रक्सि तथा पेय पदार्थ उद्योगहरुमा धेरै पहिले देखि नै शुक्ष्म जीवलाई उपयोग गरिएको छ । दहि बनाउने क्रममा घरायसी उत्पादनमा हामीले जोर्डन (Inoculum) को रुपमा पुरानो दहि अलिकति मिसाएर नयाँ बनाएको अभ्यास त गरिरहेकै छौँ । यस प्रकृयामा पनि खासमा हामी शुक्ष्म जीवलाई नै मिसाएका हुन्छौँ, जसले दहि बन्ने प्रक्रियालाई सहज र छिटो बनाइदिन्छ । तर औद्योगिक वा व्यवसायिक उत्पादनमा शुक्ष्म जीवका विभिन्न प्रजातिहरु नै शुद्ध रुपमा प्रयोग गरिदै आइएको छ । रक्सीको घरयासी उत्पादनमा हामीले राख्ने मर्चामा पनि रक्सी बन्न चाहिने शुक्ष्म जीव (Saccharomyces cerevisiae, Aspergillus niger, A. oryzae, Mucor spp.) रहेका हुन्छन् । भने रक्सीको औद्योगिक उत्पादनमा यीनै शुक्ष्म जीवलाई छुट्टै (in the form of primary inoculums) शुद्ध रुपमा (in Pure Culture) मिसाइन्छ । पाउरोटी तथा वेकरी उद्योगमा पनि शुक्ष्म जीवको प्रयोग हुदै आएको छ । पछिल्लो पटक निकै चर्चामा रहेको तथा निरन्तर परिक्षण कै क्रममा रहेको, बिरुवा वा जनावरको बंशाणुगत गुण नै परिवर्तन गरेर तयार पारिएका खाद्यान्न (GM foods or Genetically Modified foods) ले विश्व खाद्यान्न अभाव तथा भोकमरीका बिरुद्दमा निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ । त्यस्तै खान मिल्ने एक कोषीय शुक्ष्मजीव (SPC, Single Cell Proteins)  पनि एउटा महत्वपूर्ण प्रोटिन स्रोत (Protein supplements) को रुपमा विकास भएको छ ।

शुक्ष्म जीवले कृषी क्षेत्रमा पनि महत्वपूर्ण फाइदा पुर्याएको छ । कोशेबालीको जरा (root nodule of legumes) मा पाइने शुक्ष्मजीवले वायुमण्डलको नाइट्रोजनलाई विरुवाले लिनसक्ने अवस्था (Ammonia or  Nitrate) मा पुर्याइदिन्छ, जसबाट हामीले हाम्रो शरीरलाई आवश्यक प्रोटिन (or amino acids), विरुवाबाट प्राप्त गर्दछौँ । शुक्ष्मजीवलाई मिसाएर एक प्रकारको मल (Bio-fertilizers) तयार पारिन्छ, जसले कुनै नकारात्मक असरबिना नै बिरुवालाई आवश्यक सम्पूर्ण तत्वहरु (Primary nutrients) उपलब्ध गराउछ । त्यतिमात्र होइन शुक्ष्म जीवलाई प्रयोग गरेर अर्गानिक तरिकाले  लाइकिरा मार्ने औषधी (Bio-pesticides) तयार पारिन्छ, जसले माटोमा भएका फाइदाजनक जीवाणुलाई बचाइराख्छ, साथै यो सजिलै सड्ने (biodegradable) भएकोले वातावरण तथा मानव स्वास्थ्यलाई समेत कुनै किसिमको असर गर्दैन ।

शुक्ष्मजीवलाई प्रदूषण नियन्त्रण (Pollution control) र जैवोपचारण (Bioremediation) मा पनि प्रयोग गरिएको हुन्छ । जसले हानिकारक फोहोर (hazardous pollutants) लाई हटाउन वा त्यसको असर कम (Neutralize) गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । कुनै दुर्घटनाले समुद्रहरुमा तेल वा पेट्रोलियम पोखिदा समुद्रमा रहेका माछा तथा अन्य जीवहरु अक्सिजनको अभावले ठुलो सङ्ख्यामा मर्न सक्छन, त्यसले पारिस्थितिक प्रणाली (ecosystem) मा निकै ठुलो असर पार्छ । यसबाट बचाउनका निमित्त पनि शुक्ष्मजीवलाई नै प्रयोग गरिन्छ ।

शुक्ष्म जीवविज्ञानको आनुवंशिकी (Genetics), जीव रसायन (Biochemistry), पारिस्थितिक प्रणाली (Ecosystem), Immunology, Biotechnology, Molecular Biology लगायत क्षेत्रमा सिधा सम्बन्ध रहेको छ ।

500_f_94630406_dzht0otl09pvhntimazirxx7yt3djpzm
Different Shapes of Microorganisms

यी र यस्तै हरेक क्षेत्रमा शुक्ष्म जीवविज्ञानको महत्वपूर्ण योगदान रहदै आएको छ ।  हाम्रो देशले पनि यस्तो अनुसन्धानमुखी शिक्षा (research based study) लाई प्राथमिकतामा राखेर पठनपाठन गराउनुपर्छ र उत्पादित जनशक्तिलाई कुनै खास काम गर्ने ठाउँ (platform) दिन सक्नुपर्छ । हरेक विकसित र अल्पविकसित देशहरुले अनुसन्धानका निमित्त आफ्नो पुरा बजेटको धेरै हिस्सा खर्च गरिरहेको अवस्थामा नेपालमा केहि वर्ष अघिमात्र विज्ञान तथा प्रविधी मन्त्रालय बनाइएको छ, त्यो पनि राजनीतिक नेताको रोजाइमा उक्त मन्त्रालय खासै पर्दैन ।अर्थात हाम्रो देशमा विज्ञान तथा प्रबिधीको महत्वलाई त्यत्ति बुझ्ने प्रयास नै गरिएको  छैन, यो सबैका निमित्त दुखदायी कुरा हो । विज्ञान तथा प्रविधीबिना देशको विकास असम्भव छ भन्ने कुरा सर्वविदितै हुँदा पनि यसलाई अझैसम्म प्राथमिकता नदिनु बिडम्बनापूर्ण छ । देशमा शिक्षित जनशक्ति, आफुले काम गर्ने ठाउ नै नपाएर बाहिर पलायन भएका छन् । किनकी यहाँ नीतिगत रुपमै काम गर्न सहज वातावरण छैन, राजनीतिक अस्थिरताले सहयोगी सरकारी नीति बन्न सकेका छैनन् । यसरी बौद्धिक शक्ति बाहिर पलायन हुनु देशको निम्ति धेरै ठुलो घाटा हो । हामी अहिलेसम्म पनि अरुले बनाएका औषधी खादैछौं, अरुले नै बनाएका इलोक्ट्रोनिक समान बोकिरहेका छौं । हाम्रो किन्ने हैसियत बढेको होला, तर हामी सृजनात्मक काममा जहाँको त्यहि छौं, तात्विक परिवर्तन आएको छैन । के हामीले गर्न नसक्ने नै हो त ? पक्कै पनि होइन, बाहिर पलायन भएका हाम्रै बौद्धिक शक्तिले विभिन्न विधामा विश्वमा हंगामा मच्चाइरहेका छन् । नयाँ नयाँ कृतिमानी राखेका छन्, के त्यो यहाँ सम्भव थिएन होला त ? यतातिर सम्बन्धित सबैको ध्यान जानु जरुरि छ ।

-चक्रपाणी भण्डारी, B.Sc. Microbiology (final year),
Amrit Science College, Tribhuvan University, Kathmandu

 

(गुल्मी जोहाङ १ परमानन्दनगरमा अवस्थित रुद्रावती स्कुलले प्रकाशन गर्न लागेको “रञ्‍जित रुद्रावती” नामक स्मारिकाको निमित्त तयार पारेको लेख ।)


ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस

Posted in Gulmi News, Many More, Travel, Writing/Blogging

कालिगण्डकी करिडोर; समृद्धिको बाटो बन्दै

घनश्याम गौतम, तम्घास, नेपाल म्यागेजिन
अर्बेनी–७, गुल्मीका भीमलाल न्यौपाने, ७२, लाई अहिले सदरमुकाम तम्घास आउन स्याङ्जा–पाल्पा हुँदै दुई जिल्ला घुम्नुपर्दैन । आफ्नै दैलोअगाडि गाडी चढेर चार घन्टामै सदरमुकाम पुग्छन् । उनी भन्छन्, “बाँदर लड्ने भीरको बाटो पैदल हिँडेर तम्घास पुग्नुपथ्र्यो । यति छिटो देखिएको यो परिवर्तन कहिलेकाहीँ त सपनाझैँ लाग्छ ।”

तम्घासबाट करिब ८० किलोमिटर पूर्वमा रहेका हर्मिचौर, अर्बेनी, जयखानी, पूर्तिघाट, खड्गकोटजस्ता एक दर्जनभन्दा बढी गाविसलाई कालीगण्डकी करिडोरले सुगम बनाइदिएको छ । करिडोरको गुल्मीको रिडीदेखि पूर्तिघाटसम्मको ट्रयाक खुलेपछि यस क्षेत्रका गुल्मी, स्याङ्जा, पर्वत र बाग्लुङका बासिन्दाको दैनिकी र जीविका नै फेरिँदै छ । गुल्मी खण्डको ४५ किलोमिटरको ट्रयाकमा अहिले साना–ठूला सवारी साधन चल्न थालेका छन् । यो खण्ड बाग्लुङको सिमाना खड्गकोटको बरल्वासम्म जोडिन्छ ।

लामो समय अल्झिएको यो खण्डको काम करिब ५० करोड रुपियाँ खर्चेर नेपाली सेनाले सकेको हो । ०३९ देखि नै ट्रयाक खोल्ने प्रयास सुरु गरिएको थियो । ०५७ मा हर्मिचौरमा कालीगण्डकी करिडोरको शिलान्यास भएपछि यसले तीव्रता पाउने अपेक्षा गरिएको थियो । तर, विभिन्न बहानामा काम ढिलो भयो र अन्तत: तीन वर्षअघि नेपाली सेनालाई जिम्मा दिइयो । करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराई भन्छन्, “३४ वर्षदेखि अलमलमा परेको ट्रयाक हामीले ३ वर्षमै खोल्न सफल भयौँ ।”

कालीगण्डकी करिडोरका रूपमा काम सुरु हुनुपूर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रूपमा देशभर आठवटा उत्तर–दक्षिण करिडोरको परिकल्पना गरेको थियो । मुस्ताङको कोरलाबाट बेनी, कुस्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया जोड्ने योजना थियो । पछि कालीगण्डकी करिडोर योजना अगाडि सारिएपछि राम्दी पुल, गुल्मीबाट कालीगण्डकी किनारैकिनार नवलपरासीतर्फ काम सुरु भयो भने पाल्पा–बुटवल खण्डमा थप काम हुन पाएन । “उत्तर–दक्षिण व्यापार मार्गका रूपमा गैँडाकोट पुग्नुभन्दा पाल्पा हुँदै बुटवल झरेर भारतको सुनौली पुग्नु धेरै छोटो पर्छ,” सडक विभागका सहसचिव गोपाल सिग्देल भन्छन्, “तर, गैँडाकोटसम्मको १ सय ३० किलोमिटर सडकले नदी किनारका फाँट र दुर्गम गाउँहरूलाई दिने पहुँचलाई नजरअन्दाज गर्न मिल्दैन ।”

गुल्मी खण्डमा ट्रयाक खोल्ने काम सकेर अहिले सेनाले बाग्लुङको छिस्तीदेखि टुटुंगासम्मको २६ किलोमिटर खण्डमा काम गरिरहेको छ । टुटुंगादेखि बाग्लुङको बलेवा विमानस्थल हुँदै मालढुंगासम्मको १४ किलोमिटर ट्रयाक यसअघि नै खोलिसकिएको छ । “२६ किलोमिटरको काम पूरा भएपछि गुल्मीको रिडीदेखि मुस्ताङसम्म सजिलै पुग्न सकिन्छ,” प्रमुख सेनानी भट्टराई भन्छन् ।

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । २२ अर्ब रुपियाँ लागत अनुमान गर्दै सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर ०५९ देखि निर्माण सुरु गरेको थियो । त्यतिखेर २० वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । योजना अनुसार आगामी पाँच वर्षभित्र करिडोरको जोमसोम–कोरला खण्डमा ग्राभेल र बाँकीमा पिच सम्पन्न हुँदै छ । “गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्‍याउने सडकको अवधारणा हो,” करिडोर सरोकार समितिका प्रवक्ता टीकाराम ढकाल भन्छन्, “पाल्पा खण्डको काम अझै बाँकी रहँदा करिडोर पूर्ण हुन सकेको छैन । र, काम नसकी उद्देश्य पूरा गर्न सकिँदैन ।”


यो करिडोर सम्पन्न भएपछि पश्चिमाञ्चल विकास क्षेत्रका ६ जिल्लाका दुर्गम भेगमा यातायात जोडेर तिनलाई सुगम मात्र बनाउने छैन, हिमालदेखि पहाड र तराई हुँदै व्यापार विस्तारसमेत गर्ने अपेक्षा गरिएको छ । नवलपरासीको गैँडाकोटदेखि पाल्पाको राम्दी, पीपलडाँडासम्मको १ सय ३० किलोमिटर खण्डमा ट्रयाक खुलिसकेको छ । पाल्पाको राम्दीदेखि अर्गलीसम्मको ३३ किलोमिटर खण्डमध्ये तीन सय मिटरमा मात्र ट्रयाक खुल्न बाँकी छ, जसमा काम सुरु भइसकेको छ । यो आर्थिक वर्षमै बेलहियादेखि कोरलासम्म ट्रयाक जोडिएपछि स्तरोन्नतिको काम हुने अधिकारीहरू बताउँछन् ।

Kaligandaki-Koridor-10022017082705-1000x0

हिमालदेखि भारतको त्रिवेणीसम्म नुन बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महत्त्व राख्ने करिडोर निर्माणका अगुवा एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली बताउँछन् । भन्छन्, “हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्ने एउटै मार्ग हुनु नै पनि यसको एउटा महत्त्वपूर्ण पक्ष हो ।” प्राचीन र धार्मिक महत्त्वसँगै करिडोर निर्माणले तीन अञ्चल र ६ जिल्लाका १० लाख ३० हजार जनसंख्यालाई सीधा सडक सञ्जालमा जोड्नेछ । अहिले निर्माण भइरहेको सडकको चौडाइ साढे सात मिटर छ । कालीगण्डकी तटीय क्षेत्र हुँदै निर्माण भइरहेकाले कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले योगदान गर्ने आशा गरिएको छ ।

सरोकार समितिका प्रवक्ता ढकाल भन्छन्, “हिमालको काखबाट बग्दै आएको कालीगण्डकीको तटीय क्षेत्रको प्राकृतिक सौन्दर्य, झरना र धार्मिक सम्पदा, सांस्कृतिक पर्यटनको प्रचार–प्रसार र विकासमा समेत करिडोरले महत्त्व राख्नेछ ।”

यो पनि पढ्नुहोस्

ताजा अपडेटका लागि फेसबुकटुइटरमा जोडिनुहोस